|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


रुसमा रहेका गैरआवासीय नेपालीहरु आगामी साता साहित्यिक कार्यक्रमहरुमा व्यस्त हुने भएका छन् । आगामी ६ जुनदेखि १३ जुनसम्म रुसमा बृहत साहित्यिक कार्यक्रमहरु हुने भएका छन् ।
सो अवसरमा रुसव्यापी कविता प्रतियोगिता, बृहत साहित्यिक अन्तरक्रिया, छलफल, प्रदर्शनी र भ्रमणहरु हुने कार्यक्रम छ। सोही अवसरमा गैरआवासीय नेपाली संघ रसियाले खेलकुद प्रतियोगिताका साथै पिकनिकसमेत आयोजना गरेको छ।, उक्त कार्यक्रममा भाग लिन नेपालबाट बरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराई, ध्रुवचन्द्र गौतम, फोटो पत्रकार किरण चित्रकार र अनलाइन मिडिया एसोसिएसनका अध्यक्ष एवं फ्री नेपाल डट कमका सम्पादक दिनेश बस्ने मस्को आउने कार्यक्रम रहेको छ।
कार्यक्रमअनुसार ५ जुनमा विश्वविख्यात लेखक लेभ तोल्सतोइको स्मृति संग्रहालय र समाधिस्थल यास्नाया पोल्याना यात्राबाट साहित्यिक कार्यक्रम सुरु हुनेछ । त्यस्तै ७ जुनमा नेपाली राजदूतावासको सभाकक्षमा बृहत साहित्यिक गोष्ठी हुनेछ।
सो कार्यक्रमलाई नेपाली राजदूत सुर्यकिरण गुरुङका साथै रुसस्थित विभिन्न संस्थाका प्रतिनिधिहरुबाट सम्बोधन गर्नुहुनेछ । कार्यक्रममा साहित्यकार ध्रुवचन्द्र गौतमले नेपाली गद्यसाहित्यका प्रवृत्तिहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुहुने छ भने बरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराईले नेपाली साहित्यमा उत्तरआधुनिकतावादको विकास विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ।
त्यस्तै ८ जुनका दिन रसियाली विज्ञान प्रज्ञा प्रतिष्ठानमा भेटघाट तथा अन्तरक्रिया हुनेछ । सो अवसरमा साहित्यकार डा. भट्टराई र गौतमले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने प्रश्नोत्तर कार्यक्रमसमेत रहेको छ।
त्यस्तै ९ जुनका दिन रुस लेखक संघ मस्कोका प्रमुखसँग अन्तरक्रिया कायृक्रम हुनेछ। त्यस्तै सोही दिन साहित्यिक विमर्शका साथै साँझ रुसको साँस्कृतिक राजधानीसहर सेन्ट-पिटर्सवर्ग प्रस्थान गर्ने कार्यक्रम रहेको छ। १० जुनमा सेन्टपिटर्सवर्ग पुगेर ११ जुनमा अवलोकनपछि मस्को फर्कने कार्यक्रम छ।
त्यस्तै १२ जुनका दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको आयोजनामा हुने वनभोज कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। साथै सोही दिन फ्री नेपाल डट कमको दशौं वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रम हुनेछ ।
अनेसास रुस शाखाको तत्वावधानमा हुने उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठको सम्मान, रुसव्यापी कविता प्रतियोगिताका विजेताहरुलाई पुस्कार वितरण, नेपालबाट जाने बरिष्ठ साहित्यकारहरुको सम्मानलगायतका कार्यक्रम हुनेछन् ।
कार्यक्रम स्व. महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मसताब्दी तथा फ्री नेपाल डट कमको दसौं वार्षिकोत्सवमा अवसरमा गैरआवासीय नेपाली संघ रुस, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मस्को शाखा, नारी निकुञ्ज, नेपाल व्यापार संघ, फुटबल फ्यान क्लव, फ्री नेपाल डट कमलगायतका संघसंस्था र रुसमा रहेका गैरआवासीय नेपालीहरुको पहलमा हुन लागेको हो ।
| तपाईको प्रतिक्रिया | |
|
|