|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



मैले पिएकामा रिसाएका साथीहरु
पिएर त हेर, पिउन झन् गाह्रो छ
मरेर सहिद हुनेहरु
जिएर त हेर, जिउन झन् गाह्रो छ
ऽ\'मेरा साथीहरु\'-घुम्ने मेचमाथि अन्धो मान्छे,२०२६साझा प्रकाशन)ऽ
आज बाँचिरहेका भए गणतन्त्रमाथि भूपी कस्तो कविता लेख्थे होलान् ?तर यो प्रश्न निरर्थक छ,भूपीले जसरी लेख्नुपर्थ्यो छब्बीस सालपूर्व नै \'घुम्ने मेचमाथि अन्धो मान्छे\' लेखिसकेका थिए र जस्तो लेख्नुपर्थ्यो छयालीसपूर्व नै \'भूपी शेरचनका कविता\' मा लेखिसकेका छन् । एकचालीस सालमा लेखिएको \'सर्पको खोजीमा\' कविता अहिले जति सान्दर्भिक छ छब्बीस सालअघिको \'म\' कविता पनि त्यत्तिकै ।
काठमाडौँ । अझ भनौं
यो सिङ्गै देश नै । दिन
परदिन कालो-नीलो हुँदै गइरहेछ ।
सर्पदंशित मान्छे झैं ।
म सर्पको खोजीमा छु । हो,
म ती विषालु सर्पहरुको खोजीमा । धेरै
अघिदेखि हिँडिरहेछु ।....-सर्पको खोजीमा,भूपी शेरचनका कविताबाट)
बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ ।-म,घुम्ने ..मान्छेबाट)
भन्न त भन्थे उनलाई आˆना केही ईष्र्यालु समकालीन कविहरुले -तुकबन्दी र मुक्तक कवि भनेर,तर ती धेरै टिकेनन् । भूपीले आˆनो समयमा आˆना पाठक मनग्य कमाइसकेका थिए, \'अहिलेजस्तो कविता सुनाउन लाग्दा भाग्नेहरुलाई पैसा दिन्छु रुक\' भनेर फकाउने अवस्था होइन । कविताका भावमा उनी प्रकृतिका कवि,नारीजीवनको सौन्दर्य र स्थितिका सचेत द्रष्टा, प्रेमका प्रेमी, सधैँ देश र जनताका बारेमा सोच्ने चिन्तक, राजनीतिक निरङ्कुशताका विरोधी र स्वतन्त्रताका प्रेमी, सामाजिक सन्दर्भमा नवसंरचनाका पक्षधर र व्यङ्ग्य कवि थिए भने शैलीमा अलङ्कारका प्रयोक्ता र कविताको छरितो संरचनाका पक्षधर थिए । धनाढ्य परिवारका भएर पनि साम्यवादी हुनु र समकालीनका दुरुहत्वबाट पृथक भई संप्रेष्य हुनु उनको विशेषता थियो । उनले आफू दुइटा क -कवि र कम्युनिस्ट)बाट बिग्रेँ भन्नु उनले आˆनो वैयक्तिक जीवनको भोगाइ पोखेका मात्र जस्तो लाग्छ । विनादर्शनको कवि भूपी सोच्न पनि सकिँदैन ।
निमुखाका पक्षमा बोल्ने भूपीमा विश्वबोध उत्तिकै थियो । भियतनाम-अमेरिका युद्ध हुँदा भियतनामी नेता होचिमिन्हलाई कवितात्मक चिठ्ठी लेख्दै युद्धमा भियतनामको जित अवश्यै हुनेछ भनी विश्वास व्यक्त गरेका थिए,जुन आखिर सत्य हुनपुग्यो ।
सत्ता पाएपछि सत्ताधारी अन्धो हुन्छ । यो ज्ञानेन्द्रदेखि अहिलेका शासकहरुमा पनि लागु हुन्छ । भूपी लेख्छन्-
घुमिरहेकै छ म बसेको पृथ्वी-पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि,
दृष्यहरुदेखि,
रमाइलोदेखि,
प्रदर्शनीको घुम्ने मेचमाथि
करले बसेको अन्धोजस्तै ।-घुम्ने ....मान्छे)
अहिले शासकहरुले भूपीका कविता पढिदिए हुन्थ्यो ।
कविताका पाठक तथा अनुवादक एवं पत्रकार दीपराज सन्याल भन्नुहुन्छ-भूपीका कवितामा समयबोध छ । उनका कविता सटिक र मर्मस्पर्शी छन्, व्यङ्ग्यात्मक र प्रगतिशील विचारधाराले ओतप्रोत छन् । सरल,तिख्खर र मितव्ययी शब्दसंयोजनबाट गहन अभिव्यक्ति उनका कवितामा पाइन्छ । सामाजिक यथार्थवाद भूपीका कविताको धार हो ।
कवितालाई दर्शनले छोप्ने होइन, कविता स्वयम विचार हो,यसले नै अर्को विचार दिन्छ भन्ने समसामयिक मान्यताका बीच भूपीको ७४औँ जन्मदिनका अवसरमा भूपीका जस्तो व्यङ्ग्यशाली, अलङ्कारयुक्त, छरितो कविता साँच्चै कविता हुन्छ, जसले आम पाठकका हृदय छुन पुग्छ । अहिले कविताका पाठकको खाँचो छ । त्यसभन्दा बढी मीठो,छरितो, संप्रेष्य,जनस्पर्शमयी कविताको खाँचो छ । त्यसको पूर्ति अहिलेका कविहरुले गर्लान् के ?
म प्रेमको एउटा मायालु कविता
लेख्न बसेको कवि
हत्या, शोषण र असमानताको विरोधमा
युद्धको घोषणापत्र लेखिरहेको हुन्छु,
पिरतीका मीठा शब्दहरु लेख्नका साटो
घृणाको घाँटी रेटिरहेको हुन्छु -सायद, भूपी शेरचनका कविता)
| तपाईको प्रतिक्रिया |
| uni desh premi kabi rahay chhan/// |
| ANANDASINGH BANIYA|25-Oct-2009 18:43:12 |
| yeshma yethartha chha,dhanyabad/// |
| ANANDASINGH BANIYA|20-Oct-2009 19:00:54 |
| yeshma yethartha chha,dhanyabad/// |
| ANANDASINGH BANIYA|20-Oct-2009 19:00:54 |
| yeshma yethartha chha,dhanyabad/// |
| ANANDASINGH BANIYA|20-Oct-2009 19:00:42 |
| तपाईको प्रतिक्रिया | |
|
|