|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन र समयमा नै संविधान निर्माण नहुञ्जेल राजनीतिक दलहरूबीचमा उच्चस्तरको समझदारी हुनुपर्नेमा जोड दिनुभएको छ ।
पत्रकार तथा अधिकारकर्मी सुशील शर्माद्वारा लिखित \"नपुरिएका घाउहरू\" नामक पुस्तकको आइतबार यहाँ विमोचन गर्दै उहाँले राजनीतिक दलहरूबीचमा तिक्तता देखिएको बताउँदै यस्तो कुरामा जोड दिनुभएको हो ।
अध्यक्ष नेम्बाङ्ले जनयुद्धका बेला जनताका परेका चोट तथा घाउहरूलाई पुर्न तथा जनतासमक्ष गरेका प्रतिवद्धताहरू पुरा गर्नेतर्फ दलहरू गम्भिर भएर नलागेको बताउँदै यस्ता बाचा तथा प्रतिवद्धताहरू पुरा गर्नेतर्फ सबैलाई लाग्न आग्रह गर्नुभयो ।
उहाँले प्रकासित कृतिले विगतको द्वन्द्वले समाज, परिवारमा पारेको मानवरेखालाई उजागर गरेको बताउदै लेखकलाई शुभकामना दिनुभएको थियो ।
नेपाली काङ्ग्रेसका सचेतक शोभाकर पराजुलीले द्वन्द्वकालमा देखिएका कुराहरूलाई लेखकले निस्पक्ष ढङ्गले उठाएको र यो एउटा इतिहासको दस्तावेज हुने विश्वास व्यक्त गर्नुभयो ।
सभासद्द्वय खिललाल देवकोटा र रवीन्द्र अधिकारीले प्रकासित पुस्तकले जनयुद्धको प्रतिनिधित्व गरेको बताउदै लेखकले अहिलेको स्थितिलाई समेटेर पनि पुस्तक प्रकासित गर्नुपर्ने सुझाव दिनुभयो ।
पत्रकार तारानाथ दाहालले प्रकासित पुस्तकले नेपालको द्वन्द्वको बेलाको ईतिहासलाई बुझ्न सहयोग पुग्ने बताउनुभयो ।
साहित्यकार नवराज लम्सालले लेखकले पुस्तकमा आफूले देखेको, भोगेको विषयलाई तटस्थताका साथ लेखेको उल्लेख गर्नुभयो ।
लेखक शर्माले द्वन्द्वकालमा आफू दैलेख-सुर्खेत गर्दा देखेका विषय, घुम्दाफिर्दा देखेका विषयलाईसमेटेर पुस्तकमा समेटिएको बताउनुभयो ।
सो पुस्तक २५४ पृष्ठको रहेको छ । मानवअधिकार तथा जनउत्थान केन्द्र, नेपाल सुर्खेतले आयोजना गरेको सो कार्यक्रममा साहित्यकार श्यामलले प्रकासित पुस्तक जनयुद्धको सिङ्गो दस्तावेज रहेको बताउनुभयो ।
| तपाईको प्रतिक्रिया | |
|
|