|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


महाकवी लक्ष्मीप्रसाद देवकोटोको सतवार्षिकीको अवसरमा लक्ष्मी वाचनालय धरानले धरानस्थित मोती भवनमा विशेष साहित्यिक समारोह गरेको छ ।
महकवि लक्ष्मीप्रसाद देवकोटाका व्यक्तित्व तथा कृतित्वका विषयमा विशेष रुपमा चर्चा गर्नका लागि आयोजना गरिएको सो समारोहमा सुनसरी र मोरङ जिल्लाका साहित्य विधाका विशेष साधकहरूको उपस्थिति थियो ।
समारोहमा नेपाली भाषाविद् प्राध्यापक बालकृष्ण पोख्रेलले आफ्नो धारणा राख्नुहुँदै महाकवि लक्ष्मीप्रसाद देवकोटालाई जीवन्त रुपमा सम्झना गरिराख्नका लागि उहाँले छाडेर गएको साहित्यिक मार्गलाई हामी सबैले पछ्याउन जरुरी रहेको जोड दिनुभयो ।
उहाँले कला, भाषा र साहित्य जीवित भए मात्र नेपाली हुनुको अस्तित्व जीवित रहने टिप्पणी गर्नुहुँदै नेपालीको अस्तित्वलाई बचाएर राख्नका लागि पनि महाकवि देवकोटाले देखाएको साहित्यिक मार्गलाई निरन्तर रुपमा अनुशरण गर्नु पर्ने बताउनुभयो ।
साहित्यकार मनु मञ्जीलले नेपाली साहित्यका अग्रज आदिकवि देवकोटाको ख्यातीलाई नेपाली समाजमा जीवित राख्नका लागि नयाँ पुस्तालाई उहाँको कृतिका विषयमा निरन्तर ज्ञान दिनु जरुरी भएको बताउनुभयो ।
प्राध्यापक डा. टङ्क न्यौपानेले नेपाली साहित्यिक इतिहासमा आदिकवि देवकोटाले पुर्याउनु भएको योगदानलाई चीरकाल जीवन्त राख्नका लागि हामी सबैले उहाँले देखाउनुभएको मार्गमा निरन्तर लागि रहन जरुरी रहेको स्पष्ट पार्नुभयो ।
यसैगरी समारोहमा प्राध्यापक टीकाप्रसाद वस्ती, प्राज्ञ दधिराज सुवेदी, कविराज न्यौपानेलगायतले पनि महकवि देवकोटाका कृति र नेपाली साहित्यको वर्तमान अवस्थाका विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा प्राध्यापक सभाषचन्द्र न्यौपानेले महाकवि देवकोटाका काब्यकारिताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने प्रस्तुत कार्यपत्रमाथि प्राध्यापक चन्द्रमणी अधिकारीले टिप्पणी गर्नुभयो।
यसैगरी प्राध्यापक दीपकप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको नेपाली कवितामा लयविधा विषयक कार्यपत्रमाथि प्राध्यापक रमेश घिमिरेले टिप्पणी गर्नुभएको थियो ।
समारोहमा साहित्यकार सिद्धिकर्ण शर्माद्धारा लिखित महाकवि लक्ष्मीप्रसाद देवकोटा खण्डकाब्य र गायक कृष्ण लावतीद्वारा लिखित पारीगाउँ लोकगीत सङ्ग्रहको बालकृष्ण पोख्रेलले लोकार्पण गर्नुभयो ।
लोकार्पण गरिएका कृतिहरूका विषयमध्ये खण्डकाव्यका विषयमा प्राध्यापक डा.खेम दाहालले र गीत सङ्ग्रहका विषयमा हरिप्रसाद दाहालले टिप्पणी गर्नुभयो । कार्यक्रम वाचनालयका अध्यक्ष प्राध्यापक डा. गोपाल भण्डारीको अध्यक्षतामा भएको थियो ।
| तपाईको प्रतिक्रिया | |
|
|