|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


\'ए,आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँला
एक कोटी जन मिलेर सुसार गर्दै जाऊला ।।
सुपुत्र जनमिलेर , देशको सेवा गरौला
उन्नति पथमा लम्केर, प्रगति बीउ छरौँला.... ।।\'
आजभन्दा चारदशक अघिदेखि रेडियो नेपालबाट राष्ट्रिय गीतका रूपमा बज्दै आएको यो गीत आम नेपाली श्रोताको मनछुने मात्र होइन, अहिले नयाँ नेपाल निर्माणका सन्दर्भमा समेत सबैका लागि उत्तिकै प्रेरणाको स्रोत बन्न सक्दछ ।
राष्ट्रियताको भावनाले ओतप्रोत यस गीतका रचनाकार एवम् गायकलाई आफ्नो राष्ट्र नेपाललाई २०२२ सालमै \'नेपाल आमालाई संसारकी राम्री बनाउने\' धोको रहे पनि उनको त्यो धोको अहिलेसम्म भावनामा मात्र सीमित रहेको छ ।
गीतकार महेश पाल्पालीले त्यतिखेरै कल्पना गरेको समृद्ध नयाँ नेपाल बनाउने जिम्मा जनआन्दोलन भाग-२ मार्फत नेपाली जनताले अहिलेका सत्ताधारी दल नेकपा -माओवादी) लगायतका राजनीतिक दललाई सुम्पेका छन् ।
गीतकार पाल्पालीले \'नेपाललाई संसारकी राम्री बनाउन कोटी जन मिलेर सुसार गर्दै जाउला\' भन्ने एकता र अठोटको जुनकुरा व्यक्त गरेका छन्, त्यो विषय अहिले निर्विकल्प बन्नुपर्ने बेला आएको छ ।
उनको अप्रकाशित सङ्ग्रहमा रहेको-
\'शान्ति क्षेत्र मेरो यो देश, अशान्ति क्षेत्र भयो किन
भाई भाईको काटमारले , हित हुन्छ कसको गुन....\'
गीतमा वर्तमान देशको अवस्थालाई नियाल्दै आफूआफूबीच द्वन्द्व चर्काउने कार्यले कसको हित हुन्छ आफैँ गुन भनी जिम्मेवारीमा रहेका पदाधिकारी र मुलुकवासीको ध्यानाकर्षण गरेका छन् ।
आफूलाई आर्थिक समस्याले जति नै जकडे पनि यसरी राष्ट्र्रको उन्नति र प्रगतिका साथसाथै लोक संस्कृतिको जगेर्नाका लागि महेश पाल्पाली समर्पित रहदै आएका छन् ।
हाम्रो लोक संस्कृति लोप हुँदै गएकोमा पाल्पालीलाई चित्त दुखेको छ । उनले सरकारसँग नेपाली लोक सङ्गीतको जगेर्नामा ध्यानदिन आग्रह गरेका छन् ।
विभिन्न लोक र आधुनिक सङ्गीत प्रतियोगितामा लुम्बिनी अन्चलबाट प्रथम हुँदै रेडियो नेपालमा प्रवेश गरेका पाल्पालीले त्यहाँ करिब आठ वर्ष सोही क्षेत्रमा काम गरेका थिए ।
माधवप्रसाद देवकोटाको प्रेरणाले गीतसङ्गीत क्षेत्रमा होमिएका पाल्पालीले रेडियो नेपालमा २५० भन्दा बढी गीतमा स्वर दिएका छन् ।
सात वर्षको उमेरदेखि गीतसङ्गीतमा लागेका पाल्पालीले सङ्गीत शिक्षामा प्रभाकर उपाधि प्राप्त गर्नुभएको छ ।
पाल्पालीले रेडियो नेपालका अत्तिरिक्त विगत चार दशकको समय विद्यालयमा सङ्गीत शिक्षक, नारी कल्याण र वन सुरक्षासम्वन्धी सडक नाटकमा खर्चिएको बताएका छन् । \'अतित्को सम्झना\', \'मेरो शान\', \'कुखुरी काँ\' र \'युगबोध\' गीतिसङ्ग्रह उनका प्रकाशित कृति हुन् ।
आफ्ना समकक्षीका तुलनामा पढाइ र बालबच्च्ाको मायाजालले पछि पारेको उनी महसुस गर्छन । \'तर पनि कहिलेकाहिँ बुटवलका विद्यालय र कलेजले उनलाई गर्ने सम्मान र प्रतियोगिताको निर्णय गर्न दिने जिम्मेवारीले सारा आत्मग्लानीलाई पन्छाइदिंदोरहेछ\' उनी भन्दछन् ।
पाल्पाली विगत सोह्र वर्ष देखि बुटवल नगरपालिका ९ कालिकाटोलमा एउटा झुप्रो भित्र गुन्द्री समेत नभएको फल्याक जोडेको टांडमा आफ्ना दिन बिताइरहेका छन । नगरपालिकाले वितरण गरेको जग्गामा बनाइएको झुप्रोभित्र खुला शौचालयको छेउमा सुतेर पनि उनले आफनो राष्ट्रप्रतिको जिम्मेवारी अर्थात् लोक सँस्कृतिको उन्नतिका लागि कलम चलाउन र गुन्गुनाउन भने छोडेका छैनन् ।
महेश पाल्पालीले आफ्ना ५० भन्दा बढी रचना समेटेर \'ज्ञान ज्योति\' नामको गीतिसङ्ग्रह प्रकाशनका लागि धेरैको घर दैलो चाहारिसकेपनि कसैले सहयोग गरेका छैन । उनलाई नगरपालिका, जिल्लाविकास समिति र जिल्ला प्रशासन कार्यालयले \'सहयोग गरौँला\' भनेर आश्वासन दिए पनि त्यो सहयोग कुरामा मात्र सिमित रहेको छ । उनी उक्त सङ्ग्रह निकाल्न सहयोगका लागि हरेक दिन आफ्ना रचना देखाउँदै हिडिरहेका छन । उनको त्यो पुस्तक छपाउन प्रेसले रु. सात हजार ५०० लाग्ने बताएको उनी सुनाउँछन् ।
महेश पाल्पालीकै समकालीनका रूपमा रहेका टीकाबहादुर श्रेष्ठ र मन छन्त्याललाई पनि आफ्ना पुस्तक छपाउन मन लागे पनि धनको समस्या परेको छ । उनीहरूको गुनासो छ- \'सरकारले कलाकारलाई हेर्दैन, देख्दैन, चिन्दैन। राजनीतिक पीडितहरूले जग्ग्ाा पाउँछन्, सहिदका परिवारले पैसा पाउँछन्, स्रष्टाहरूले के पाउँछन् ? स्रष्टाका पुस्तक प्रकाशित गरिदिने, गीत रेकर्ड गरिदिने काम भई दिए त सँस्कृतिकै जगेर्ना हुन्थ्यो, तर हाम्रा वेदना सुनी दिने को छ र ?\'
महेशको जस्तै टीका र मनका पनि सदावहार गीतहरू रेडियो नेपाल लगायत एफएमबाट दिनको दशैं पटक बज्ने गरेका छन् । यी जोडीले संकलन गरेका दर्जनौँ गीतमध्ये \'बेनीको बजार जता माया उतै छ नजर...\', \'ए कान्छा..\', \'झुल्केरातो घाम...\' जस्ता लोकपि्रयताको शिखरमा छन् ।
विगत ३० को दशकमा चर्चाको शिखरमा रहेका यी कलाकारहरू अहिले कलाक्षेत्रको राष्ट्रि्रय मूलधारमा नसमेटिनुले आम स्रोतालाई नमीठो लागेको छ भने उता ती विशिष्ट कलाकारहरू आफनो पहिचान कायम राख्न अनेकौँ ढोका चाहार्न बाध्य बन्नुपरेको छ ।
| तपाईको प्रतिक्रिया |
| Very good, thanks. |
| Ratnanidhi Regmi|08-Apr-2009 11:47:52 |
| तपाईको प्रतिक्रिया | |
|
|