|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


पानी रङ्ग, पत्रिका र रेखाचित्रको प्रयोग गरी पोखरेली कलाकार पदम घलेले बिहीबारदेखि पोखरामा जनआवाज \'पब्लिक भ्वाइस\' शीर्षकमा एकल कला प्रदर्शनी सुरु गरेका छन् ।
कलाकार घलेले विषयवस्तु अनुसार लेखिएका पत्रिकाका कटिङ टाँसेर त्यसमा विभिन्न रेखाचित्र र पेन्टिङसमेत बनाएर कोलाज शैलीमा कला प्रदर्शनी गरेका हुन् ।
सिर्जनशील कलाकार समूहद्वारा आयोजित सो प्रदर्शनीमा २५ सयदेखि १२ हजार रुपैयाँ मूल्यका कलाकृति प्रदर्शनीमा राखिएका छन् । जनआवाज शीर्षक दिइएको सो प्रदर्शनीमा नारी वेदना, सामाजिक परिवेश र वर्तमान समयका विषयवस्तुलाई समेटिएको छ ।
एकहप्ते सो कला प्रदर्शनीको उद्घाटन गर्दै वरिष्ठ कलाकार दुर्गा बरालले नयाँ शैली, माध्यम र प्रस्तुति प्रयोग गरेर कलाकार घलेले आफ्नो कलामा परिमार्जन गर्दै लगेको बताउनुभयो ।
यसअघि अन्तरमनका रङ्गहरु र द बुल्स शीर्षकमा एकल कला प्रदर्शनी गरिसकेका कलाकार घलेले पेपर, पेन्ट र स्केचको कोलाज शैलीको माध्यमबाट नयाँ प्रयोग गरी जनताका आवाजलाई कलामार्फत् अभिव्यक्ति गर्ने प्रयास गरेको बताउनुभयो ।
सिर्जनशील कलाकार समूहका अध्यक्ष किरण रञ्जितको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा कलाकार एलपी गुरुङ, बुद्धि गुरुङ, यादवचन्द्र भुर्तेलले पोखरेली कलाकारिताको विविध पक्षका बारेमा प्रकाश पार्नुभएको थियो ।
| तपाईको प्रतिक्रिया | |
|
|