|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


प्रवासी लाङ्गघाली मगर संघ साउदी अरबले नेपालीहरुको महान चार्ड फागुन पूणिर्मा तथा मगरहरुको २७औं बार्षिक उत्सव सुमधुर साँस्कृतिक कार्यक्रमको साथ २६ फेब्रुआरी २०१० शुक्रबार साउदी अरबको दमाम शहर नजिकै पर्ने अल शिहाब म्यारिज हलमा तथा ०५ मार्च २०१० शुक्रबार रियाद शहरको इक्जीट १८, नुर स्तराहमा भब्यरुपमा मनाउने तयारी गरिरहेको छ ।
उक्त कार्यक्रममा आमन्त्रित नेपालबाट आएका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु लगायत राष्ट्रिय स्तरका स्थानीय कलाकारहरुले जोडदाररुपमा आ-आफ्नो कला प्रर्दशन गर्ने भएकाछन् ।
प्रवासी लाङ्गघाली मगर संघ साउदी अरबको आयोजनामा हुन गईरहेको यस साँस्कृतिक कार्यक्रमको प्रमूख उद्देश्य भनेको रोजगारीको शिलशिलामा साउदी अरब आएर बिभिन्न किसिमका मानसिक तथा शारिरीक यातनाको शिकार हुनपुगेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको उद्धार प्रव[mयामा सक्दो सहयोग गर्ने रहेको छ भने मानवताको नाता भित्र नेपालीहरुको हितमा पिडितहरुलाई सहयोग तथा उद्धार गर्नु हामी सबैको दायित्व भएकोले सम्पूर्ण साउदी अरबमा कार्यरत नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उक्त सांस्व[mतिक कार्यव|mममा सहभागी भई सहयोग गरिदिनुहुन प्रवासी लाङ्गघाली मगर संघ साउदी अरब बिनम्रताका साथ हार्दिक अनुरोध गर्दछ ।
यस ऐतिहासिक कार्यक्रममा लाग्ने सम्पूर्ण खर्च र उद्धार प्रक्रियालाई मध्यनजर राख्दै कार्यक्रममा प्रवेश शुल्क साउदी रियाल पचास -५०) मात्र कायम गरिएको छ भने दमामको कार्यक्रम हल सम्म जान आउनको लागी दमाम गार्डेन र जुवेल मार्केट देखि साथै रियादको कार्यव|mम हल सम्म जान आउनको लागी बथाको कोनिका बिल्डीङ पछाडी बाट निःशुल्क बसको ब्यवस्था उपलब्ध गरिएको छ । उक्त कार्यव|mमको लागी लाग्ने सम्पूर्ण खर्च स्वयम आयोजक कमितिले नै बेहोर्ने जानकारी प्रवासी लाङ्गघाली मगर संघ साउदी अरबका संयोजक प्रेम सिंजाली मगर साथै सल्लाहकार चुडामणी राना मगरले गराउनु भएको छ ।
उक्त सांस्कृतिक कार्यक्रमलाई जोडदाररुपमा प्रस्तुत गर्नको निम्ति प्रवासी लाङ्गघाली मगर संघको साँस्कृतिक टोली सहित स्थानीय कलाकारहरु आ-आफ्नो अभ्यासमा ब्यस्त भएको जानकारी पाइएको छ भने कार्यक्रमलाई ब्यवस्थापन गर्नको लागी प्रवासी लाङ्गघाली मगर संघका ब्यवस्थापन समिति लगायत सम्पूर्ण साथीहरु तम-तयारीको अन्तिम चरणतिर आइपुगेको जानकारी सहित कार्यक्रम दुवै ठाउँ दमाम र रियादमा बिहान ११ बजे देखि शुरु भएर साँझ ६ बजे सकिने जानकारी प्राप्त भएको छ ।
नेपालदेखि आउने कलाकारहरुः-
१ - जगदिश समाल मगर, उत्कृष्ट गायक ।
२ - देवी घर्ति मगर, उत्कृष्ट लोक गायीका ।
३ - ईशा आले मगर, उद्घोषिका तथा डान्सर ।
स्थानीय कलाकारहरुः
१ - हिमाल आले मगर, डान्सर । (अल-हासा)
२ - रोम थापा मगर, डान्सर । (अल-खोबर)
३ - जय आले मगर, उद्घोषक ।(दल्ला-दमाम)
४ - जस बा. समाल मगर, (दल्ला-दमाम)
५ - आदित सुनारी मगर, (डान्सर -रियाद)
६ - तिलक गुरुङ्ग, गायक । (दमाम)
७ - छन्त बहादुर कार्की, गायक । (दमाम)
८ - भक्त तामाङ्ग, गायक । (खोबर-राका)
९ - नागेश तामाङ्ग, गायक ।(रियाद)
१० - बिज्ञान राई, गायक । (रियाद)
११ - सुमन राई, गायक । (रियाद)
१२ - प्रकाश नेपाली, गायक । (रियाद)
१३ - नविन गुरुङ्ग, डान्सर । (दमाम)
१४ - ज्ञान गुरुङ्ग, डान्सर । (दमाम)
१५ - याम लामा ,गायक । (दमाम)
१६ - महेन्द्र राई गायक । (दमाम)
१७ - डम्बर तामाङ्ग गायक । दमाम
१८ - चन्द्र सुब्बा लोक गायक । दल्ला
साथै अन्य कलाकार मित्रहरु
| तपाईको प्रतिक्रिया | |
|
|