|
नेपालको
साहित्यिक-पत्रकारिता
: समस्या र समाधान
- विष्णु प्रभात
अवधारणा र पृष्ठभूमि
:
१.
साहित्यिक-पत्रकारिता पत्रकारिताकै एउटा विशिष्ट रूप हो, जसले
साहित्यका विविध विधाको अभिवृद्धिका निम्ति स्रष्टाका सिर्जना र
द्रष्टाका मूल्याङ्कनलाई संयोजन गरी पाठकहरूमा पस्कन्छ । वाङ्मय,
कला र सङ्गीतका क्षेत्रमा योजनाबद्ध वा स्वस्फूर्त ढङ्गबाट
सञ्चालित समग्र गतिविधि, साहित्यिक गोष्ठी, सेमीनारहरू वा सम्मेलन,
पत्रपत्रिका सम्पादन-प्रकाशन, व्यवस्थापन, साहित्यका समग्र विधालाई
समेटेर तिनीहरूको प्रचार-प्रसार गर्ने, पत्रपत्रिका सञ्चालन गर्ने
कार्य सँगै समेटिएर आउने सबै प्रकारका बौद्धिक कामहरूलाई
साहित्यिक-पत्रकारिताको वृत्तभित्र राख्ने गरिन्छ । त्यसैले समग्र
सांस्कृतिक उन्नतिका लागि वाङ्मयका विविध विधामा विभिन्न भाषाको
माध्यमबाट अभिव्यक्त हुने सिर्जनात्मक, शोधपूर्ण एवं मूल्याङ्कित
लेखनलाई सुव्यवस्थित सम्पादन, प्रकाशन र प्रसारण व्यवस्थाद्वारा
परिचालन गर्ने कलालाई साहित्यिक-पत्रकारिता भनिन्छ । नेपाली
पत्रकारितामा पनि सूचना पत्रकारितासँगै साहित्यिक-पत्रकारिताको
समानान्तर विकास हुँदै आएको छ ।
नेपाली पत्रकारिताको
विकास साहित्यिक-पत्रकारिताबाट सुरू भएको हो भन्ने अभिमत पनि हामी
बीच छ
-शिव रेग्मी,
'साहित्यिक-पत्रकारिता’
गरिमा, समालोचना विशेषाङक्, २०५१ पृ. २२९) ।
गोरखापत्रबाट प्रारम्भ भएको सूचना पत्रकारिता प्रमाणित छ भन्ने
धारणा पनि हामी बीचमै छ । -डा. तुलसी भट्टराई, साहित्यिक-पत्रकारिताः
सम्भावना र चुनौती -लेख), पृ.४) । यस विषयमा थप अनुसन्धानको खाँचो
छ । किनभने एक शताब्दीभन्दा लामो इतिहास उल्लेख गर्दै नेपाली
साहित्यिक-पत्रकारिताको प्रारम्भ वि.सं. १९५५ मा प्रकाशित
सुधासागरबाट भएको भनिए पनि त्यसको प्रामाणिक प्रति उपलब्ध छैन ।
साहित्यिक पत्रिकाको प्रामाणिक आधार वि.सं. १९९१ मा प्रकाशित ँशारदा’
ले प्रदान गर्दछ । त्यसपछि नै उद्योग -वि.सं.१९९२)
साहित्य स्रोत -२००४), आँखा -२००५) पुरुषार्थ -२००६), भारती -२००६)
जस्ता पत्रिकाहरू प्रकाशित भएको र २००७ सालपछि यसको तीव्र विकास
देखापर्दछ ।
२. नेपाली
साहित्यिक-पत्रकारिताको इतिहास र वर्तमान दुवै नै राष्ट्रिय एवं
अन्तराष्ट्रिय स्वरूप र चरित्रमा प्रवाहित रहेको छ । नेपालीय नेपाली
धारासँगै भारतीय नेपालीधाराको समानान्तर प्रवाहमा गतिशील
साहित्यिक-पत्रकारिताले नेपाली भाषा, साहित्य र कलाको विकासमा
महत्वपूर्ण योगदान दिएको भए पनि राष्ट्रिय सन्दर्भमा नेपाली
साहित्यिक-पत्रकारिता र भारतीय नेपाली साहित्यिक-पत्रकारितालाई
पृथक् पृथक् अस्तित्वमा देख्नुपर्दछ । दुवैधारालाई एउटै ठान्ने वा
मान्ने धारणा उचित देखिँदैन । भारतीय नेपाली साहित्यिक-पत्रकारिताको
प्रारम्भ वि.सं. १९४८ मा प्रकाशित ँगोर्खा भारत जीवन’
सँग जोड्ने गरिन्छ । यद्यपि त्यसको पनि
प्रमाणिक प्रति उपलब्ध छैन । बरू वि.सं. १९६६ को गोर्खा खबर
कागजलाई पो मान्नुपर्ने हो कि ? जेहोस् यी विस्तृत शोधकै विषय हुन्
। चन्दि्रका -वि.सं.१९७४) आदर्श -१९८७) नेपाली साहित्य सम्मेलन
पत्रिका -१९८९) नेबुला -१९९३), गोर्खासंसार -१९८३) आदि भारतीय
नेपालीहरूद्वारा प्रकाशित पत्रिका हुन् । जहाँसम्म प्रवासमा रहेका
नेपालीहरूद्वारा नेपालकै भाषा, साहित्य र समाजको उत्थानका लागि
गरिएका प्रयास एवं प्रकाशनहरूको सन्दर्भ छ, त्यसलाई यथोचित गणना र
मूल्याङ्कन गर्नु नै उचित हुनेछ । सुन्दरी -१९६३) माधवी -वि.सं.
१९६५), चन्द्र -१९७१), जन्मभूमि -१९७९), उदय -१९९३), र
युगवाणी -२००४) जस्ता पत्रिका भारतीय नेपालीद्वारा प्रकाशित नभै
बनारस प्रवासमा रहेका प्रवासी नेपालीहरूद्वारा प्रकाशित हुन् ।
३. प्रारम्भिककालदेखि
नै नेपाली साहित्यिक-पत्रकारिता विचारधारात्मक पृथकतामा
प्रवृत्तिगत पहिचान निर्माण गरेर हुर्केको छ । खासगरी यथास्थितिवादी
र सुधारवादी सोचसँगै आमूल परिवर्तनका निम्ति सामाजिक जागरणलाई टेवा
दिने विचार प्रवृत्तिले नेपालको साहित्यिक-पत्रकारितालाई तीन मूल
प्रवृत्तिमा हुर्काएको छ ।
Next |