|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


परम्परागतरुपमा महिलाहरुले मनाउँदै आएको चाड तीजपञ्चमी पर्व पुनः हाम्रो अगाडि आइपुगेको छ । नेपाली महिलाले यो चाड परम्परागतरुपले मान्दै आएतापनि बदलिदो परिवेश अनुसार नयाँ ढंगले यसलाई मनाउने तर्फ महिलाहरु उन्मुख हुन थालेका छन् । नयाँ चेतनाले चाडपर्वलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको छ ।
यस्तै परिवर्तनको संकेत गर्दै घोराही नगरपालिका-१० कि भगवती पोख्रेल भन्नुहुन्छ -\'हरेक चाडपर्वमा जस्तै तीजपर्वका पनि सकारात्मक र नकारात्मक पक्ष छन् ।’ सकारात्मक पक्षलाई लिनुपर्छ भन्ने भगवतीको दृष्टिकोणमा भेटघाट हुने रमाइलो गर्ने तीजको सकारात्मक पक्ष हो भने यस पर्ववारे चल्दै आएको धार्मिक अन्धविश्वास नकारात्मक पक्ष हो ।’ भगवती अगाडि भन्नुहुन्छ-\'नेपाली महिलालाई धर्म र रुढीवादले असाध्य भ्रममा पारेको छ, तर खासगरी जनयुद्धको चेतनाले महिलाहरुलाई सचेत र जागरुक बनाइसकेको छ ।’
सोही ठाउँ बस्ने शारदा आचार्यको भनाई पनि भगवतीसँग मिल्दो जुल्दो छ । उहाँ पर्वहरुमा रहेका सामन्तवादी सोंचहरुलाई परिवर्तन गर्दै नयाँ सँस्कृतिको रुपमा मनाउनुपर्ने कुरामा जोड दिनुहुन्छ । राजनीतिकरुपमा सामन्तवादको किल्ला रहेको राजतन्त्र समाप्त भइसकेको अवस्थामा हाम्रा चाडपर्वमा रहेका सामन्ती सँस्कृतिहरु समाप्त पार्नेतर्फ लाग्नुपर्ने कुरामा उहाँले जोड दिनुहुन्छ । आचार्य तीजको सकारात्मक पक्षलाई भने कायमै राख्नुपर्ने आवश्यकता देख्नुहुन्छ ।
त्यसैगरी शिक्षिका अम्बिका रिजाल चाडपर्वको नाममा तडकभडक गर्ने, फाल्तु खर्च गर्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गदै चाडपर्वहरुलाई सकि नसकी मनाउने कुरालाई तुरुन्त छोड्नु पर्ने धारणा राख्नुहुन्छ । उहाँ अगाडि भन्नुहन्छ- \'चाडपर्वको खुसीयालीमा सकि नसकी ऋण लिएर पनि खर्च गर्ने प्रवृत्तिले पारिवारिक कलह र तनाव बढेको छ ।’ उहाँ यस प्रवृतिले तीज लगायतका चाडपर्वको खुसीयाली कमजोर हुने स्थिति देख्नुहुन्छ । स्यूजा-५ की रमा विष्ट नयाँ नेपालसँगै चाडपर्व मनाउने तरिकामा पनि परिवर्तन हुनुपर्ने आवश्यकता औल्याउनु हुन्छ । उहाँ भन्नुहुन्छ-\'तीज पर्वलाई धार्मिक कथासँग जोडेर गलत परम्पराको थालनी गरिएको छ ।’
तीज पर्वको धार्मिक आधारले महिला अस्मिता र स्वतन्त्र पहिचानलाई कमजोर पारेको बताउँदै रमा गणतन्त्र ल्याएर जसरी सबै एकजुट भए त्यसैगरी चाडपर्वमा रहेको गलत सँस्कृति मेटाउन सबै जुट्नुपर्ने कुरा बताउनु हुन्छ । त्यसैगरी घोराही नगरपालिका-२ की शान्ता शर्मा तीज लगायतका चाडपर्वमा लुगा र गहना प्रदर्शन गर्ने परिपाटी बढेको बताउँदै तँ भन्दा म ठूलो भन्ने मानसिकताले महिलाहरुमै फुट र हिनताबोध गराएको बताउनुहुन्छ ।
महिलाहरुको चेतना हिजोको भन्दा धेरै माथि उठिसक्दा पनि अझै धेरैजसो महिलाहरुले परम्परागत रुढीवादलाई अंगाल्न पुगिरहेका छन् । यसतर्फ ध्यान आकृष्ट गराउँदा पत्रकार महिला मञ्च दाङकी अध्यक्ष सुशीला आचार्य भन्नुहुन्छ-\'राजनीतिक परिवर्तन भन्दा साँस्कृतिक परिवर्तन अप्ठ्यारो भएकोले सचेत महिलाहरुले व्यवहारमै साँस्कृतिक परिवर्तन गर्न जोड दिनुपर्छ ।’ उसो त साँस्कृतिक परिवर्तन राजनीतिक परिवर्तनजस्तो सजिलो नभए पनि अब आफैबाट रुपान्तरणको अभियान थाल्नुपर्ने उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ-\'नयाँ सँस्कृति निर्माण नै अबको मुख्य दायित्व हो ।’
| तपाईको प्रतिक्रिया | |
|
|