|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


एसियाका ज्योतिषीको सङ्गठन एसियन एस्ट्रोलोजर कांग्रेस केन्द्रीय समिति भारत र नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति काठमाडौँको संयुक्त आयोजनामा काठमाडौँ ११औँ एसियाली ज्योतिष सम्मेलन आगामी जेठ १८ र १९ मा हुने भएको छ ।
सम्मेलन आयोजक मूल समितिको अध्यक्षमा भारतका प्रा.डा. रामकृष्ण शास्त्री, नेपालका सहअध्यक्षमा डा.लोकराज पौडेल, महासचिवमा विश्वराज थापा, कोषाध्यक्षमा डा.सहदेव विष्ट र प्रमुख संयोजकमा वास्तुविद् माधवमङ्गल जोशी रहनुभएको छ।
सदस्य देशका प्रतिनिधिमध्येबाट डा.शास्त्रीको अध्यक्षतामा १३ सदस्यीय आयोजक मूल समिति गठन भएको छ ।
सम्मेलनमा एसियामा ज्योतिषीय क्षेत्रबाट गर्नुपर्ने कार्ययोजना तयार गर्नुका साथै ज्योतिष, वास्तु, हस्तरेखा तथा ज्योतिष विधासँग सम्बन्ध रहेको पूर्वीय दर्शनका विविध पक्षमा छलफल गरिने छ ।
एसियन एस्ट्रोलोजर काङ्ग्रेसका सदस्यमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, मलेसिया, म्यान्मा, थाइल्यान्ड, जापान, चीन र भुटान सदस्य छन् ।
| तपाईको प्रतिक्रिया | |
|
|