|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


मृगौला पिडित सुरेशकुमार राईको उपचार सहयोगार्थ यसै हप्ता सिंगापुरमा एक सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
सिंगापुर स्थित कान्तिपुर गजल रेष्टुरेन्टमा सम्पन्न सो कार्यक्रममा गायीकाद्वय अमृता हमाल र गीता लामाको साथमा गायक राजकुमार थापाले विभिन्न दोहोरी गीत तथा एकल लोकगीत प्रस्तुत गरेको गायीका एवं आयोजक अमृता हमालले जानकारी गराउनु भयो ।
कार्यक्रममा संकलन भएको रकम मध्ये खर्च कटाएर नेपाली रुपैंया साठी हजार पिडित सुरेशकुमार राईको नाममा नेपाल पठाई सकिएको समेत हमालले जानकारी गराउनु भयो ।
सिम्ले गाविस वडा नं सात, तेह्रथुमका तेइस बषिर्य राई मलेसियाको जोहोरबारुमा कार्यरत रहँदै आएका थिए । विरामी भई स्थानीय अस्पतालमा भर्ना भएपछि जाँच गर्ने क्रममा राईको दुवै मृगौलाले काम गर्न छोडेको पाइएको थियो । राई नेपाल फर्किसकेका छन् ।
मृगौला पिडित सुरेशकुमार राईको बारेमा जानकारी पाएपछि उपचारमा केही सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरेको र कार्यक्रममा श्रोता-दर्शकहरुको उत्साहजनक सहभागिता रहेकोले सहगोगको भावना राखेर सांगितिक कार्यक्रम गर्न थप हौसला मिलेको गायिका हमालले बताउनु भयो ।
गायीका अमृता हमाल कास्की जिल्ला लेखनाथ नगरपालिका वडा नं ७ की स्थायी बासिन्दा हुन् भने गीता लामा कल्यानपुर ५ नुवाकोट र राजकुमार थापा सौराहा ३ चितवनका स्थायी वासिन्दा हुन् ।
| तपाईको प्रतिक्रिया | |
|
|