|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


साहित्य-सन्ध्याको २७८औँ नियमित कार्यक्रम शनिवार \"कवितामा वाचनशैलीको वैशिष्टयता\" विषयक प्रशिक्षणसहित विशेष कविगोष्ठी सम्पन्न भयो । रमेश पोखरेलले गोकुल जोशीको कवितावाचन गरी सुरु भएको कार्यक्रममा राम विनयले भूपि सेरचनको नववर्ष शीर्षक कवितावाचन गर्नुभयो ।
त्यसैगरी गद्यकविताका विशिष्ट साधक गोपालप्रसाद रिमालको पनि सम्झना गरिएको थियो ।
सडक कविता क्रान्तिका नायक वरिष्ठ प्रगतिवादी साहित्यकार भवानी घिमिरेले गोष्ठीमा वाचित कविता, गीत, गजल, हाइकु तथा तान्कामाथि टिप्प्ाणी गर्दै कवितावाचनमा ध्यान दिनुपर्ने पक्षमा जोड दिँदै आफ्नो विशिष्ट एवम् स्थापित वाचनशैलीको प्रयोगसमेत गरेर देखाउनुभयो ।
कवितावाचन लल्कारेर गर्नुपर्ने र त्यसले व्यक्तित्व झल्काउने बताउँदै सम्प्रेषणीयताको सङ्कट भयो भने कविता उत्कृष्ट नबन्ने धारणासमेत राख्नुभयो ।
कवितावाचन गर्नेमा कल्पना काफ्ले, रामगोपाल आशुतोष, अर्जुन अन्योल, चन्द्रा थानी, सर्वेन्द्र पूर्वेली, मन्दिरा सेढाईं, उर्मिला आचार्य, जयन्ता पोखरेल, पञ्चकुमारी परियार, ऋषिराम अर्याल, बाजुराम पौडेल, बालमुकुन्द कार्की, अच्युत घिमिरे, उमेश अकिञ्चन, ब्रम्हपि्रय प्रेमस्वरुप, प्रतिरोध कार्की, शान्ता मानवी, सीताराम नेपाल, गोपालकुमार मैनाली, नारायण निरासी, आरके एन खडेरी, धनबहादुर मगर, परशुराम पराजुली, शारदा पराजुली, कविता थेबे, सुशीला खड्का, गोपाल ठाकुर र भागवत आचार्यले वाचन गर्नुभएको थियो ।
गोष्ठीमा वाचन गरिएका कवितामाथि टिप्पणी गर्दै समालोचक विष्णु प्रभातले नेपाली राष्ट्रियताका पक्षमा स्रष्टाहरुलाई केन्दि्रत गरी स्वर, लय, हाउभाउयुक्त शैलीमा कवितावाचन गर्नु नै वाचनवैशिष्टय भएको बताउनुभयो ।
| तपाईको प्रतिक्रिया | |
|
|