|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


बाहिर झलमल्ल घाम लागिरहेको छ । आकाश खुला नीलगङ्गा सरोबर बगैँचामा ढकमक्क फूल फुलेको सुनौलो वातावरणबीच बैठक कोठा खुला हावापानी सदावहार रमझम्-रमझम वसन्त वहारको मन्द मन्द हावा चलेको त्यो समय बाह्र एक बज्दै थियो घडीमा ।
कोठाभित्र गलैँचा ओछ्याइएका भित्तातिर विभूतिहरूका तस्वीर एकपछि अर्को तहै-तह टाँगिएका नजिकैका शिशादार दराजमा सम्मान पत्रहरू मिलाएर लहरै राखिएका । छेउको अग्लो दोश्रो दराजमा मोटा बाक्ला नयाँ जिल्लादार पुस्तकहरू खात मिलाएर वर्णक्रममा राखिएका । छेउ-झ्याल, तल भित्ता दुवैतिर सोफा सेट, ढोका अगाडि भित्ता छेउमा एकजनिया पलङ्ग न त्यसमा सेता दाह्री जुङ्गा कपाल झप्केका उमेरले सत्तरी वर्ष जतिका मीनिषी पुरूष सम्वल्ल प्रवृत्तिका, हँसिला, रसिला स्वभाव धर्म दर्शनविद ! जसका अनेकाअनेक चेलाचेली, अनुज वर्गका अग्रज गुरु... ।
स्वभावैले अग्रज मानिस भएर जन्मेपछि कर्मवादी हुनुपर्छ भन्ने आदर्श । सुनमा सुगन्ध थपिएका साहित्याचार्य । उनका दृष्टिगोचर नचल्ने तर समग्र विधामा पारङ्गत भएकाले एकजना गणेश अगाडि राखेर केही आख्यान टिपोटमा व्यस्त । छेउको सानो स्टुलमाथि टेलिफोन राखिएको । त्यसमा टिनिनी घन्टी बज्दै गरेको सँगै टिपोट गर्ने महिलाले फोन टिपेर हेलो ! त्यहाँ गुरुसरलाई पाऊँ न झ् हओस् म टक्र्याउँछु । हुन्छ । को हो ? मैले नाम सोधिन । ठीक छ ! हल्लो ! हजुर म पवन सर ! दर्शन ! हजुरका समिपमा आउन अहिले समय पाइन्छ कि भनेर फोन गरेको सर !
गुरु - हुन्छ , हुन्छ, आउनुहोस् ।
केहीबेर पछि अपरिचित मानिस बैठकमा प्रवेश ।
सर ! म उपस्थित भएँ । दर्शन ! सर ।
गुरु - को हो ? नवीन हो ! नवीन हो । सर !
लौ बस ! यी मेरा आँखा बन्द भए । उही बोलीले मान्छे ठम्याउँछु । कि त अरूले आफैँ परिचय दिनुपर्छ । नत्र भने अरू उपाय छैन । यी चेलीलाई अगाडि राखेर रूनु, झुनु, बुनु, लेख्ने लेखाउने काममा व्यस्त छु । गुरुबाट केही वाणी सुन्न पाइयो । आशीर्वाचन पाइयो । धेरै भयो नि ! हराइएको ?
नवीन -हो सर धेरै नै भयो ।
गुरु - अहिले के गरिँदैछ ?
नवीन - एउटा काव्य लेखेको छु । त्यो सरलाई श्रवण गराएर छपाउँ कि भनेको । गुरु - हुन्छ , हुन्छ । किन नहुनु , लौ त के छ लौ सुनाऊ । तर पहिले यहाँ बस्नुभएका सबैसँग चिनारी गरौँ ।
नवीन - हुन्छ सर ।
गुरु - पहिले यिनै नानीबाट सुरू गरौँ ।
नानी - म मुनु, स्नातकोत्तर मेरो शिक्षा, नेपाली । यहाँ गुरुसँग केही उपहार स्वरूप यन्थ्रोपोलोजीका विषय वस्तुको ज्ञान हासिल गर्दैछु । घर दाङ ।
अर्का युवक- म पवन बाँस्तोला \'डिग्री नेपालीमा नै गरेको । साहित्यमा रुचि भएकोले गुरुसँग त्यससम्बन्धी ज्ञान गुनका लागि सम्पर्कमा आएको हुँ । मेरो घर धनुषा जनकपुर ।
त्यसपछि नवीन- म नवीन, गुरुका आशीर्वादले स्तानक सम्म अध्ययन गरेँ । घर पूर्व इलाम । बसाई महांकाल फाँटमा छ । अहिले यो काव्य प्रकाशन गर्नुपर्ने भएकाले सुनाऊँ र भूमिका पनि लेखिमागूँ भनेर आएको ।
सबै सौहाद्रपूर्ण वातावरणमा एक अर्काप्रति आकषिर्त हुन्छन् ।
नानी - लजालु अनुहारमा कोठाबाट बाहिरिन्छिन् ।
केही समयपछि चिया र बिस्कुट ट्रेमा राखेर पुनः बैठक कोठा सबै बसेतिर कप प्लेट र बिस्कुट एक एक गरेर राखिदिन्छिन् । आफू गुरुआमा भएतिर साथ दिन्छिन् । मानिसको बोली वचन सुशील छ । चाल चलन अत्यन्त गम्भीर प्रकृतिको छ । सुन्दरता भन्दा पनि शील-स्वभावले मानिसलाई आफन्त तुल्याउन सक्दोरहेछ ।...
यो वातावरण देखेर पवन तीनछक्क पर्छ ।
अब चिया बिस्कुट लिने काम शुरू भएको छ । गुरुबाट यो संयोगका बारे खुशी व्यक्त भयो । सबै अत्यन्त जिज्ञासु भए । आशीर्वचन । त्यसैबीच गुरुले \"नवीन- तिम्रो काव्य अब श्रवण गरौँ त\" भन्नुभयो ।...
नवीनले पनि आफ्ना हाते व्यागबाट विषयवस्तुका पाण्डुलिपी निकालेर काव्य सुनाउन थाल्यो ।
गुरुले पनि बडो प्रेमपूर्वक त्यो काव्य श्रवण गर्नुभयो र भन्नुभयो । काव्य समय सापेक्ष छ । यसलाई महाकाव्य तुल्याऊ । म यसको भूमिका लेख्ने भएँ । तर तिमीले एक साता मकहाँ धाउनुपर्छ ।
नवीनले हुन्छ सर भनेर सहिथापे ।...
पवन र नानी पनि महाकाव्य लेख्न लालयित थिए ।
रूनु, झुनु, बुनु, सबै काव्य र उपन्यासका बनौट हुन् । त्यसलाई प्रकृतिवश मिलाएर शृगर गर्न सक्दा कृति जन्मन्छ । त्यो तिमीहरू ज जसले सिर्जना गरेका हुन्छौँ तिनकै सन्तान मानिन्छन् । त्यसैले यस्ता पवित्र काममा ढिला गर्नु हुँदैन । यो कुरो यहाँ भेला भएका सबैका लागि उपदेश हो । कि कसो ? के छ
विचार ? भनेर गुरुले खेर्नु भयो । ती सबै नारी पुरूष बराबरी भएकाले हो सर झ् हामी पनि कोशिस गर्छौँ भने । गुरु हषिर्त हुनुभयो । समय साँझको छ बज्दै थियो । ...
| तपाईको प्रतिक्रिया |
| Story is very good. |
| Sudip Khatiwada|25-Apr-2009 15:00:10 |
| तपाईको प्रतिक्रिया | |
|
|