|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


छठपर्व नेपालका विभिन्न संस्कृतिमध्ये छुट्टै परिचय बनाउन सफल मानिएको छ । कात्तिक शुक्ल षष्ठीमा व्रत बसी अस्ताउँदो सूर्यलाई पूजा गर्ने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यको पूजा आराधनाका साथ अर्घ्य दिने कार्य यस पर्वमा गरिन्छ ।
सूर्यको आराधनाले सन्तानप्राप्ति हुनुका दीर्घजीवन प्राप्त हुने विश्वास रहिआएको पाइन्छ । सूर्यले मानिसलाई निरोग र समग्र सुख प्रदान गर्ने विश्वास ऋग्वेदमा पनि गरिएको पाइन्छ । सूर्यको प्रभाव पृथ्वीमा पर्ने भएकाले सूर्यको किरण र पृथ्वीको उर्वरशक्तिले मात्र सम्पूर्ण जीव, जीवात्माका जीवन सम्भव भएकाले पनि प्राचीन समयदेखि नै ऋषि, महषिर्ले पृथ्वीलाई धरणी र सूर्यलाई ग्रहणी भन्दै यिनका महिमालाई नतमस्तक भई स्वीकार गरेका छन् ।
छठ पर्वको सम्बन्ध सूर्य पूजासँग रहेको विश्वास गर्नुहुने त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभागका सहप्राध्यापक डा. ऋषिप्रसाद शर्माले संस्कृत साहित्यका सुप्रसिद्ध कवि मपुरलाई कुष्ठरोगले पीडित बनाएपछि सूर्यशतक नामक स्तोत्र लेखी सूर्यलाई प्रसन्न पारी स्वस्थ भएको भनाइ रहेको बताउनुभयो ।
शर्मा महाभारतको प्रसङ्गलाई आधार मान्दै कुन्तीले सूर्यमन्त्रबाट सूर्यलाई पूजा गरी कुमारी अवस्थामा नै पराक्रमी, प्रतापी कर्णजस्ता पुत्र जन्माएको र ती व्यक्तित्व महाभारतका एक प्रमुख पात्र रहेको विश्वास गर्नुहुन्छ । विश्वभरी व्याप्त सूर्यकथा, सूर्यमन्दिर र सूर्यचिन्हले सूर्यप्रजाका विश्वव्यापी प्रभावलाई प्रमाणित गरेको भन्दै उहाँ \'मेसोपोटामिया\' को सभ्यतामा \'शमस\' नामक सूर्यमूर्तिको पूजा गर्ने चलन रहेको बताउनुहुन्छ ।
डा. शर्माले नेपालको तराईक्षेत्रमा निकै लोकपि्रय रहेको छठ पर्व अहिले काठमाडौँमा पनि केही वर्षयता व्यापकरुपमा प्रचलनमा आएकाले र यसप्रति धेरै जनचासो रहेकामा खुसी व्यक्त गर्दै यसले सूर्यपूजाको संस्कृतिलाई राम्रो प्रश्रय दिने विश्वास प्रकट गर्नुहुन्छ । धनुषा जिल्ला स्थायी घर भई हाल काठमाडौँमा बस्दै आउनुभएका संस्कृतिविद् डा. चन्देश्वर साह कात्तिक शुक्लको षष्ठी तिथिमा छठी माताको पूजा गरिने प्रचलन महाभारतकालदेखि नै द्रौपतीले गुप्तवास बस्दा चलाएको विश्वास गर्दै जब संसारको प्रलय हुन्छ, त्यसबेला परमब्रम्हा मात्र रहने भएकाले ब्रम्हालाई पुनः संसारको सृष्टि गर्न परेमा जुन शक्तिको आवश्यक पर्छ, त्यो शक्ति नै छठी माता हो भन्नुहुन्छ ।
डा. शाहले छठीमातालाई बोलाएर पूजा गर्न नसकिने भएकाले सूर्यनारायणलाई माध्यम बनाएर उनको पूजा गर्ने गरिने बताउनुभयो । तराई सांस्कृतिक प्रतिष्ठान नेपालका उपाध्यक्ष सरोज यादवले प्राचीनकालदेखि वर्तमान समयसम्म नेपालमा सूर्यको विभिन्न नाम र रुपमा विशेष प्रभाव रहेको विश्वास गर्दै छठ पर्वमा कात्तिक शुक्ल तृतीयाका दिन अशुद्ध खाद्य वस्तु त्याग गरी चतुर्थीका दिन नुहाएर शुद्ध खानापिन गरिने, पञ्चमीका दिन नुनविनाको भोजन -सखरको खिर र रोटी) गरिने, षष्ठीका दिन अस्ताउँदो सूर्यलाई पूजा गरी सप्तमीका दिन उदाउँदो सूर्यलाई पूजा आराधना गरी समापन गरिने विधिबारे जानकारी दिनुभयो ।
यादवले हिन्दू धर्मावलम्बीले मात्रै मनाउने छठ अहिले गैरहिन्दूले पनि हर्षोलासका साथ मनाउन थालेकामा खुसी व्यक्त गर्नुभयो ।
| तपाईको प्रतिक्रिया | |
|
|