|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


औद्योगिक एवम् व्यापारिक नगरको रूपमा परिचित विराटनगर बजार केन्द्रमा रहेकोे वनस्खण्डी बाबा -शिव मन्दिर) प्रचारप्रसार एवम् संरक्षणको अभावले ओझेलमा परेको छ ।
विराटनगरको इतिहासमा धेरै पुरानो मन्दिरको रूपमा रहेको सो मन्दिरमा दैनिक साँझ एवम् बिहानको पूजापाठ आरती होमादि गर्ने पूजारीसमेतको व्यवस्था छैन । आफ्नैै धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको मन्दिर विराटनगरको जिल्ला विकास समिति एवम् कोसी अञ्चल अस्पतालसँगै रहेको छ ।
स्थानीय समाजसेवी एवम् श्रद्धालुद्वारा रू.२० लाखको लागतमा पुनः निर्माण गरिएको मन्दिरमा एक महिलाले स्वइच्छाले विहान एवम् साँझ दीयो बाल्ने एवम् पूजागर्ने गरेकी छिन् ।
पैसठ्ठी वषर्ीया रमादेवी गिरीको मन्दिर पूजाकालागि कुनै किसिमको सहयोग कहींबाट नपाएको गुनासो छ । दैनिक पूजापाठका साथै गरेको भाकल पूरा भएपनि प्रचार प्रसारको अभावमा त्यति भक्तजन पनि नआउने गरेको उनी बताउँछिन् । तर विराटनगरका अन्य विभिन्न स्थानमा स्थानीय उद्योगी एवम् व्यापारी एवम् स्थानीय जनताको सहयोगमा निर्माण गरिएका मन्दिरहरूमा भने नित्य पूजापाठ र आरतीगर्ने पूजारीको व्यवस्था गरिएको छ । तर वनस्खण्डी शिव मन्दिरमा भने यस्तो कुनै किसिमको व्यवस्था छैन । मन्दिरको धेरै जग्गा भएपनि अतिक्रमण भइसकेको छ । तर अहिले बचेको जग्गामा परखाल लगाई संरक्षण गरिएको बताइन्छ । मन्दिरको चारैतर्फ फोहर र झारपातको साम्राज्य देखिन्छ ।
स्थानीय वासिन्दाका अनुसार आजभन्दा करिव पाँचसय वर्ष पहिले भारतवर्षमा वैदिक सनातन धर्मावलम्वीहरूमाथि विधर्मीहरूले आक्रमण गरेर मार्ने , धर्मपरिवर्तन गराउने र जातिच्यूत गर्ने जस्ता कार्यहरू गर्न थालेपछि हिन्दुधर्मावलम्वी केही सन्तहरू आफ्नो धर्म संस्कृतिको रक्षार्थ त्यहाँवाट भागेर हिन्दुपति राज्यमा आएका थिए । त्यो वेला यस क्षेत्रमा राज्य गर्ने सेनवंशीराजाहरूलाई हिन्दुपति भनिन्थ्यो ।
यसरी भारतवर्षवाट भागेर हिमालयको फेदीतर्फ आउने सन्तहरूमध्ये पीण्डेश्वर धरानका वागम्वर बाबा, चतराका औलियावावा र रामधुनीका वनस्खण्डीवावा समकालीन थिए र एकैचोटि आजको नेपाल भूमि प्रवेश गरी उक्त ठाउँहरूमा अखडा जमाएका थिए ।
हिन्दुधर्मावलम्वीहरूका धार्मिक आस्थाका चारक्षेत्र वराहक्षेत्र, मुक्तिक्षेत्र, हरिहरक्षेत्र र कुरुक्षेत्रमध्ये प्रथम दुई क्षेत्र नै नेपालमा पर्ने र त्यसमा पनि वराहक्षेत्र पवित्र कौसिकीतटमा रहेकाले भारतवर्षका साधुसन्त एवम् वैदिक सनातन धर्मावलम्वीहरू भगवान वराहको दर्शन गर्न पहिलेदखिनै यस पुण्यभूमिमा आउनेजाने भएकाले उनीहरूका निमित्त विराटनगरमा बास बस्न एउटा अखडा आवश्यक ठानी त्यहाँ अखडा निर्माण गरिएको भनाई यहाँ पाइन्छ ।
वनस्खण्डीवावाले आज कोसी अञ्चल अस्पताल रहेको ठाउँमा एउटा अखडा निर्माण गर्न लगाए र सोही ठाउँमा साधुसन्त र तीर्थयात्रुहरू धुनी जगाएर बास बस्न थाले । यसरी त्यस अखडाको नाम वनस्खण्डी रहन गएको जनविश्वास छ । वनस्खण्डीबाबा शिवभक्त शैव थिए । उनले आफ्नो र साधुसन्तको उपासनाकालागि विराटनगरमा निर्मित अखडाको एउटा कुनामा हालको देवकोटाचौकमा शिवलिङ्ग स्थापना गरेर पूजा आराधना गर्न प्रारम्भ गरे । आज सो मन्दिरलाई वनस्खण्डी महादेव मन्दिर भनिन्छ र विराटनगरको सवैभन्दा प्राचीन मन्दिरपनि मानिन्छ ।
वनस्खण्डी मन्दिरले त्यो वेला आजको कोसी अञ्चल अस्पताल, नर्सिंङ् क्याम्पस, देवकोटा पुस्तकालय आदिले उपभोगमा ल्याएका सम्पूर्ण जग्गा आवाद गरेर साधुसन्त एवम् यात्रुहरू बस्ने टहरा, गौशाला र फलफूलहरूले सुसज्जित सुन्दर बगंैचा निर्माण गरेको थियो ।
साहित्यकार दधिराज सुवेदी वि.सं.१९७१ मा मोरङ्को सदरमुकाम रङ्गेलीबाट विराटनगर सारिएपछि क्रमशः अखडा मासिँदै गएको बताउनुहुन्छ । अहिले वनस्खण्डी महादेव स्वयँ सुकुम्वासी बन्न पुगेका छन् । उनका नाममा रहेको त्यत्रो जग्गा अस्पताल, क्याम्पस र पुस्तकालयको नाममा दर्ता गरियो । न बोल्ने महादेवलाई तीन कठ्ठा जग्गा त छुुट्याइयो, तर त्यो पनि उनको नाममा दर्ता गरिएन ।
यसरी विराटनगर शहरभन्दा धेरै जेठो, ऐतिहासिक महत्वको बनस्खण्डी महादेव सुकुम्वासी बनेर अलपत्र परेको देखेपछि हिन्दुधर्म र संस्कृतिप्रति आस्थावान्हरूको मन दुख्नु स्वाभाविकै भएकाले केहीवर्ष पहिले श्री मार्कण्डेय आचार्यको संयोजकत्वमा एउटा समिति बनाएर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटी व्यहोरा अवगत गराएपछि जग्गा मन्दिरकै नाममा दर्ता गराईएको सुवेदीले जानकारी दिनुभयो ।
आज सोही ठाउँमा हिन्दु धर्म र संस्कृतिप्रति आस्थावान अविनाश बोहरा र उनका परिवारले करिव रू.२० लाखको लागतमा वनस्खण्डी महादेवको भव्य मन्दिर बनाएर व्यवस्थित गर्न लाग्नु भएको छ । यसका निम्ति बोहरा परिवारलाई धन्यवाद दिनै पर्ने स्थानीय जनताको भनाई छ । साथसाथै हिजोका सन्दर्भमा हनुमानदास मुखिया र आजका सन्दर्भमा स्व. नोना कोइराला, प.ं जगन्नाथ शास्त्री र ज्वालाप्रसाद पोखरेल आदिको सहयोग र सद्भावलाई पनि बिर्सन मिल्दैन । यसलाई प्रसिद्ध ज्योतिर्लिङ्गका रूपमा मान्यता दिएर विराटनगरको गौरव ठानी अगाडि बढाउनु नितान्त जरुरी रहेको साहित्यकार सुवेदीको भनाई छ ।साथै शिवमन्दिर भएकाले विहान नियमित रुद्राभिषेक हुनुपनि नितान्त जरुरी छ ।
विराटनगर बजारमक्षेत्रमै काली मन्दिर, रामजानकी, राधाकृष्ण ,राधारमण, शनी , सन्सारीमाई स्थान, हनुमान ,शिव, विराटेश्वर , वगलामुखी आदि मन्दिर र नेपालमै एक मात्र अष्ट चिरन्जीवि मन्दिर लगायतका दर्जनौ मन्दिरहरू रहेका छन् ।
यसैविच हालै कटहरी गाविसमा सिँगिया नदीकीनारमा वावा गणीनाथ मन्दिर,रामजानकी र सूर्यदेवताको एकैठाउँमा मन्दिर स्थापना भएका छन् । तर पनि प्राचीन मन्दिर वनस्खण्डीको नित्य पूजा,उचित संरक्षण र प्रचार नहुनु शोभनीय होइन ।
| तपाईको प्रतिक्रिया | |
|
|