|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


१. सुत्ने बेलामा फेरेको ढोका खुला राखेर
अलग्गै अँध्यारो कुना देख्नेले नदेखेको
कसैले झोसिदिएछ बलिरहेको दियो ।
२. पल्टाएर हेरेपछि ओल्टाउने रहर
बादल दौडिन थाल्यो बाङ्गो मुख बिगार्दै
आफ्नै ठानेर लछार्दा रहरै चिप्लिएको ।
३. थाकेको बिटुलो आँखाभित्रसम्म धसिँदा
घिनलाग्दा अनुहार घुर्नुसम्म घुरेको
यमराज खोज्न जाँदा भाग्य हिँडिसकेछ ।
(नेपाली साहित्यको यौनवादीधाराका विशिष्ट स्रष्टा पुष्कर लोहनीले जापानी शैलीको ताङ्का, हाइकु, चोका, सेदोका र कोरियन शैलीको गीतिकविता \'सिजो’ लेखनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । उनले नेपाली कथा, कविता, निबन्ध, आलोचना र समालोचनाजस्ता विद्यामा पनि आफूलाई सशक्तरूपले उभ्याएका छन् ।
नेपाली साहित्यमा नयाँ-नयाँ प्रयोग गरेर भिन्न शैली र स्वरूप प्रदान गर्दै आएका लोहनी निर्भिक र प्रखर वक्ताको रूपमा पनि सुपरिचित छन् । आफ्ना सिर्जनामा विशेषगरी यौनमुखी बिम्बलाई समायोजना गरी पाठकहरूलाई रोमान्टिक आस्वादन गराउनु उनको प्रमुख विशेषता हो ।
अहिले उनी तीन हरफे कोरियन गीतिकविता ँसिजोको सैद्धान्तिक सिर्जना र प्रवर्द्धनमा व्यस्त छन् । उनले यो नौलो प्रयोग नेपाली साहित्यकै इतिहासमा पहिलोपटक गरेका हुन् । त्यसैले \'सिजो’ निक्कै लोकपि्रय हुन थालेको देखिन्छ । यसको गोरेटोले उनलाई दिनहुँ प्रसिद्ध हुने अवसर प्रदान गरिरहेको छ ।
सूत्रात्मक लेखन शैलीमा आधारित तीन हरफे \'सिजो’ प्रत्येक हरफ १४ देखि १६ अक्षरीय प्रणाली रहेको हुन्छ । जुन ४४ देखि ४६ अक्षरको रहन्छ । नवौँ-दसौँ शताब्दीभन्दा पुरानो चिनियाँ परम्पराबाट प्रभावित तीन हरफे ँसिजो’ गीतिकविता कोरियालगायत संसारका विभिन्न राष्ट्रमा वर्षौअघिदेखि लेखन र प्रकाशन हुँदै आएको देखिन्छ तर नेपालमा भने प्रथमपटक २०६४ फागुनमा पुष्कर लोहनीले सिजो सिर्जना गरेका छन् ।
युवाकवि राजकुमार बानियाँको सम्पादनमा प्रकाशित \'सिजो’ -१ मा उनकै एकल १५ वटा सिजो प्रकाशित भएका छन् । उनले प्रत्येक हरफमा १५/१५ अक्षरको प्रयोग गरेका छन् । यसर्थ, लोहनी नेपाली सिजो लेखनका प्रथम स्रष्टा हुन सफल भएका छन् - प्र.सम्पादक) ।
| तपाईको प्रतिक्रिया | |
|
|