|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


राजधानी काठमाडौँसंग जोडिएको नुवाकोटमा आजदेखि दोस्रो नुवाकोट महोत्सव सुरु हुदैछ ।
बेलकोट, धुवाकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङकोट, प्यासकोट, भैरुमकोट, मालाकोट मिलेर नुवाकोट भनिने यो जिल्लामा नौवटा कोट मिलाएर नामकरण गरिएको नुवाकोटमा आजबाट ११ दिन लामो दोस्रो नुवाकोट महोत्सव सुरु हुन लागेको हो ।
देवीघाटधाम, बेत्रावती -उत्तरगया), नुवाकोट दरबारक्षेत्र, ककनी, सागरकुण्ड, राउचुली, तिब्बत-नेपाल मैत्री सन्धिस्थल, दुप्चेश्वर, अंशुवर्माको जन्मस्थल भनिएको अशोक वाटिका, बौद्ध गुम्बाहरु रहेका नुवाकोटमा विभिन्न धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थलहरु पनि रहेका छन् ।
यहाँको यिनै धार्मिक, ऐतिहासिक, पर्यटकीय, कृषि उत्पादन, हस्तकलाका सामाग्रीको प्रचारप्रसार गरी विकासको गतिलाई तीव्रता दिन फागुन १४ देखि २४ गतेसम्म नुवाकोट महोत्सव आयोजना गरिएको महोत्सव मूल समितिका संयोजक एवम् नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष शरणउत्सुक सापकोटाले बताउनुभयो ।
नुवाकोट धार्मिक र ऐतिहासिकस्थलका लागि परिचित नै छ । अहिले हस्तकलाको सामाग्रीले पनि राष्ट्रिय परिचय बनाउँदै गएकाले महोत्सवले थप परिचित गराउने नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।
कृषि उत्पादनहरुमा रेन्बो ट्राउट माछा, त्रिशुलीको माछा, स्ट्रबेरी, चिया, अलैँचीलगायतका उत्पादनको महोत्सवमा प्रचारप्रसार गरिने भएको छ ।
मदानपुर, ककनी, सुनखानी, तलाखुलगायतका गाविसमा यो माछा उत्पादन गरिएको छ । मीठो र फरक स्वादका लागि ट्राउट राम्रो छनौट हुनेछ ।
समृद्ध र समुन्नत नुवाकोट हाम्रो लक्ष्य हाम्रो अठोट भन्ने नाराका साथ सदरमुकाम विदुरमा हुन लागेको दुईलाख दर्शकले अवलोकन गर्ने र तीनकरोड रुपैयाँको कारोबार हुने अपेक्षा राखिएको सङ्घका महासचिव वीरेन्द्रराज केसीले बताउनुभयो ।
जिल्लाको साँंस्कृतिक आदानप्रदान, पर्यटकीय सम्भावनाको खोजी र कृषिजन्य उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यले गर्न लागिएको महोत्सवमा एकसय ३५ वटा स्टल रहेका छन् ।
महोत्सवमा हस्तकला, चित्रकला र वास्तुकलाका सामग्री, विशिष्ट कृषि उत्पादन, ऊर्जा प्रविधिका सामग्री, राष्ट्रियस्तरका प्रदर्शनीमा उत्कृष्ट विज्ञान एवम् उपयोगी उपकरण, सूचना प्रविधिको सामाग्री प्रदर्शनी तथा बिक्री गरिने भएको छ ।
महोत्सवमा बालन भजन, लाखेनाच, स्थानीय जातजातिका संस्कृति झल्कने झाँकीहरु प्रर्दशन हुनेछ ।
ऐतिहासिक, धार्मिक र सांस्कृतिक परिचय बनाएका त्रिशूलीबजार, बट्टार, नुवाकोट दरबार, देवीघाट, गेर्खुटार, उत्तरगया क्षेत्रमा पनि महोत्सवको आकर्षक प्याकेजसहितको कार्यक्रम राखिएका छन् ।
| तपाईको प्रतिक्रिया | |
|
|