|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



सेलिब्रेटी बन्ने धोको सबैको हुन्छ, तर सबै त्यस्तो बन्न भने सक्दैनन् । त्यसका लागि प्रतिभा आवश्यक हुन्छ । मिहिनेत चाहिन्छ । एउटा एल्बम तयार गरेर बजारसम्म पुर्याउन कति हण्डर खानुपर्ने रहेछ भन्ने बुझ्न मोरंगको राजघाटका ती दुई युवतीलाई सोधौं न ! जसले हालसालै न्यु वे -नयाँ बाटो) सीडी एल्बम बजारमा ल्याएका छन् ।
स्नातककी विद्यार्थी योजना पुरी र तारा लिम्बूले त्यहीँकै उर्लाबारी विहानी कला केन्द्रमा संगीत सिक्न थालेका थिए । त्यहीँ रहँदा प्रशिक्षार्थीहरू मिलेर एउटा संयुक्त एल्बम निकाल्ने उनीहरूले प्रयास गरेका थिए । भ्यागुताको धार्नी पुर्याउनै गाह्रो । यी दुईको मात्र मन मिल्यो । अनि लागे एल्बमको तयारीमा । रहर थियो, केही गर्न सक्छौं भन्ने दुवैको जोस थियो । त्यो जोसमा पानी फेर्न चाहनेहरू पनि त्यतिकै थिए । योजनालाई त परिवारबाटै अवरोध आयो । बाबुआमाले प्रोत्साहन गरे पनि आफन्तहरू उनको गायिका बन्ने चाहना पटक्कै मन पराउँदैनथे । बुवाआमा पनि आफन्तको चित्त दुखाउनुभन्दा छोरीलाई नै यो बाटोमा लाग्न नदिनेतिर लाग्नुभयो ।
लुकिचोरी संगीत सिक्नुपर्ने । गाउन पनि भागेरै जानुपर्ने । मोफसलको पीडा झन् भनिसाध्य छैन । सबै सुविधाहरू यहीँ थुपि्रएका छन् । \'एल्बम निकालेपछि प्रचार पनि चाहिँदो रहेछ,\' योजनाले त्यो पीडा सम्भिmइन् । सबै राष्ट्रिय सञ्चार माध्यम यहीँ छन् । \'एक महिनामा एल्बम निकाल्ने भनेर आएका एक वर्ष लाग्यो,\' ताराले पीडालाई ओकल्न लाज मानिनन् ।
गाउँछेउमै संगीत सिक्दा उनीहरूमा राम्रो गायिका बन्ने उत्साह थियो ।
स्टेजहरूमा अरु गायिकाको गीत गाउँदा पाएको तालीले पनि उनीहरूमा हौसला थपेको थियो । एल्बम निकाल्ने चाहना ब्यक्त गर्दा रिवारले अस्वीकार गरेपछि योजनाले बाबाले किनिदिएको सिक्री, औंठीलगायतका गहना बेचेकी थिइन् । उनलाई हतोत्साहित गर्ने मात्र थिएनन् । बिदेशमा बस्ने आफन्त र साथीभाइले भने दिल खोलेरै सहयोग गरे । तारामाथि त परिवारको पूरै जिम्मेवारी छ । बाबाआमा दुवै गुमाएकी उनलाई बहिनीले सहयोग गरिन् । साथीभाइले पनि सघाए ।
एल्बम निकाल्न राजधानी छिर्दा उनीहरूसँग गायक सुनिल बर्देवाको नम्बर मात्र थियो । त्यही बेला शोकमा परेका सुनिलले मोवाइलसमेत स्वीच अफ गरेको पाएपछि यी दुई चेली हप्तौं राजधानीमा भौंतारिएका थिए । \'त्यतिखेर रेकर्डिङ स्टुडियोसमेत कहाँ छ भन्दै सोध्दै हिँडेका थियौं,\' योजना सम्झन्छिन् । सबैको सहयोग पाएर एल्बम त बाहिर आयो, तर त्यसको बजार प्रवर्धन गर्न त्यतिकै समस्या । \'संगीतलाई इज्जतिलो पेशा ठानेका थियौं,\' योजनाले पीडालाई यसरी हामीसँग साटिन्, \'यसमा त जता पनि पैसै चाहिने रहेछ, नचिनेको र भनसुन नभइ कसैले पनि काम नगरिदिने रहेछन् ।\'
दुवैको पहिलो प्रयास \'न्युवे\'मा घरै हाम्रो पूर्व अञ्चल, नयाँ नेपाल, सम्झन्छु म तिमीलाई, नगर प्रहार मायाँको, समय छोटो छ, ए हवा लगिदेऊ, जन्म दिने आमासहित ७ वटा गीत संग्रहित छन् । तिनका केही गीत तारा स्वयंले रचेकी हुन् । उनी सानैदेखि गीत लेखन र गायनमा रुचि राख्थिन् । लोक, आधुनिक र पप गीतहरूको संयोजन हो उनीहरूको यो एल्बम । संगीतलाई जतिसुकै हण्डर र ठक्कर खानुपरे पनि निरंतरता दिने सोच दुवैको छ । यो एल्बम उनीहरूको परीक्षाको कडी पनि हो । यसबाट उनीहरूले निकै आस पनि गरेका छन् ।
मोफसलमा बसेर सिर्जना गर्नु निकै गाह्रो काम हो । योजनालाई त त्यहीँ बस्नै पनेर् बाद्यता छ । उनले पढाईलाई पहिलो प्राथमिकता दिएकी छन् । विविएसकी यी छात्रा एक वर्षपछि राजधानी छिर्ने सोचमा छिन् । तारा भने परिवारको जिम्मेवारी आफूमाथि भए पनि बहिनीलाई त्यसको जिम्मा दिएर राजधानीमै बस्ने सोचमा छिन् । तारा आधुनिक गीत लेख्छिन्, त्यस्तै गीत गाउन मन पराउँछिन् । तर उनको स्वरचाहिँ पप गीतमा सुहाँउँछ भन्छन् रे संगीतकारहरू । योजनाको भने लोक, आधुनिक, पप सबै प्रकारका गीत गाउने चाहना छ ।
उनीहरूले यो एल्बमको एउटा गीत \'घरै हाम्रो पूर्व अञ्चल\' को म्युजिक भिडियो पनि तयार गरेका छन् । टेलिभिजनबाट यो गीत प्रसारण हुँदा योजनालाई निकै सुखद अनुभूति भएको थियो रे ! \'गायन क्षेत्रमा संघर्ष गर्दा पाएका दुःख सबै विर्सेको महसुस भयो,\' उनले सुनाइन् । उनीसँग संगीतसँग पौंठेजोरी खेल्दाको दुखद क्षण पनि छ । \'गीत रेकर्ड गरेर जाँदा अंकल मसँग बोल्नु भएन,\' उनले त्यो तीतो क्षण बाँडिन् ।
संघर्षले दुवैलाई खार्दै लगेको छ । संगीत क्षेत्रमा विताएका ४/५ वर्ष उनीहरूका लागि धेरै लामो अवधि होइन । दुवैमा प्रतिभा छ । जोस छ । भविष्य अवस्य पनि उनीहरूको हातमा हुनेछ । दु वैलाई सफलताको कामना !
FROM DOHA QATAR.
BEST OF LUCK TO THEM HEARTLY
I PROMISE ILL BUY UR ALBUM AFTER PUBLISH