|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


दलित समुदायको विवाह, व्रतबन्ध र मृत्यु संस्कारमा रक्सी चढाउने परम्परागत संस्कार दलित आफैँले तोडेका छन् । समुदायमा जनचेतना अभियान सञ्चालन भएपछि सामूहिकरूपमा छुवाछुतलगायतका सामाजिक विकृतिलाई उनीहरू आफैँले अन्त्य गरेका हुन् ।
सामाजिक व्यवहार र संस्कृतिमा परिवर्तन नआउँदा विकृति फैलिँदै गएपछि सकरात्मक परिवर्तनका निम्ति पर्वतको दक्षिणी भोर्ले गाविसका ३, ४ र ६ वडामा गठित महिला समूहका सदस्यहरूले सो परम्परा तोडेका हुन् ।
पुरानो परम्पराअनुसारमा अडिग रहँदा सामाजिक विकृतिले जरो गाड्दै गएपछि उक्त यहाँका महिला सो अभियानमा लागेका हुन् । गाविसमा गठित एक दर्जनभन्दा बढी आमा, बुहारी तथा किशोरी समूहहरूले सो परम्परालाई परिवर्तन गरेका हुन ।
सुरुमा महिलाहरूले मानिस मरेर उम्किने दिन रक्सी र सिनोको भोज लगाउने परम्परा तोड्दै सो अभियानलाई अगाडि बढाएका थिए । महिलाले थालेको रक्सीविरुद्धको अभियान सफलतापूर्वक व्यवहारमा लागु भएपछि समाजमा मेलमिलापको वातावरण सिर्जना भएको छ । सो समुदायमा अहिले दलित-दलितबीचको छुवाछूतसमेत अन्त्य भएको छ । विशेषगरी दमाई, कामी र सार्की जातिको बाहुल्यता रहेको समुदायमा खानेपानीको धारालगायत विविध कुरामा छुवाछूतका रहिआएकोमा छुवाछूतको अन्त्य गर्ने अभियानमा सक्रिय रहेको दीपज्योति बुहारी समूहकी ज्ञानमाया सुनारले बताउनुभयो ।
| तपाईको प्रतिक्रिया | |
|
|