|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


विकासको नक्सा देश देशान्तरहरूमा
तिम्रै लम्बाइ र चौडाइ
तिम्रै तडक-भडकमा दर्शाइन्छ
द्रौपदीको साडीजस्तै
तिमीलाई तानी तानी
कुना, काप्चा र कन्दरामा
सहजै फैलाइन्छ
उत्तानो परी तिमी नफैलिएसम्म
तिम्रो बुई चढी मान्छेहरूले
पसिना नकाढेसम्म
विकास अघि बढ्न सक्दैन
त्यसैले, छिमेकीहरूले तिमीलाई
मायाले सुम्सुम्याई
बिना बिलम्ब तन्काइरहन्छन्
तर विडम्बना झ्
हाम्रो आफ्नै देशमा
सडक र सदन दुवैतिरबाट भनेर
सिंहदरबार गेटसम्म पुर्याई
तिमीलाई खुम्चाइदिन्छन्
आफ्नो माग सर्वदा पूरा गराउन
मान्छेहरू
तिमीमाथि नै जाइलाग्छन्
जनता तताउने निहुँमा
तिम्रै छातीमाथि जनताले नै
देशै निसासिने गरी टायर बालिदिन्छन्
गर्भमा रहेको गणतन्त्र तुहाउन
वा,
अरू कुनै तन्त्रको पेट बोकाउन
तिम्रै अङ्ग, प्रत्यङ्ग दुख्ने गरी
लाठी चार्ज र ढुङ्गा मुढा गरिदिन्छन्
लोकतन्त्रको नाउँमा
जतिबेला जसको जोस चल्छ
तिमीलाई नै बलात्कार गरिदिन्छन्
तिम्रो अस्मितामाथि भएको अत्याचारले
नेपाली मन सधैँ रोइरहन्छ ।
| तपाईको प्रतिक्रिया | |
|
|