|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


जब म बालक थिएँ
आमाको मुटुको टुक्रा थिएँ र थिएँ बाबुको औरसपुत्र
न सपना थिए, न इच्छा
न लोभ थियो, न महत्वाकांक्षा
जे देख्यो त्यसैमा रमाउँथ्यो मन
आहा झ् कति मिठो थियो त्यो जीवन
जब म युवक भएँ, आमाको सपना थिएँ र बाबुको भविष्य
केही सोच्नुपर्ने बेला त्यो, केही गर्नुपर्ने बेला त्यो
भविष्यको गोरेटो कोर्नु पर्ने बेला त्यो
कतै राम्रो गरियो, कतै नराम्रो गरियो
त्यति बेला मनमा सपना र उत्साह थियो
जीवनको पलपलमा प्रवाह थियो
तर अभाव थिएन जीवनमा वैभव थियो
प्रदूषित थिएन मन निश्छल थियो
केही आकांक्षा थिए, केही चिन्तन
बाल्यकालभन्दा केही भिन्न भयो यो जीवन
अब जिन्दगीको यो मोडमा
न आमाको सपना हुन सकेको छु, न बाबुको भविष्य
आफै ज्यूँन कठिन भइरहेको छ यो समयमा
सोच्छु आमाका आकांक्षाहरू खरानी भएका छन्
बाबुका रहरहरू मृगतृष्णा भएका छन्
लाग्न थालेको छ यो जीवन, झरिसकेको फूल भएको छ
भत्किएको पुल भएको छ
जिन्दगीको यो दर्दनाक क्षणमा
जहाँ न बाल्यकालको सुन्दर बिहानी छ
जहाँ न युवा अवस्थाको मोहक जवानी छ
अभावै-अभावको बीच पेलिएको छ जीवन
निराशै-निराशको बाढीमा हेलिएको छ मन
सीमित आम्दानी भए पनि खर्चका शीर्षकहरू धेरै छन्
ओह्रालो लागेको देख्दा दङ्ग पर्ने दर्शकहरू धेरै छन्
कतै केही नमिले जस्तो, केही नपुगे जस्तो
अरूकै लागि भए पनि बाँच्नु परेको छ
पीडा लुकाएर भए पनि हाँस्नु परेको छ
कतै ठेस लागेको छ कतै आघात
कतै उदासी छाएको छ, कतै बिस्मात
त्यसैले
यो देखेको वर्तमानमा
ठक्करै ठक्करले जर्जर भएको छ तन
विषादै विषादले अमिलो भएको छ मन
र पखेटा गुमाएको जटायू भएको छ जीवन ।
| तपाईको प्रतिक्रिया |
| yeuta kabita jo aafaima hamrai anubhut jindagi ho...tyo sabdachitrama utarnu bhayeko chha ...sanchai !kabita saral ra saras chha hami yestai kabita bhitra aafulai atauna sakchhau matrai! |
| anuj|14-Feb-2009 07:50:36 |
| तपाईको प्रतिक्रिया | |
|
|