|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


वसुन्धरा मान प्रज्ञा-प्रतिष्ठानको आइतबार राजधानीमा बसेको बैठकले विसं. २०६६ को वसुन्धरा श्री पुरस्कार वरिष्ठ साहित्यकार कृष्णचन्द्रसिंह प्रधानलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार राशि रु. ५० हजार रहेको प्रतिष्ठानले जनाएको छ ।
आधुनिक, वौद्धिक तथा स्तरीय समालोचना, आत्मपरक एवम् चिन्तापरक विशिष्ट शैली र शिल्पका आधुनिक निवन्धहरुका सिर्जनाद्वारा नेपाली साहित्यलाई अझ व्यापक, पठनीय र लोकपि्रय बनाई विश्व साहित्यसमक्ष पुर्याउन आफ्नो जीवन अर्पण गर्नुभएकाले उहाँलाई उक्त पुरस्कारद्वारा पुरस्कृत गरिएको हो ।
यसैगरी सो प्रतिष्ठानले विसं. २०६६ को रु.२५ हजार राशिको मानश्री पुरस्कार वरिष्ठ कथाकार सनत रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानले विशिष्ट शैली, शिल्प एवम् आञ्चलिक छटा र बौद्धिक ढाँचाका लोकपि्रय एवम् पठनीय नेपाली कथाहरुको सिर्जनाद्वारा आधुनिक नेपाली गद्य साहित्यलाई अझ स्तरीय, लोकपि्रय तथा पठनीय बनाई समकालीन पुस्तामा आफ्नो अलग अस्तित्व र विशिष्ट पहिचान कायम गर्नुभएकाले उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो ।
प्रतिष्ठानले ती दुवै पुरस्कार आगामी असोज १३ गते एक समारोहको आयोजना गरी समर्पण गरिने जनाएको छ ।
| तपाईको प्रतिक्रिया | |
|
|