|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



गोलो अनुहार अनि मिजासिली । बोलीमा नरम अनि ज्यादै मिलनसार पनि । भन्नुपर्दा कुनै पनि खोट छैन उनमा । भर्खर यौवनले धपक्क बलेकी उनी, शहरबजारमा विकेका आधा शरीर ढाक्ने लुगा भने पटक्कै मन पर्दैन । परम्परागत संस्कार र संस्कृतिमा हुर्केकी उनी पटक्कै लजाउँदैनन् । उनी सवैसामू खुलेर बोल्छिन् अनि खुलेरै आफ्नो प्रतिभा देखाउँछिन् ।
\'कला\' भनेर चिन्छन् सवैले उनलाई । उनी नाच्नमा निक्कै खप्पिस छन् । कला भएरै होला अन्ततः विद्यार्थी जीवनको छविकला गुरुङवाट अन्ततः उनको नाम कला मात्रै रन गयो । उनी अहिले लमजुङ सदरमुकाम वेसीशहरस्थित जन विकास उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा पढि्छन् ।
२०४९ साल कार्तिकमा खुदी गाउँ विकास समिति वडा नं. ९ सिउरुङमा बाबा नन्द घले र आमा मिश्रीमाया घलेको कोखवाट माईली छोरीको रुपमा जन्मिएकी कलाले निमावि तहको अध्यनन भने गाउँकै लता कुञ्ज निमाविमा गरेकी हुन् । गाउँवाट विद्यालय टाढा परेकै कारण सदरमुकाम आएर पढ्न बाध्य कलाले शहरबजारका स्टेजमा आफ्नो धेरै कला प्रस्तुत गरिसकेकीछन् । वेसीशहर र आसपासका बजारमा भएका कार्यक्रममा उनको नृत्य देख्न नपाएपछि दर्शकहरु खिन्न हुन्छन् । सांस्कृतिक कार्यक्रम हुने वित्तिकै उनको नाम पुकार्छन् दर्शकहरुले ।
मेलापात जाँदा होस् या गोठालो जाँदा । रेडियोमा नाच्ने खालका गीत आउने वित्तिकै सवैकाम छाडेर नाच्ने गरेकी गाउँले बालिका अहिले सदरमुकाम वेसीशहर लगायत लमजुङ र वरपरका जिल्लाहरुमा प्रख्यात कलाकारको नामले चिनिन्छ । आफ्नो कला देखाउन लमजुङका ग्रामीण क्षेत्रबाहेक हिमालपारिको जिल्ला मनाङ समेत पुगेकीछन् । पर्यटकीय गाउँ सिउरुङस्थित पर्यटन ब्यवस्थापन उप-समितिका सचिव उमरबहादुर गुरुङ कला नै सिउरुङ महोत्सवको आकर्षणको एक पात्र भएको वताउँछन् । भन्छन्, \'महोत्सवमा कला नपुगे महोत्सव जस्तै लाग्दैन ।\' कलाको नृत्य हेर्नका लागि भनेपनि टाढाटाढाबाट पर्यटक आउने र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको गुरुङको भनाई छ ।
१७ वषिर्या कलाको वास्तविक नाम कला घले हो । नाच्नुको अलाव भ्रमण, अध्ययन र अभिनयलाई विशेष चासको रुपमा लिन्छन् उनी । उनको चासो र उद्देश्यका कारण पछिल्लो पटक गुरुङ भाषाको चलचित्र \'आक्रोदो\' मा पनि उनले अभिनय गरेकीछन् । \'समयले साथ दिएमा नृत्य र अभिनयलाई साथसाथै लैजान्छु\' उनको भनाई छ ।
विना कसैको प्रेरणाविना कलाले नाचेरै धेरै प्रख्यातिहरु कमाएकाछन् । तमु छोँज धिँ लमजुङले गतवर्ष आयोजना गरेको खुल्ला नृत्य प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरेकीहुन् । विद्यालयस्तरमा गरिने नृत्य प्रतियोगितामा उनले धेरैपटक प्रथमस्थान हासिल गरिसकेकीछन् । नाच्नकै लागि लमजुङका पर्यटकीय गाउँहरुमा पुगेका कलाले गाउँलेको मायाका साथै धेरै मानसम्मान पनि पाएकीछन् । उनी आफ्नो पढाई पुरा भएपछि लक्ष्य प्राप्तिका लागि डटेर लाग्ने वताउँछिन् । उनको लक्ष्य भविश्यमा कुशल नृत्यकार तथा कलाकार बन्ने छ ।
नृत्यमा देखिएका आधुनिकतालाई उनी मन पर्दैन । उनलाई सांस्कृतिम पहिरन मन पर्छ । विद्यालय पोशाकबाहेक उनी प्रायः आफ्नो मातृ ड्रेस गुरुङ पोशाकामा भेटिन्छन् । आधुनिकताका नाउँ बेचेर आफ्नो शरीर नढाक्ने लुगा लाउने युवतीहरुलाई आफ्नो राष्ट्रियता सम्भिmन उनी आग्रह गर्छिन् । विदेशी कलाप्रति उनको वितृष्णा छ । त्यसैले त कला, कला देखाउँदै, कला बचाउँदै हिँडेकीछन् ।
तस्वीरः प्रेम गुरुङ
| तपाईको प्रतिक्रिया |
| Kala nanu Timro prasangsako dayeri padhe sarai khusi lagyo,muri muri badhai!!!Kala namlai akasko tara jhai chamkanu dinu la,Pragatiko diyo bali kuna kunasamma chamki rahanuhai,yo bhanda ajha badhi pragati ko dayeri padhna pau,har pal har chhen pragatiko subhakamana!!!Ma timro babako ati mmilne sathi Krishna uncle!Hal USA! |
| Krishna Bhujel|20-Dec-2009 02:20:58 |
| hi malai yosarai thika laagyo i like it very good mfero tarpha bata tapailai dherai dherai thank you |
| bibaskarki|05-Dec-2009 13:43:31 |
| yi bahine ko lage maro tarfa bhata k sahayok gar na pani ma taya r chhu maro subakamana ram rari padanu hola |
| bhakta bahadur thapa|20-Nov-2009 08:45:18 |
| तपाईको प्रतिक्रिया | |
|
|