|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


यो चोटी यस्तै भयो साथी
मैले एउटा अपराध गर्न सकिनँ
कविता खाएर भोग मार्न सकिनँ
विचारलाई शब्दमा रुपान्तरण गर्दै मेट्दै गर्नेले
कविता पिएर तीर्खा मेट्न सकिनँ
सुन्दर कल्पनाले झ्वाम्म अँगालो हालेको बेला
छटपटिलाई मुस्कानले छोपछाप पारेर हिँडे म कति चोटी !
भावनामा डुबुल्की मार्दै कति रमाएँ म,
अहा ! बगरका बान्किला ढुङ्गाहरु-सप्रेका मीठा आलुजस्ता !
रातका झिलिमिली तारा-हाँडीभित्रका फुलौरा मकै
अन्तर क्रन्दन/पीडा आधुनिक सिम्फोनी बजेजस्तो !
................................................
मानौं स्वर्ग त्यहिँ छ
र म त्यहाँको देवता !
जब भावनाको स्वर्गबाट पृथ्वीमा अर्लन्छु म,
दोहोरिन्छ अराजकता भोक-प्यास-छटपटि र क्रन्दनको
अहिले त्यही भावनासँग वार्तालाप गर्दैछु
दसैं आयो- किन आयो ? कहाँबाट कसरी आयो ?
आएपछि स्वागत-सम्मान दर्शाउनु पर्दो हो, बलीको मूल्यमा !
सोध्दै छु म-
खुसीको अभिनय गर्दै कसैलाई कुनै उपहार दिनुपर्दो हो
मौखिक आशिष दिएर धेरैलाई टारेको हो पोहोर परार पनि
...................................................
बहिरो एकान्तझैं मौन छ भावना
दसैं गएपछि मात्र लामो सुस्केरा तान्यो....
अपराधी हुन नसक्नुको हिनताबोधले पराजित भएन
कविलाई हिमालभन्दा अग्लो देखायो
उचाईमा सुरक्षित रहेछ कविको गर्व/अस्तित्व/सत्ता
अनुभूतिको अदृष्य स्पेसमा ऊ महान स्रष्टा पो रहेछ
त्यहि गर्विलो साँइनोले निथ्रुक्क भिज्न पाउँदा कति रमाइलो !!
तै पनि यो चोटी यस्तै भयो साथी-
मैले एउटा अपराध गर्न सकिनँ
कविता खुवाएर तिम्रो भोक मारिदिन सकिनँ
कविता पिलाएर तिम्रो तीर्खा मेटिदिन पनि सकिनँ ।
| तपाईको प्रतिक्रिया | |
|
|