Home

Home
कथा       गौरीशिव प्रकाश  

 

 

 

 

 

 

 

 

 

 

 

 

 
 
प्रगाढ मित्रताको आयतनमा फैलदो प्रेमको तलाउभित्र उद्वेलित तृष्णाका तरङ्गहरु यदाकता छछल्किन खोज्थे सागर आफैं तिर्खाए जस्तो तिर्खाएका उनीहरुमा एकअर्काभित्र डुवुल्की मार्ने चाहना उर्ले पनि सीमिति थिए एक आपसमा सीमित रहे वर्षौसम्म मित्रता भेटघाट भने निरन्तर थियो
आशुतोस एकाएक विदेशिने भयो यो कुरा गौरीसँग पनि उसले लुकाइरहेको थियो तर कुनै साथीबाट गौरीलाई थाह भयो आशुतोस भोली नै उड्दै भनेर !
भोलीको उडान् आफ्ना सामान सुटकेस मिलाउँदैमा रातको एघार बजिसकेको थियो फोनको घण्टी बज्यो आशुतोसले हेलो भन्न नपाउँदै "म तिमीलाई अहिले नै भेट्न चाहन्छु" गौरीको आवाज सुनेर आश्चार्य मौनता दुबै छायो आशुतोसमा "तर तर ...तर गौरी अहिले धेरै अवेला भइसक्यो " "भयो होला तिम्रो लागि तर मेरोलागि भएको छैन" प्रतिउत्तरमा गौरीले भनी
गौरीको अस्वाभाविक अप्रत्यशित चाहना ! नचाहेर पनि गौरीबाट टाढिनु छदै त्यसमथि हृदयको खोपीमा बसेकी गौरीबाट विछोडिने घाउ भित्रभित्रै पिलिइरहेको थियो त्यो पीडा उसले गौरीसामू व्यक्त गर्न सकेको थिएन
तर...गौरी किन यति अबेला आखिर त्यस्तो के ? आशुतोस बोलिनसक्दै गौरीले भनि "त्यो पनि मैले भन्नु पर्छ तिमी पुरुष ……"
रात निक्कै छिप्पिसकेको हुनाले गौरीलाई मनाउने प्रयत्न गर्यो भोली भेट्ने बाचा गर्दै गौरीले आशुतोसप्रति आवेश पोख्दै भनि "तिमी पुरुषहरु मर्जीका मालिक हुन्छौ, हामी नारीको इच्छाको कदर कहिल्यै गर्दैनौ पीडापूर्ण हाँसो हाँस्दै उसले उत्तर दियो "तिमी नारीहरु पनि यसरी बेला कुबेला ठाउँ कुठाउँ अमिल्दा अप्ठ्यारा कुराहरुको अत्तो थाप्छौ दोष चाहीँ पुरुषहरुलाई दिन्छौ "
"
ल उसोभए विहान आठबजे होटल गि्रनल्याण्डको ११ एघार नं कोठामा भेट " गौरीले फोन विसाई
"
म पुरुषको भोको होइन कर्णध्वजको अलावा लाखौं पुरुष छन् मेरा वरिपरि ! तर आशु नै किन उभिन्छ मेरा सामू…?  मात्र प्रेमको भोको हुँ मेरो त्यो भोकको उपज पनि आशु नै हो भोजन पनि आशु नै हो अनि मेरो प्रेमको पर्याया पनि आशु नै हो, अरुकोही हुन सक्दैन मभित्र एउटा साम्रज्य बनाएको उसले त्यो साम्रज्यमा आफैभित्र अधिनस्त शासित छु बाचाउँ भने कसरी बचाउँ अनि भत्काउँ भने कसरी भत्काउँ त्यो साम्राज्य…!" यस्तै तर्क तिस्रनाहरु तेस्याउदै गौरीले त्यो रातसँग रातभर वहसगरेर रात विताई
आज गौरी आफूभित्रको गह्रौंपनलाई हलुङ्गो पार्न चाहन्छे आशुतोससामू आफूलाई रित्याउन चाहन्छे
आशुतोस होटलको कोठामा छिर्ने वित्तिकै उसले ढोकाको चुक्कुल लगाई, पर्दा मिलाई आशुतोस किंकर्तव्यविमुढ हेरिरन्छ एकहोरो गौरीलाई निशब्द उभिएको एउटा सग्लो पुरुष  ! एउटा सग्लो पुरुषभित्रको एउटा पूर्णपुरुष अपेक्षाकृत उभिएको मानौ कुनै मूर्ति जस्तो !
आशुतोस निमग्न गौरी निशब्द छे हेरिरहेछन् एक अर्कालाई एउटा पुरुषभित्रको पूर्णपुरुषको परिकल्पनामा निथ्रुक्क भिजेकी गौरी !
एकाएक सम्पूर्ण सीमा बन्धनहरुलाई नाघ्दै गौरी आशुतोसमाथि यसरी विसर्जित हुन्छे मानौ आत्महत्या गर्ने मान्छे जसरी आँखा चिम्लेर हामफाल्छ
स्तब्धता छाउँछ कोठामा जिउँदा मान्छेहरुको समाधीस्थल जस्तो बन्छ कोठा केहीबेर …… ! केही क्षणको निशब्दता र उकुसमुकुपछि "गौरी मलाई ढिलो भयो .. जान्छु गौरी चुपचाप स्वीकृतिको शीर हल्लाउँदै आशुतोसलाई आफूबाट मुक्त गर्छे हेरिमात्र रहन्छे निशब्द गौरी झ्यालका पर्दा उघार्दै आशुतोसलाई हेरिरहन्छे हेरिरहन्छे आशुतोस पछाडि नफर्की एकहोरो अगाडि बढिरहन्छ बढिरहन्छ…… बढिरहन्छ
लामो समय पछि विदेशवाट फर्किएको आशुतोसले आउने वित्तिकै गौरीलाई फोन गर्यो जसरी गौरीले जानेबेलामा उसलाई गरेकी थिई जानेबेलामा आफू गौरीबाट जुन ठाउँमा छुट्टिएको त्यही ठाउँमा गौरीसँग पहिलो भेट गर्न चाहना राख्दै भन्यो "गौरी सक्छौ याद भने उही ग्रीनल्याण्ड होटलको ११ नं कोठामा आउ आज बेलुका आठ बजे त्यही हुन्छु "
यो बीचमा खोलामा धेरै पानी बगिसेको समयले धेरै वसन्तहरु गुजारिसकेको अनि जीवनले धेरै आरोहअवरोध ब्यतित गरिसेकेको भएता पनि आशुतोससँग भेट्ने असिमित लालसाहरु जीवितै थिए गौरीमा पनि तर पनि आशुतोसप्रति आश्वस्त हुन नसकेर गौरीले होटलमा हैन अन्तै जाने मुड बानाएर भनि  "आशु आज कुनै रेष्टुेन्टमा भेटौं बसौ, केही खाउँ गफ गरौं " लामो समय पछिको भेटमा आफ्ना निस्पृह चाहनाहरुलाई एकाएक उजागर गर्नु भन्दा तिनीहरुलाई स्वतन्त्र मुर्झाउन दिनु नै वेश हुनेछ भन्ने लाग्यो गौरीलाई
धेरै समयपछिको भेट ! रेष्टुरेन्टमा  केहीबेर दुबै चुपचाप एकअर्कालाई हेरिमात्र रहे गौरी आफैभित्र छछल्किएका भावनामा बगिरहेकी थिई आशुतोस एकहोरो गौरौलाई हेरिरहेको थियो उभित्रकी गौरी अहिले उभित्र कि छैन आफैंभित्र खोजिरहेको थियो आफैंभित्र छामिरेहेको थियो
मौनतालाई च्यात्दै "आशुतोस याद तिमीले त्यो दिन त्यो कोठामा के गर्यौ द्र त्यसैले तिमीप्रति विश्वस्त हुन नसकेर आज मैले त्यो होटलमा नभएर यहाँ भेटेकी हुँ।" गौरी भन्दै थिइ
"
गौरी सबै याद दिनभरी हरियो धाँसमा चरेर अघाएको पशु साँझमा उग्राउँदै निदाए जस्तो मैले पनि तिमीसँगका मधुर स्मरणहरु उग्राउँदै यतिका वर्ष विताएँ   मैले तिमीलाई विर्सेको छु तिमीसँगका खुशीका क्षणहरु नै विर्सेको छु   अनि गौरी, मैले गर्नु पर्ने जे थियो सायद त्यही गर होला, अन्यथा माफ पाउँ " अस्वाभविकतामाथि स्वभाविकताको लेपन लाउँदै सरल सहज जवाफ दियो आशुतोसले
आफूभित्र अझै कताकता बलिरहेको भुङ्ग्राको राप जस्तो आवगे ओकल्दै "तिमी त्यसलाई पनि रमाइलो क्षण मान्छौ आशु, त्यो …! मैले... मैले.... ! त्यो क्षण दुखद नभएता पनि सखद अनुभव गरिन मैले ! गौरी अलि अस्वाभाविक प्रस्तुत भई । केहीबेर दुवै चुपचाप रहे पनि आँखाँआँखा बोलिरहेका थिए
"
गौरी तिमी अझै केही भन्न खोजिरहेछौ भन "
हो, आशुतोस ! त्यतिबेला मनमनै भनिरहेको थिएँ "आशु आज मेरा चाहानाहरु तिम्रा इच्छाहरुसँग युद्ध गर्न पिङ्तवद्ध मोर्चा कसेर बसेकाछन् मभित्र आउ एउटा युद्ध लड जुन युद्धमा हारेर तिमीलाई जिताउन चाहन्छु प्रणययुद्ध ! आशुतोस, प्रणययुद्धमा पुरुषको कर्तब्य आक्रमण हो भने नारीको दायित्व समर्णण हो तर आजसम्म तिमीले मेरा चाहनामाथि आक्रमण गरेर ममाथि अन्तिम विजय प्राप्त गर्ने साहस नै गर्यौ अनि नारी सुलभ स्वभावभित्र पराधिन मेरा चाहनहरुले मेरो उत्कठ उदाङ्गो रुप तिम्रासामु उभ्याउन नै सकेँ आशु कताकता एउटा अप्रतक्ष चाहनाभित्र बनेको अपेक्षाको चौतारीमा प्रतीक्षारत छु ! मभित्र कोपिला झैं पत्रैपत्र गाँजिएका मेरा चाहनाहरु तिम्रासामू आज सबै फकि्रएका छन् चुढाल तिनलाई, निमोठ तिनलाई वासनाको वरसातमा भिजाउँ मलाई निथुक्क बनाउँ भिज्न चाहन्छु मलाई ओत चाहिएको छैन सामाजिक परिवेशको चुहिएको छानो मुनी आफूलाई ओभानो देखाउनु छैन आशुतोस निथ्रुक्क भिज्न चाहन्छु डुब्न चाहन्छु डुबुल्की मार्न चाहन्छु दिशा विहिन नौका जस्तो बहन चाहन्छु हराउन चाहन्छु, केही क्षणका लागि भए पनि आफूलाई विस्रन चाहन्छु आशुतोस तिमीले कहिल्यै ममाथि धावा बोलेनौ एउटा प्रेमपूर्ण प्रणययुद्धका लागि ललकार‌‌‌‌‌... ! ‌‌‌‌‌‌‌‌‌ तर आज तिमीमाथि आक्रमण गरिरहेछु तिमी मलाई समपर्ण गर केही क्षणको लागि भए पनि पूर्णरुपमा गर तर पनि तिमीसँग हार्न चाहन्छु तिमी मलाई जित "
"
हो आशुतोस तिमीले त्यो दिन मेरा इच्छाहरुको अनादर गर्यौ मप्रति अन्याय गर्यौ "
गौरीका गोरा कोमल सलक्क परेका लोभलाग्दा हात सुम्सुम्याउदै आशुतोसले भन्यो "गौरी अनादर भयो होला तिम्रा ति भ्रूण इच्छाहरुको जसलाई मैले उन्नत बनाउन सकिन अन्याय भयो होला गौरी तिमीप्रति पनि ! तर तिमीमाथिको कसैको एकाधिकारको मैले आदर सम्मान गरेजस्तो लाग्छ तिमीप्रति अन्याय गरेपनि एउटा लोग्ने मान्छेप्रति न्याय गरे जस्तो लाग्छ "
प्रलयपछिको शान्त सागर जस्तै गौरी निशब्द सुनिरहेकी छे मनमनै भनिरहेकी छे  "आशु म अब तिम्रो शरीर हैन हृदयसँग प्रेम गर्छु मेरो शरीरको हाडमासुलाई तिम्रो शरीरको हाडमासुको भोकको साथी हैन तिम्रो हृदयको भावनाको साथी बनाउँछु मैले जे सोचेँ जे गर्न खोजेँ मलाई माफ गर" मनमनै बोलिरहेकी गौरीले एकाएक मुख खोली "आशुतोस म अरु कसैको जीवन साथी भए पनि अब तिम्रो जीवनभरको साथी हुनेछु "
आशुतोसले प्रेमपूर्ण सुम्सुम्याइरहेका हातहरु बिस्तारै तान्दै विनय स्नेहले भरिएको मलिन स्वरमा  "ल त आशु आज जान्छु गौरीले भनि नसक्दै पछाडिबाट कसैले भन्यो " गौरी जाने बेला भएको हो !"
कर्णध्वजको आवाज सुनेर गौरी छाँगाबाट खसेजस्तो भई गौरीको अनुहारमा एकाएक ग्लानी हतास दुबै छायो हुरीवतासको भुमरीभित्र हराएकी विचलित चरी जस्तै गौरीतिर हेर्दे "संसारमा सबै मान्छेले जानेर गल्ती गर्दैनन्, गौरी कोही नजानेर गल्ती गर्छन् खोज्छन कोही जानेर गल्ती गर्न चाहदैनन् धन्यवाद आशुतोस !" कर्णध्वजले भन्यो
अहिलेसम्म गौरीको श्रीमान् कर्णध्वजसगँ अपरिचित थियो गौरी कर्णध्वज आफ्नो बाटो लाग्छन् । लोडसेडिङको मारमा परेको शहरको मधुरो बत्तिको उज्यालोमा गौरीका आकृति देखुजेल आशुतोस हेरिरहन्छ