|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


राष्ट्रकवि माधवप्रसाद घिमिरेले नाट्यसम्राट बालकृष्ण समको १०८ औं जन्मजयन्ती राष्ट्रव्यापी रुपमा मनाउनुपर्ने बताउनुभएको छ ।
नेपाली शिक्षा परिषद् र काठमाडौँ महानगरपालिका-१ को संयुक्त आयोजनामा आइतबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेले नेपाली समाजलाई नाटकको माध्यमबाट समले ज्ञान दिने काम गर्नुभएको धारणा राख्नुभयो ।
कार्यक्रममा समका दुखान्त नाटकलाई आधार बनाएर द्वन्द्व विधान शीर्षकमा विद्यावारिधि गर्नुभएका डा. कुमार कोइरालाले सम नेपालीको वास्तविक दुःख पीडाका विषयलाई मन छुनेगरी लेख्न सक्ने व्यक्ति भएको बताउनुभयो ।
समको प्रतिमास्थल कमलपोखरीमा भएको सो कार्यक्रममा साहित्यकार श्यामदास वैष्णव, प्रचण्ड मल्ल, बमबहादुर थापा \'जिताली\'लगायतले समको व्यक्तित्व र कृतिमाथि प्रकाश पार्नुभएको थियो ।
| तपाईको प्रतिक्रिया | |
|
|