|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रथम जीवनीकार नित्यराज पाण्डेलाई देवकोटाका बारेमा अझै लेख्ने, बोल्ने र सुनाउने धोको छ। पहिलोपटक देवकोटाका बारेमा उहाँले नै लेख्नुभएको जीवनीपरक कृति महाकवि देवकोटाले २०१६ सालमा मदन पुरस्कार पाएको थियो।
उहाँले गद्यविधामा सोह्रसालका लागि रु चारहजार -भारु २५००)को मदन पुरस्कार पाउनुभएको हो । अन्य चारजनालाई पनि अन्य विधामा पुरस्कार दिइएको थियो । सत्र सालमा कृति प्रकाशन भयो । यो कृति अहिले दुर्लभ छ र साझा प्रकाशनले छाप्दैछ । \\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\'म लेख्न बस्दा सपनामै देवकोटा देख्थें\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\' -उहाँको संस्मरण छ ।
देवकोटासँग उहाँको २००२ सालदेखि सम्बन्ध थियो, आउनेजाने हुन्थ्यो । देवकोटाको निधन २०१६ साल भदौ २९ गते भयो । पाण्डेले असोज, कात्तिक र मङ्सिर तीन महिनाभित्र \\\"महाकवि देवकोटा\"कृति तयार गर्नुभयो अठ्ठाइस वर्षको उमेरमा । प्रेरणा थियो-देवकोटा छिमेकी हुनु, इष्टमित्रको सम्बन्ध रहनु र उनको साहित्यिक प्रतिभा बुझ्नु । पाटन हाइस्कुलमा नेपाली पढाउनुहुन्थ्यो अध्यापक पाण्डे । पुस्तकको आवरण कुलमानसिंह भण्डारीले बनाउनुभएको हो।
पुरस्कार पाएपछि उहाँलाई साहित्यिक व्यक्तित्व मान्न थालियो, काठमाडै, सुर्खेत आदिका स्कुल, कलेज प्रशस्त ठाउँमा प्रवचन दिनुभयो । उहाँको पुस्तकलाई कतिले वेद माने, देवकोटाको जीवनी लेख्नेहरुले उद्धृत गरे । देवकोटाको तस्वीर उतारे । त्यसअघि देवकोटाको जन्म १९६५ मानिएकामा जन्मकुण्डली हेरेर पाण्डेले १९६६ भएको पत्ता लगाउनुभएको हो-धन्न निधनसँगै चिनाटिप्पन जलाइएको रहेनछ ।
कमलपोखरी ठटुनटी भनिन्थ्यो, देवकोटाको जन्मस्थललाई । त्यहाँको वीरधाराको पानीले मुख धुनुहुन्थ्यो, मेरो दिल ठण्डा पार्ने यही हो भन्नुहुन्थ्यो, त्यहीँको कुमारीको मन्दिरमा पानी चढाउनुहुन्थ्यो-पाण्डे सम्झना गर्नुहुन्छ ।
वि सं. २०११-१२ तिर जयवागेश्वरीमा विराट् साहित्यसम्मेलन हुँदा सभापति देवकोटा नै थिए, अङ्ग्रेजी कविता वेदको ऋचावाचनको लयमा कविता पाठ गरेका थिए । देवकोटाको पाल्पा भ्रमण र जयवागेश्वरीको साहित्यसम्मेलनको प्रसङ्ग कृतिमा उल्लेख गर्न नपाएकामा दुःखेसो रहेछ । रानी जगदम्ब्ााले दिएको सो पुरस्कार पाएकामा उहाँलाई धेरै सन्तोष लाग्यो । हजारप्रति छापिएकामा केही बिके, केही शिक्षा मन्त्रालय, भारतीय पुस्तकालयमा त केही उपहार दिइयो ।
अहिले कसैले लेख मागे दिने गर्नुहुन्छ पाण्डे । उहाँका सत्तरीवटा लेख अहिले पनि छरिएर रहेका छन् । उहाँका देवकोटाको जीवनीसमेत गरेर पाँच पुस्तकाकार कृति प्रकाशित छन् । उहाँ भन्नुहुन्छ- \\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\'राष्ट्रिय विभूति हुन् देवकोटा । अन्तर्राष्ट्रिय कवि हुन् । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली साहित्यलाई पुर्याउने श्रेय देवकोटालाई नै जान्छ । देवकोटाको कुरा गर्दा मानिस आनन्दित हुन्छ ।
नेपालमा प्रत्येक जिल्लामा समिति गठन गरेर देवकोटा जयन्ती मनाउनुपर्थ्यो । कृति छापेर पुर्याउनुपर्थ्यो ।\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\' देवकोटाका बारेमा अझै लेख्ने, बोल्ने र सुनाउने धोको छ -अठहत्तर वर्षीय नित्यराज भन्नुहुन्छ । उहाँ भनिरहनुभएको छ-महाकवि, तिमी अमर छौ, तिमीले देखाएको बाटामा हामी लाग्न प्रयत्न गरिरहेका छौं, तिम्रा अगाडि तिम्रो गुणलाई हामीले चिन्न सकेनौं ।
उहाँका बारेमा स्नातकोत्तर नेपाली विषयमा दुईवटा शोधपत्र तयार गरियो । कान्तिपुर, गोरखापत्र र राष्ट्रवाणीमा लेख लेखियो । देवकोटा जन्म शताब्दीको यो अवसरमा महोत्सव आयोजक समितिमा रहनु, सयजनामध्ये एकमा अभिनन्दन हुनेमा पर्नु र पेन नेपालले सम्मान गर्नु उहाँको योगदानका लागि गरिएका प्रशंसनीय कार्य हुन् । देवकोटाको प्रथम जीवनीकारको अभिनन्दन अझ भव्यरुपले गर्न कुनै संस्था अघि सर्ला कि ? ।
| तपाईको प्रतिक्रिया | |
|
|