|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



कवि, अनुवादक तथा निराला पब्लिकेसन्स नयाँ दिल्लीका नेपाल प्रतिनिधि तथा साहित्यिक अङ्ग्रेजी पत्रिका प्रतीकका प्रधानसम्पादक युयुत्सु आरडी शर्मा उत्तरी अमेरिककाको पाँच महिना लामो साहित्यिक यात्रा गरी नेपाल फर्कनुभएको छ । क्यानडाको न्यु फाउन्डल्यान्ड राज्यमा भएको मार्च हेयर पोएट्री फेस्टिभलबाट कवितायात्रा सुरु गरेर उहाँले न्यानडाकै मन्ट्रीयल र टोरन्टो तथा संयुक्त राज्य अमेरिकाका न्युयोर्क, ओहायो-क्लिभल्यान्ड), सिकागो, लसएन्जेल्स, बोल्डर, डेनभर आदि सहर भ्रमण गरी आफ्नो नयाँ कविता सङ्ग्रह अन्नपूर्ण पोएम्स सार्वजनिक गर्नुका साथै विभिन्न विश्वविद्यालयमा कविता कार्यशाला सञ्चालन र कवितावाचन गर्नुभयो ।
उहाँले न्युयोर्क युनिभर्सिटी, युनिभर्सिटी अफ क्यालिफोर्निया, लसएन्जेल्स, नक्स कलेज इलिनियोस र ह्वीट्लियर कलेज ह्वीट्लियरमा नेपाली साहित्य र कविताबारे प्रकाश पार्नुभएको थियो । बोअरी पोएट्री क्लब न्युयोर्कमा उहाँले नेपाली तथा विदेशीमाझ नेपाली लोकसङ्गीतका साथ कविताबारे प्रवचन तथा कविता पाठ गर्नुभएको थियो । बोल्डरस्थित होलिङ डग प्रेसले उहाँका अमेरिका र युरोपमाथि लेखिएका कविता आगामी अक्टोबरमा प्रकाशन गर्ने जानकारी पनि दिएको छ ।
अन्नपूर्ण पोएम्स,एभेस्ट फेलर्स, वे टु एभरेस्ट, द लेक फेवा एन्ड हर्स, सम फेमेल यति, अ प्रेयर इन डेलाइट, हङ्गर अफ आवर हडल्ड हट्स आदि कविताकृतिका स्रष्टा युयुत्सुसँग हाम्रा सम्पादक श्याम रिमालले यही साउन २८ गते कोपन्डोलस्थित पुस्तक पसल ह्वाइट लोटस बुक सपमा गर्नुभएको कुराकानीका अंश-
उत्तर अमेरिकाको तपाईँको भ्रमण कस्तो रह्यो ?
यात्रा महत्वपूर्ण रह्यो । मैले आफ्नो भ्रमणबाट दुई महाद्वीपबीचको दूरी कम गर्न कोसिस गरेँ । उत्तरी अमेरिकाको आफ्नो पहिलो भ्रमणमा मैले न्यानो स्वागत पाएँ । भ्रमण सफल नै मान्नुपर्छ ।
भ्रमणको उद्देश्य के थियो ?
अमेरिकाको एरिजोनाका प्रख्यात कवि डेभिड रे र सिकागोका प्राध्यापक रोबिन मेल्जले मलाई निम्तो दिनुभएको थियो । रे त मेरो विश्वविद्यालयका गुरु नै हुनुहुन्छ,जसलाई २५ वर्षपछि मैले भेट्ने मौका पाएँ ।
उत्तरी अमेरिकीहरुले नेपालबारे कस्तो चासो राखे ?
म त्यहाँ रहँदा नेपालमा संविधानसभाको निर्वाचन, संसदको बैठक र गणतन्त्रसम्बन्धी प्रकि्रया चलिरहेको थियो । उनीहरुले नेपालको राजनीति र तिब्बती आन्दोलनबारे धेरै चासो व्यक्त गरे । नेपालको गणतन्त्र प्रवेशलाई उनीहरुले नजिकैबाट नियालिरहेको पाएँ । नेपालमा अब के होला, कसो होला भन्ने चिन्तामा तिनमा छ । नेपाली साहित्यबारे भने उनीहरु अपरिचित नै रहेछन् । नेपाली साहित्यलाई विश्वमा परिचित गराउन खासै काम भएकै पो रहेनछ ।
नेपाली साहित्यलाई उनीहरुले कसरी लिए ?
मैले अन्नपूर्ण पोएम्स र एभरेस्ट फेलर्स कवितासङ्ग्रह लिएर गएको थिएँ र त्यसमा रहेका कविता वाचन गरेको थिएँ । उनीहरुले ती पुस्तकमा नै मैले नेपाल बोकेर हिँडिरहेको भन्ने प्रतिक्रिया दिए, खुसी व्यक्त गरे, आनन्द प्राप्त गरे । मैले नेपालको दुःखदर्द, गरिबी, राजनीतिक परिवर्तन, सगरमाथाको प्रदूषण, हिमाली खच्चर, भरिया, हिमाली भेगको समस्या, राजनीतिक उथलपुथलसम्बन्धी कविता वाचन गरेपछि तिनले नेपाल आउने अठोट व्यक्त गरे । नेपालका गोपालप्रसाद रिमाल र भूपि सेरचनका कविताप्रति तिनले रुचि पनि देखाए । मैले नेपालको स्लाइड सो पनि गरेको थिएँ ।
अमेरिकी साहित्यको तुलनमा नेपाली साहित्यको स्तर कहाँ पाउनुहुन्छ?
नेपाली साहित्य कमजोर छैनन् । रिमाल र भूपिका कविता बेजोड छन् ।
नेपाली साहित्यको अनुवादका कुरा पनि भए कि?
अनुवादको कुरा एकोहोरो मात्र हुँदो रहेनछ । मैले त्यहाँको साहित्य अनुवाद गर्ने रुचि देखाएँ, उनीहरुले पनि नेपाली साहित्य फ्रान्सेली र स्पेनी भाषामा अनुवाद गर्ने वचन दिएका छन् । मन्ट्रीयलमा ५० पाना नेपाली कविता फ्रान्सेली भाषामा अनुवाद गर्ने कुरो भएको छ भने न्युयोर्क युनिभर्सिटीमा स्पेनी भाषामा अनुवाद गर्ने समझदारी भएको छ ।
अमेरिकीहरु नेपाल आउन लालायित छन्?
धेरै नेपाल आउन चाहन्छन् । मैले निम्तो पनि दिएको छु । क्यानडाली र अमेरिकी कवि नेपालमा राजनीतिक स्थिरता भएपछि आउने भएका छन् । भ्रमणको आदानप्रदानको क्रम अब जारी रहनेछ ।
इजमाना डट कम नयाँ साहित्यिक वेबसाइट हो । यसमा भ्रमण गर्नुभएको छ ?छ भने केही सुझाव छन् कि ?
नेपाली साहित्यिक वेबसाइट स्तरीय छैनन् । आफू र आफ्नो समूहलाई उचाल्न मात्र तिनको जोड छ, आत्मकेन्द्रीत, व्यक्तिकेन्द्रीत छन् । इजमाना डट कम हेर्न थालको छु यसप्रति केही आशा छ, यसमा राष्ट्रियस्तरका सामग्री पाएको छु । बेवसाइट स्तरीय बनाउन प्रयास गर्नुहोला, कमजोर रचना नपरोस्, शुभकामना ।
| तपाईको प्रतिक्रिया | |
|
|