|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


नेपाल उद्योग वाणिज्य महासङ्घले \'नेपाल तथा विश्व : एक तथ्याङ्क\' नामक पुस्तकको सन् २००८ को संस्करण प्रकाशनमा ल्याएको छ ।
उक्त पुस्तकमा नेपालसम्बन्धी आधारभूत जानकारीका साथै उद्योग, वैदेशिक व्यापार एवम् विदेशी विनिमय, वैदेशिक एवम् संयुक्त लगानी, लगानीकर्ताका लागि आधारभूत जानकारी, कृषि, हवाइ तथा सडक यातायात, विद्युत्, पर्यटन, मुद्रा तथा वित्त, विनिमय दर, धितोपत्र बजार, मूल्य सूचकाङ्कसँग सम्बन्धित तथ्याङ्कका साथै दक्षिण एसियाली मुलुकलगायत विश्व अर्थतन्त्रसँग सम्बन्धित महत्वपूर्ण तथ्याङ्कसमेत समावेश गरिएका छन् ।
सो पुस्तक नेपालमा तथा नेपालसँग व्यवसाय गर्नेका लागि तथा विदेशी लगानीकर्ता, नीतिनिर्माता, योजनाकार, अनुसन्धानकर्ता, अर्थविद् तथा विद्यार्थीका लागि समेत उपयोगी एवम् रुचिकर हुने विश्वास लिइएको छ ।
यसपटकदेखि सो पुस्तकलाई \'सिडी-रोम भर्सन\'मा पनि निकालिएको छ ।
| तपाईको प्रतिक्रिया | |
|
|