|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


राष्ट्रकवि माधवप्रसाद घिमिरेले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सङ्गीत क्षेत्र तथा चित्र र मूर्तिकला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने चार व्यक्तिलाई सम्मान गर्नुभयो ।
सो अवसरमा गायिका आनीछोइङ डोल्मा र गायक शिशिर योगीलाई नारायणगापाल युवा सङ्गीत पुरस्कार-२०६६ तथा चित्रकला र मूर्तिकलामा योगदान पुर्याउने विधाता केसी र नरेन्द्रप्रसाद भण्डारीलाई अरनिको युवा कला पुरस्कार-२०६६ ले सम्मान गरिएको थियो ।
त्यस्तै, माइकल केसी छात्रवृत्ति पाउने विभिन्न क्याम्पसका १५ विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । नारायणगोपाल युवा सङ्गीत पुरस्कार तथा अरनिको युवा कला पुरस्कारबाट सम्मानित हुनेले जनही रु.२० हजारका साथै प्रमाणपत्र र स्वर्णपदक प्राप्त गर्नुभयो ।
| तपाईको प्रतिक्रिया | |
|
|