|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


जन्मकुण्डलिनीमा कालसर्प योग परेका व्यक्तिले लक्षित कार्यमा बाधा-व्यबधान उत्पन्न हुन नदिन र घातक रोगबाट मुक्त हुन विशेष पूजापाठ गराउनुपर्नेर्े ज्योतिषविद्हरूको सुझाव छ ।
विदेश प्रस्थान गर्दा, कुनै कार्य प्रारम्भ गर्नुअघि र रोगबाट मुक्त हुन यस्तो पूजापाठ गर्नुपर्ने ज्योतिषविद्हरूले सल्लाह दिने गरका छन् । काल सर्पयोगबाट दोष निवारण गर्न परमहंश योग सेवा केन्द्रले आयोजना गरेको विशेष पूजामा विद्यार्थी, कर्मचारी, व्यापारी, विदेश प्रस्थान गर्न लागेका व्यक्तिसहित करिब डेडसय मानिस सहभागी भएका थिए ।
विदेशमा रहेका र पूजामा उपस्थित हुन नसकेका आफ्ना परिवारका नाममा अभिभावकले पनि सो पूजा गराएका थिए । रुद्री, वास्तु पूजा, हवन, यज्ञसहित विधि पुर्याएर गरिने नागको पूजाका लागि थुप्रै पुरोहित र सामग्री चाहिने हुँदा एउटै व्यक्तिले गर्न गराउन कठिन हुने र खर्च पनि बढ्ने उक्त केन्द्रका अध्यक्ष सीताराम के.सी.बताउनुहुन्छ ।
व्यक्तिको कार्यमा बाधा पुर्याउनुका साथै मृत्युको मुखमा समेत पुर्याउने यस्ता नागको प्रत्यक्ष तथा अप्रत्यक्ष दोषको असर रहने हुँदा तीनपटकसम्म पूजा गराउनुपर्नेमा अध्यक्ष के.सी.जोड दिनुहुन्छ । सो केन्द्रले बालकृष्णानन्द गुरुबाट दीक्षित पुरोहितहरूबाट वि.सं.२०५९ देखि सामूहिकरूपमा ललितपुरको कुपण्डोलस्थित बाराही मन्दिरमा वर्षेनी करिब ५०० जनालाई सहभागी गराई सो पूजा गराउँदै आएको छ ।
जन्मकुण्डलिनीमा अनन्त, कुलिक, बासुकी, शङ्कपाल, पद्म, महापद्म, तक्षक, कर्कोटक, सङ्खचुड, घातक, विषधर र शेष नागको दोष पर्न सक्ने हुँदा ज्योतिषलाई देखाएर सो पूजा गराउनुपर्ने सहभागीहरू बताउँछन् ।
| तपाईको प्रतिक्रिया | |
|
|