|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


राष्ट्रपति डा. रामवरण यादवले काठमाडाँै विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुरेशराज शर्मालाई शुक्रबार राष्ट्रपति भवनमा आयोजित समारोहमा \'दण्डपाणि अज्र्याल स्मृति पुरस्कार २०६६\'बाट सम्मान गर्नुभयो ।
शिक्षासेवी एवम् ज्योतिषी पं दण्डपाणि अज्र्यालको १०३ आँै जन्मजयन्तीको उपलक्ष्यमा दण्डपाणि अज्र्याल स्मृति केन्द्रद्वारा सो पुरस्कार प्रदान गरिएको हो ।
नेपालको शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएबापत प्रा.डा. शर्मालाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु.२१ हजार र कदरपत्र रहेको छ ।
सो अवसरमा राष्ट्रपति डा. यादवले देशमा भएको परिवर्तनको उपलब्धिलाई सही व्यवस्थापन गर्नु शिक्षाविद्, साहित्यकार तथा कलाकारलगायतका चेतनशील वर्गको ठूलो दायित्व छ भन्नुभयो ।
आफूले ज्ञान प्राप्त गर्नुभन्दा अरुलाई ज्ञान दिनु ठूलो कार्य हो भन्दै राष्ट्रपति डा. यादवले प्रा.डा. शर्माले देशमा प्राविधिक शिक्षा प्रणालीको उत्थानमा ठूलो योगदान दिनुभएको र उहाँको थप योगदानको राष्ट्रले अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रपतिले स्मृतिकेन्द्रको प्रकाशन \'ज्ञानविन्दु\'को पनि लोकापर्ण गर्नुभयो । सम्मानित व्यक्तित्व प्रा. शर्माले इच्छाशक्ति भएमा शिक्षामा ज्ञान, विज्ञानको क्षेत्रमा उल्लेखनीय कार्य गर्न सकिन्छ भन्दै आफूले युवा वर्गमा जाँगर ल्याउन खोजेको बताउनुभयो ।
स्मृतिकेन्द्रका सल्लाहकार राजेश्वर देवकोटाले निःस्वार्थ भावले समाजलाई शिक्षाको ज्योति फैलाउने महषिर्हरुको उचित कदर हुनुपर्ने धारणा राख्नुभयो । वि.सं.१९६३ मा गोरखामा जन्मनुभएका पं दण्डपाणिले २००४ सालदेखि शिक्षण पेसा थालनी गरेर निवृत्त जीवनमा पनि जिल्ला शिक्षा समितिलगायत विभिन्न शैक्षिक संस्थामा उल्लेखनीय कार्य गर्नुभएको थियो ।
पं अज्र्यालको स्मृतिमा स्थापित स्मृतिकेन्द्रले यसअघि प्राज्ञ ज्ञानमणि नेपाल, इतिहासकार दिनेशराज पन्त र संस्कृतिविद् सत्यमोहन जोशीलाई सो पुरस्कारबाट सम्मान गरिसकेको छ ।
कार्यक्रममा स्मृतिकेन्द्रका अध्यक्ष प्रा शिवहरि मरहठ्ठा, कोषाध्यक्ष राजेन्द्रप्रसाद अर्याल, साहित्यकारद्वय विष्णु प्रभात र गोविन्दराज भट्टराईले शिक्षा, साहित्य र कलाको महत्व र प्रा.शर्माको शैक्षिक योगदानबारेमा चर्चा गर्नुभएको थियो ।
| तपाईको प्रतिक्रिया | |
|
|