|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


नवविवाहिता मैथिल पुत्रीहरू यतिखेर मधुश्रावनी पर्वको रमझममा जुटेका छन् ।दाम्पत्य जीवनसित सम्बन्धित भएकाले उनीहरू बढी उत्साहित भएर यो पर्व मनाउँछन् ।
वैवाहिक बन्धनमा बाँधिएपछि जीवनलाई सुखमय कसरी बनाउने, दुःखपरेको बेलामा कसरी मिलेर समस्या समाधान गर्ने, पतिव्रत धर्म कसरी निर्वाह गर्ने यावत कुराको विषयमा धार्मिक कथासित जोडिएर गाउँकी वृद्धाले लगातार १३ दिनसम्म नवविवाहितालाई पूजा गराउनुका साथै कथावाचन गरेर सुनाउँछिन् ।
पौराणिककालमा पतिव्रता स्त्रीहरूले सतित्वको रक्षा कसरी गरेको र पतिको रक्षाका साथौ पतिप्रति समर्पित रहने बारेमा अभिप्रेरित गर्नु नै यो पर्वको मुख्य उद्देश्य हो ।साउन शुक्लपञ्चमीदेखि सुरु भई साउन कृष्णपक्षको तृतीया तिथिमा यो पर्व सम्पन्न हुन्छ ।
खासगरी मैथिल समुदायको ब्राहृमण, कायस्थ, ब्याँस र स्वर्णकार जातिमा यो पर्व मनाउने गरिन्छ । विवाह भएपछि पनि नवविवाहिता माइतीमा कम्तिमा एकवर्ष बस्ने गरेकाले यो पर्व माइतीमै मनाउने गरिन्छ ।
अचेल विवाह भएको चारदिनपछि शुभसाइतमा बेहुली ससुराली जानेक्रम सुरु भएको छ । ससुराली गए पनि यो पर्व मनाउनका लागि शुभसाइतमै पुनः माइतीमै आउँछन् उनीहरू । आउन नसक्नेले ससुरालीमै पर्व मनाउँछन् ।
पूजाको सम्पूर्ण व्यवस्थाका साथै परापूर्वकालदेखि चल्दै आएको रितिरीवाजलाई जीवन्त राख्नका लागि नवविवाहिताको ससुरालीबाट कोसेली पठाउनुपर्ने नियम छ । यसमा आ-आफ्ना क्षमताअनुसार थपघट गर्न पाउँछन् ।
यस अवसरमा आफ्नी बुहारीका लागि नयाँ बस्त्र, गरगहना, बुहारीका आमा, दिदी-बहिनी, कार्की हजुरआमालगायत सम्पूर्ण महिला सदस्यका लागि नयाँ बस्त्र, चुरा, सिन्दुर ससुरालीबाट कोसेलीका रूपमा पठाउनुपर्ने हुन्छ ।
यसका साथै लगातार १५ दिनसम्म यो पर्व मनाउने गरिएकाले बुहारीका लागि खाने अरूवा चामल, बदाम, दही, मिठाइ, चिउरा, केराका साथै पूजाका सामग्रीमा माटोले बनाइएको कलात्मक नागदेउता र हात्तीको मूर्ति पनि पठाइन्छ । विभिन्न रङ्गबाट रङ्गिएका ती कलात्मक मूर्ति आफ्नै घरकी महिला सदस्यले बनाएर पठाउँछिन् ।
मधुश्रावनी पर्व सम्पन्न हुने दिनमा आफ्नो जातिका महिला, केटाकेटीलाई अनिवार्यरूपमा भोज खुवाउने चलन पनि छ । यो भोज पनि नवविवाहिताका ससुराली पक्षले नै गर्छन् ।
यो पर्व कसरी मनाइन्छ ?
सर्वप्रथम चामलको पिठोको लेदोले कलात्मक अरिपन बनाउँछन् । अरिपनमा पाँचवटा नाग, चन्द्रमा, कलशका साथै पूजाका सामग्री राखिन्छ ।त्यसपछि, गौरीपुजन, नागदेउताको पूजा, कलशको पूजा, वैरसीको पूजा, साठिक पूजा, गौसाउनीलगायत विभिन्न देवीदेउताको पूजा गरिन्छ ।
प्रत्येक दिनको पूजा समापनको क्रममा महिलाले मङ्गलमय गीतका साथै मधुश्रावनी पर्वका गीत गाउँछन् ।खासगरी यो शिक्षाप्रद पर्व रहेकाले प्रत्येक दिन पूजाका साथै वृद्धाले विभिन्न प्रकारको धार्मिक कथा सुनाउने गर्छिन् ।
जसअनुसार पहिलो दिन मौनापञ्चमीको कथा, दोस्रो दिन बेहुला र मनसाको कथा, बिसहराको कथा, मङ्गला गौरीको कथा, तेस्ा्रो दिन पृथ्वीको जन्म, समुद्र मन्थन, चौँथो दिन सतीको कथा र पतिव्रता स्त्रीको कथा सुनाइन्छ ।
त्यसैगरी, पाँचौँ दिन महादेवको पारिवारिक कथा, छैठौँ दिन गङ्गाको कथा, सातौँ दिन पार्वतीको तपस्या, आठौं दिन गौरीको विवाह, नवौँ दिन पार्वतीकी माता मैनाको मोह भङ्ग, दसौं दिन कार्तिक र गणेशको जन्म, एघारौँ दिन हिमालयपुत्री सन्ध्याको विवाह, लिलीको विवाह, बाह्रौ दिन बाल वसन्तको कथा र १३ औं दिन राजा किरकको कथा सुनाउने गरिन्छ ।
लगातार १३ दिनसम्म गरिने पूजाका लागि नवविवाहिताले आ-आफ्ना सङ्गिनीका साथमा प्रत्येक दिन दिउँसोतिर गाउँभरि भ्रमण फूल टिपेर ल्याउँछन् ।बिहान सोही बासी फूल पूजास्थलमा छरिन्छ भने ताजा फूलले विभिन्न देवीदेवताको पूजागर्ने नियम छ ।
यस अवसरमा गरिने पूजामा नवविवाहिताका पतिको पनि सहभागिता अनिवार्य गरिएको छ । उनलाई पनि आफ्नो दायित्वको बारेमा बोध गराइन्छ ।
नवविवाहितालाई टुकीले पोल्ने विधि
जीवन सङ्घर्षशील हुन्छ । गृहस्थ जीवनमा प्रवेश गरेपछि प्रत्येक दिन खाना पकाउनु पर्छ । खाना पकाउने बेलामा हातखुट्टा पोल्न सकिन्छ । यस्तो अवस्थामा गृहिणीलाई आगोको भय मनबाट हटाउनुपर्दछ । मनबाट आगोको भयलाई हटाउनका लागि नवविवाहितालाई पर्व समापनको दिनमा दुईवटा ठेहुँना, खुट्टाको दुईवटा औँलामा सामान्य रुपले आगोले पोल्ने विधि पनि गरिन्छ ।
उक्त अवसरमा आँक र पानको पात ठेहुँना र औँलामा राखिन्छ । पातको बीचमा सानो प्वाल पारिन्छ । त्यसपछि टुकीको बाँतीमा आगोलगाइ एक सेकेन्डभन्दा पनि कम समयको अन्तरालमा तीनपटक छुवाउने गरिन्छ । जसलाई मैथिलीमा \'टेमी\' भनिन्छ ।
यस पर्वको अवसरमा गरिने पूजामा नवविवाहिताका पतिको पनि उपस्थिति अनिवार्य गरिएको छ ।त्यसपछि पूजा बिसर्जन गरिन्छ र साँझपख कोहबरको गीत अर्थात विवाहको मङ्गल गीत गाइन्छ ।
Gazal raamro laagho, marmasparchi laagho, sattyatattya darshaunu vayeko,
media maa haaldai garnuhos haamiley pani maukka paau6au paddna lai
thanks
if we want to do somthing everything is enough in our country.but
we think nothing in our country . and all youth see abroad . but we never think so we are nepali ,we have to love our culture and traditional . i have thought after returen from here i will stay in my nepal i do somthing for me and contry .
sampruna lek haru derai nai manparchha !
with warm regards
shiv narayan chaudhary
अन्ना
काठमाडौं
* Email to friend
* Add to Bookmark
* Send your feedback
* Printer Friendly
वर्षौ देखि खोजिरहेको एक अँजुली खुशी थियो त्यो उसका लागि । मनमा आँधीबेहरी मात्र चलेन, त्यस खुशीका लागि उसले जीन्दगीका हरेक खुशी तुच्छ ठानिरहे । हिड्दै गरेको बाटो अचानक मोडिएको एउटा जटिल समयमा उसको रित्तो अँजुली भरिएको थियो खुशीले । आफ्नै आँखाबाट यति विघ्न खुशीहरु तप तप चुहिएर भरिएको थियो उसको अँजुली ।
विमानस्थलमा जहाज पर्खिरहेकी छ उ । मोवाईल लगातार बजिरहेको छ । उठाउन बिर्सिन्छे उ । छेउमा कोहि आएर भन्दैछ , "तपाईको फोन ? कानमा थापेर सुन्छे तर त्यसप्रति उसलाई कुनै चासो छैन । फोनमा आइरहन्छ आवाज " कविता जी तपाई स्टडीअब्रोड ह्वाईट हाउसमा आउनोस् है, तपाइको भिसा प्रोसेस मिलाउनु छ ।" तर उ नतमस्तक छे । आफैमा मख्ख र गदगद छे । त्यो खुशी कहि नपोखियोस् उ साच्चै होशियार हुन्छे ।
अस्तव्यस्त भएर असरल्ल छरिएका थिए उसका खुशी । कहिल्यै समेटिन नसक्ने ठान्थी उ त्यसलाई । छातीभरि वर्षौदेखि लुकेको एउटा अव्यक्त खुशी थियो त्यो, समयले अचानक व्यक्त गरिदिएको छ आज । वर्षौदेखि छटपटिएको, कचपटिएको, अधुरो र अपुरो एउटा खुशी, पूर्ण र शान्त भएर उसको सामुन्ने प्रकट भएको छ । मानौ त्यो थाहै न्पाइ अचानक वषिर्एको छ निरन्तर सावनको झरी जस्तै । त्यस झरीमा थुप्रै अदृष्य आवेगहरु उसले महशुस गर्न सकेकी छ र आफैलाई सम्हालीरहेकी छ । उसको ध्यान जहाज आईपुगे को ठूलो आवाजले तान्छ । उसले देख्छे जहाजबाट थुप्रै मान्छेहरु सेता पहिरनमा उत्रिदैछन् । ती स्वास्थ्यकर्मी हुन्, उसले लख काट्छे । हल्ला गर्दैछन् उनीहरु -त्यहाँ पुर्याईदियो भने त हामी आफै हैजा लागेर मर्छौ होला ।
अनि हाँसोको एउटा कोलाहल आवाज । उसलाई अनुमान लगाउँन गाह्रो पर्दैन । हिजोअस्ती समाचारमा पढेको कुराले उसलाई प्रष्ट्याईदिन्छ । यो तिनै स्वास्थ्यकर्मीको समुह हुनुपर्छ जागरकोट तिर लागेको, अनि किन फर्किदैछन् यी अहिले ? आज बिहान सम्म टिभीमा देखिएका ती अर्धचेतन मान्छेहरुलाई छोडेर यी के गर्न आए यहाँ ? उ प्रश्नवाचक दृष्टिपात गर्छे । सुन्दैछे उ तिनका कुरा - ओ हो हामी त सक्दैनौ जाजरकोट बस्न कसरी मान्छेहरु त्यहाँ बसेका छन् ।
उ अनुमान लगाउछे, सायद तिनीहरु त्यहाँ टिक्न नसकेर फर्किएका हुन् । "किन टिक्न सक्थे र तिनीहरु त्यहाँ ? त्यहाँ टिक्न त त्यहीको माटोमा जन्मिन पर्यो नी" उ एकैचोटी आफ्नो आँगन पुग्छे, बारिको कान्ला- कान्ला पुग्छे, माटोको सतहमाथि खडेरी लागेको महशुस गर्छे । फोनमा संगीतमयी धुन गुञ्जिन्छ उ झल्यास्स हुन्छे । अब उसलाई त्यो भाँडोसँग कुनै मोह छैन । झोलामा थन्क्याईदिन्छे त्यसलाई तर पनि त्यसले दुःख दिन छोडेन । नचाहेरै उठाई त्यसलाई कोहि भन्दै थियो- कविता जी तपाइको भिसाकाबारेमा हो, कुरा त सुन्नोस् " उसले स्वीच अफ गरिदिई । वर्षौ देखि उ त्यही वाक्य सुन्न तड्पिएकी थिइ, तर आज त्यसले उसको जीवनमा कुनै प्रभाव पार्न सकेन । जिन्दगीले कहाँ पुगेर गति बदलिदिन्छ थाहै नपाउँने गरी बदलिसकेको छ उसको जिवनगति पनि । ठिक एक साता अघि उसले अमेरिकामा वकिंग भिसा लागेको थाहा पाएकी हो । त्यति बेला उ सपनाको संसारमा पुग्ने चाहनाले उफि्रएकी थिइ । उसले ठानेकी थिई त्यो खुशी नै उसको जीवनको सबै भन्दा ठूलो खुशी हो तर होईन रहेछ । उ आकासमा छे हावा जसरी बगिरहेकी छे उ अहिले । वषौंपछि उ घर फर्किदै छे सधैंको लागि । आज विहान टिभी नखोलेको भए उसको जीवनले यसरी अर्को मोड लिने थिएन होला । धन्य ! सूचना प्रविधिको तिब्र विकासले गर्दा संसार कति सानो बनाईदिएको छ । तर पनि उसको जाजरकोटमा भने सिटामोल मात्र पनि छैन । अनि एक वर्ष देखि उसले खोजेको त्यो ठूलो खुशी "अमेरिकन भिसा " पनि तुच्छ हुन्छ उसको खुशीको अगाडि । आज उ आफू जन्मिएको, हुर्किएको र अक्षर सिकेको त्यस माटो छुन जाँदैछे । त्यसको अगाडि अरु सबै खुशी गौण ठानी उसले । ठिक एक दिन अघि उसको जिन्दगी के थियो । सोच के थियो ? समयको शक्तिशाली भूमिकालाई उसले स्वीकारीरही र पुगी एउटा भ्रमपूर्ण खुशीले उपि|mएको त्यस क्षणलाई खोतल्न ।
हो, गएको साता मात्र ! मोवाइलमा घण्टी बज्यो । लापरवाही साथ उसले उठाएकी थिई -कविताजी तपाईको भिसा लाग्यो ।
सुन्नासाथ ऊ एकपटक चिच्याई -आहा ! अनि देख्न थाली प्रकृति पनि उल्टो गतिमा हिडिरहेको । आकाश ऊ नजिक आउँदैछ, उ त्यसलाई छोइरहेकी छे, हिमाल केही फैलिदिन्छ उ त्यस माथि चढेर सारा देश हेरिरहेकी छ, सागर बग्दै आउँदैछ उसको समिपमा, ऊ सहजै त्यसमाथि तैरिदैछे र पारिपट्टी डुब्न लागेको घाम सुम्सुम्याउने अभ्यास गर्दैछे । तरङ्गति हुनपुग्छे उ आफैसँग । आफ्नै बशमा छैन उसको मन यतिखेर । खुशीले उसलाई अर्कै दुनियाँमा पुर्याएको छ । एकैचोटी ऊ आत्तिएर आईपुग्छे आफ्नो स्टडी रुममा । कम्प्युटर खोलेर सन्देश लेख्छे- 'सूर्य ! आज सबै भन्दा ठूलो खुशी पाएको छु ! अन्त्यमा भगवानले सुनेछन् । भिसा लाग्यो । मलाई थाहा छ तिमी यतिबेला मस्त निद्रामा छौ । मलाई कल गर है" खुशी बाड्न उसले साथीहरु भेला गरी मिठाई बाँडी र बाँडी आफ्नो जिन्दगीको उद्देश्य पनि ! त्यो सूर्य थियो । उसको खुशी । तीन वर्ष अघि अमेरिका पुगेर उसलाई मायाका सन्देश पढाईरहने एउटा पागल प्रेमी ! स्टाफ नर्स पढ्दा पढ्दै बाटो पर्खिरहने त्यस भद्र युवकले उसको सबै कुरा चोरिसकेको थियो । थाहै नपाई सूर्य उसको जीवनको हिस्सा बनेको थियो । उसैको लागि नर्सिङ्ग पढ्न जाँगर चलाएकी थिई उसले । कसैको प्रेरणा थियो भने त्यो सूर्य नै थियो । कसैको सहारा थियो भने ऊ बसेको त्यो सिङ्गो घर जहाँ उ सातवर्ष अघि त्यस घरकी मालिकनीसँग केही सर्तमा त्यहाँ आएकी थिई । एकपल्ट आफ्नो धरातल सम्भिmन पुग्छे उ । 'कस्तेा दुखको जीवन छ
जाजरकोटमा । बाँच्नै नसकिने । खानकै लागि मरिमेट्नु पर्ने ।' एसएलसी जिल्ला टप नगरेकी भए उ यतिखेर त्यस रुखो भूमिमा के गर्दै हुन्थी आफै सोच्न सकिरहेकी छैन । अनिश्चित भविष्यप्रति अल्झिरहेका बेला छिमेकी लाहुरेनीले उसका छोराछोरी पढाइदिन आग्रह नगरेकी भए आज उ यस ठाउँमा हुने थिइन भन्ने तथ्यलाई उसले मनन् गरिरही । लाहुरेनीको पछि लागेर राजधानी आइपुग्दा अब के गर्ने उसको चिन्ता बढेको थियो । त्यही टीभीले छात्रवृत्तिको सूचना निकालेको भरमा उसले नर्सिङ्ग पढ्ने मौका पाएकी हो । लाहुरेनीले विहेका बारेमा घचघच्याई रहँदा उ भने सुर्यको त्यही आवाज सुन्न पुग्थी । 'कविता बिई नर्सिङ्ग गर्यौं भने अमेरिकामा वर्किङ्ग भिसा मिलाउन सकिन्छ" । एउटै मात्र उद्देश्य थियो उसको -पढ्ने । पढाई सकेर ऊ भिसाका लागि दौडिरहेकी थिई । कहिले कहाँ त कहिले कहाँ ।
आखिर उसलाई पुग्नु थियो सपनाको संसार जहा उसको आफ्नो दुनियाँ छ, अर्थात सूर्य । अनि सूर्यको त्यस परिवारको सदस्य बन्ने अभ्यासमा सबै कुरा सिक्दै गई । ड्राइभिङ्ग, स्वीमिङ्ग, नृत्य, पाकशिक्षा अब उसले नसिकी नहुने कुरा ठान्थी ऊ । कहिलेकाही ऊ निक्कै ठूलो खाल्डोमा खस्न लागेको ठान्थी आफूलाई । त्यस सम्भ्रान्त परिवारप्रति उसलाई कुनै चाहना छैन ती सबै उसले सूर्यका लागि गरेकी हो । कहिलेकाहीँ आफ्नै प्रेम ऊ गलत कदम ठान्थी त्यतिबेला सूर्यले सम्झाएको हुन्थ्यो 'हेर कविता यो त भगवानको देन हो" एउटा अबोध, निर्दोष बालकले जस्तै बोलेका सूर्यका वाक्यले उसलाई विचलित बनाउथ्यो । अनि विज्ञान र समाजको लेखाजोखा गरेर ऊ भौतिकवादका कुरा अघि सार्थी । तर सूर्य झन बहकिदै जान्थ्यो - तिमी कसरी विरामीको सेवा गर्छ्यौ ? कहिलेकाहिँ त तिमीसँग मुटु नै छैन कि जस्तो लाग्छ ।
त्यतिबेला खितिती हाँसेर कुरा टार्थी तर जब ऊ मध्यरातमा व्यूझिन्थी सूर्यको त्यो वाक्यले उसलाई असाध्यै गाल्थ्यो । सूर्यको त्यही निर्दोष, अबोध, भोलाभालापनलई उसले माया गरेकी थिई । सूर्य विदेश गएपछि उसलाई शून्य भएको थियो । जाने अघिल्लो दिन ऊ सूर्यका कुरा सुन्दै थिई "तिमीले बिई नर्सिङ्ग गर्यौं भने मलाई तिमीप्रति गर्व गर्ने ठाउँ हुन्छ । तर तिमीले आफ्नो लागि नै यो गर्नु पर्छ । त्यहाँ सजिलै काम पाउन सकिन्छ।"
भिसा लागेको खुशीले रातभरी उ निर्धाइन । कहिले विहान हुन्छ भन्ने लागि रह्यो । लाहुरेनी देश बाहिर भएकाले उसले त्यो खबर सुनाउने मान्छे भनेको उसका साथीहरु मात्र थिए । खुशी बाँड्ने बहानामा उसले सूर्यको नाउ लिइरही । बधाई पाइरही । मिठाईको प्याकेट उसको हातमा देखेर उसको खुशीको अन्दाज लगाउनेले भन्ने गर्थे "अब तैँले देशको माया मार्ने भईस" । खुशी त बाँड्नै पर्छ, उ छिमेकी कहाँ पुगी । 'कस्तो महल हो यो, सबैतिर सुन्यताले आफैलाई खाउला झै गर्छ ।' उ गेट खोलेर भित्र पसी तर उसले सोचे जस्तो एकान्त थिएन आज त्यहाँ । धेरै मान्छे जम्मा भएका छन् । ऊ खुशी भई । सजिलै घरका मान्छेसँग भेट हुने पर्यो भनेर उ अघि बढी । त्यो घरको हुकुम चलाउने मुमा -हजुरआमा) छेउ पुगेर ऊ निहुरी ।
- कविता तिमी कति भाग्यमानी कस्तो समयमा आईपुग्यौं । हेर न आज सूर्यको केटीका बारेमा छलफल भएको हो । ठूलै रमाइलो थियो, आउ खुशीयालीमा तिमी पनि केही खाउँ ।
ऊ झरनाबाट एक्कासी खस्न पुगी । उसको हातको मिठाईहरु सबै झरेर पोखिए । निहुरिएर उ त्यसलाई टिप्न थाली । फोटोमा सूर्य एक अपरिचित केटीसँग दुवोको माला लगाएर भित्तामा झुन्डिएको छ ।
ऊ सुन्दैथिई -सूर्यको साथी हो नी, यिनीहरु खेल्दा पनि बिहेको खेल खेल्थे सानोमा ।सूर्य त नाई भन्दै थियो ......... ।
अरु कुरा उसले सुनिन । सूर्यको खुशीमा उ पनि सामेल भई आखिर ! मुखमा सुगन हालेर उसले सूर्यलाई शुभकामना दिइरही ।
कम्प्युटर खोलेर इनबक्स हेर्न थाली । सूर्यले लेखेको छ "कविता मलाई माफ गरिदेउ है । " सायद आज ऊ त्यस घरमा नपुगेकी भए सूर्यको त्यो वाक्यले उसलाई अर्कै मोडमा पुर्याउँथ्यो । सूर्यको त्यो अवोधपनलाई उसले फेरि पनि माया गरीरही । आफ्नो हुकुमी बाबुका सामुन्ने निन्याउरो अनुहारमा सुर्यलाई देखि उसले । कसरी सूर्यले यसलाई स्वीकार गर्दै गयो होला ? उ प्रश्नमाथि प्रश्न छर्न थाली । तर अब के गर्ने ? हिजोको खुशी अचानक ध्वस्त भएको छ । युद्ध पछिको मैदान भएको छ उसको दिनचर्या यतिखेर । टिभी खोलेर समाचार हेर्न बसी ।
पहिरोमा मान्छेहरु विचल्ली परेका छन् । घरबार विहीन भएका छन् । ऊ एक पल्ट आफ्नै जाजरकोट पुग्छे । सँधै खाद्यान्नको अभाव । सरकारले चामल पठाउछ भनेर पर्खिएर बसेका गरीव, निरीह अनुहार उसका अगाडि आइरहे । अचानक टीभीमा अर्कै दृष्य बदलिन्छ । थप सात जनाको मृत्यु ! यसपाली जाजरकोटमा झाडापखालाबाट मर्नेको संख्या धेरै पुग्यो । ऊ झस्केर उठी । उसको आँखाले देख्दै छ -उ पिठ्यूमा आमालाई बोकेर स्वास्थ्य सिविरतिर उकालो चढ्दैछे । सुस्ताएको उसको अनुहार अनि आफ्नो पछि पछि सानो भाई ! मुटु छामेर हेरिरहन्छे । त्यो दृश्य शिविरमा सुताईका धेरै मान्छेहरु ! आधा त लास जस्तै छन्, सायद मरेका हुन् या मर्नका लागि त्यहाँ आईपुगेका हुन्, मर्नका लागि ती बाँचिरहेका हुन् या बाँच्नका लागि मरिरहेका हुन्, उसले भेउ पाउन सकिरहेकी छैन । सुकिला लुगा लगाउनेहरु यताउता गर्दैछन् । दृश्य बदलिए पनि तीनै अनुहार, चाउरिएका, उदासिएका, निस्सासिएका अध्यारोमा उसले देखिरही । उ सुन्दैछे, दृश्यमा खल्याङ्ग बल्याङ्ग छ । हेलिकोप्टर आउँदै छ, औषधि र खाद्यान्न लिएर । त्यसैमा फर्किने योजना बुन्दैछन्, केही । ती यतैबाट गएका हुनुपर्छ । उसलाई स्पष्ट हुन सजिलो बनाइदियो तीनका आक्रोशले । ती फर्किने चाँजोपाँजो मिलाउँदै रहेछन् । दृश्य बदलियो, उसले देखि, सास फेरेर बाँचिरहेका केही अनुहार । सहारा खोजिरहेका उदासी आँखाहरु । मुख सुकेर बोल्न नसकेका अव्यक्त आवाजहरु । केही भन्न खोजिरहेका प्रश्नवाचक आँखाहरु । हात पसारेर जिन्दगीको भिख मागिरहेका माग्नेहरु ।
ऊ घाँटी समात्छे आफ्नो । गला अवरुद्ध भएको छ । सायद त्यो पीडा हो या क्रन्दन हो । ऊ देख्न थाल्छे त्यस चलायमान चित्रमा उसले सम्भिmन सक्ने अनुहारहरु । आफ्नी आमा, छिमेकी काका, पल्लो गाउँकी धमिनी, अन्तरे मामा, ठुली फुपु, मानेदर्जी, आफ्नै बडाबा, पसले फुपा , मितिनी दिदी र उसकी टुहुरी छोरी ! कोही त छैनन् अब गाउँमा । सबैलाई हैजाले लग्यो क्यारे ! या त ती चिहान नजिकै एक्लै - एक्लै लडेका हुनुपर्छ या त ती मर्नका लागि कहीँ सुस्तरी स्वास फेरिरहेका हुनुपर्छ । उ आत्तिदै उठ्छे ।
जीन्दगीमा कहिल्यै केही यसरी वितेको थिएन उसका लागि तर आज वित्न लाग्दैछ । दराजमा कोचेको एउटा ठूलो झोलामा उ के के खाँद्दैछ उसैलाई थाहा छैन । भरिएको गला त आखिर सुस्ताउन खोजिरहन्छ । त्यसले बाटो खोज्दै भक्कानो छुटाउँदैछ ! र ऊ रुन्छे सुस्ताउने गरी । एउटा स्वस्फुर्त अठोटले उसको मन बदलिएकोछ र उचाल्छे झोला । यतिबेला ऊ सम्भिmदै छे -यो त विदेश जानका लागि किनेको झोला हो । झोला किन्न जाँदा उसलाई साथीले भनेकी थिई - कविता तँ विदेश जाँदैछेस ! हेर देशलाई तँ चाहिएको छ ।" ऊ मुस्कुराउँछे । खुसीका आशु चुहिदैछन् तपतप ! ऊ थाप्छे अँजुली ।
- कति मूल्यवान छ यो खुशी ! अहँ म देश छोडेर कतै जान्न र जान पनि त सक्दिन
अनि निस्किन्छे ऊ ठूलो झोला र एक अँजुली खुशी लिएर जाजरकोटको यात्रामा । आज उसलाई खोजेको छ आफ्नै जाजरकोटले । 'खुशी त पानीको फोका जस्तो न हो, कति सजिलै फुटिदिन्छ । तर त्यो खुशी कहिकतै फुट्न दिने छैन' उ होरियार हुन्छे । जहाज आकासमा छ , उ आकाशबाट चिहाउँदैछे धर्तीमा । उसले थापेको आँजुलीमा आफ्नै अनुहार देखि उसले । कति सङ्गलो छ आँशु साच्चै निश्चल, निर्मल, निष्कपट ।
I like this satiric poem; keep on writing.
FROM DOHA QATAR.
BEST OF LUCK TO THEM HEARTLY
I PROMISE ILL BUY UR ALBUM AFTER PUBLISH
Could you please alllow me to join in Competition< This is Laxman Sagar creating Literature since 2048 from Dang.
I am the 03 person in Rapti Gazal History from Dang.
Now i m in Dubai and please note that we are keeping and continuing the Creation
Laxman Sagar +971-50-2369 227 , +971-55-2369 227
www.gargashme.com
Dubai UAE
thank u
hari karki I.Sc (CCT dharan)
i like the way you have given a glimpse of tatein this
keep it up
hope to read more
long time no see,can you plz visit www.ausnepalnews.com and send me mail.we can promote this site vise versa.article is good.
plz send me mail once.