|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



विसं २०२४ मा \'मिलनको क्षण\' नामक एकाङ्की गोरखापत्रमा छपाएर साहित्यमा प्रवेश गर्नुभएका घनश्याम राजकणिर्कार अहिले आठवटा कृतिको हकदार भइसक्नुभएको छ । उहाँको \'विदेशको यात्रा स्वदेशको सम्झना\' नामक नियात्रा यति लोकपि्रय भइसकेको छ कि त्यसको पाँचौ संस्करण प्रकाशन भइसकेको छ । नियात्रा लेखनमा भने उहाँ विसं २५। २६ तिर लाग्नुभएको थियो ।
सङ्ग्रहका रुपमा अहिले उहाँका केही चिन्तन केही मन्थन (विविध-२०३५), विदेशको यात्रा स्वदेशको सम्झना (नियात्रा-२०३७), देशप्रदेशको भ्रमण केही संस्मरण (नियात्रा-२०४३), सम्झनाको लहरमा लहरिंदै जाँदा (संस्मरण-२०५२), पवित्र आमाको सम्झना (संस्मरण-२०५५), बौद्ध तीर्थयात्राःनालन्दादेखि लुम्बिनीसम्म (नियात्रा-२०६०), गजराज राजकणिर्कारको वंशावली (अनुसन्धान-२०६१) र बुद्धज्योतिका केही रश्मि (लेखसङ्ग्रह-२०६४) प्रकाशित छन् । उहाँको अन्तर्वार्ताहरुको सङ्ग्रह \'अनुभूति र अभिव्यक्तिमा घनश्याम राजकणिर्कार\' -२०६२) हरि मञ्जुश्रीद्वारा सम्पादित कृति हो,त्यसलाई पनि उहाँ आफ्नै कृतिका रुपमा लिन चाहनुहुन्छ ।
कमलपोखरीका घनश्यामलाई लेखकका रुपमा, बुद्धका उपासकका रुपमा र पाउरोटी उद्योगीका रुपमा लिँदा तीन व्यक्तित्व सँगसँगै पाउन सकिन्छ । \"लेखनबाट म आफ्नो उत्साह तथा कौतूहलता बाँड्न चाहन्छु, विपश्यना ध्यानबाट मानसिक शान्ति पाउँछु र उद्यमबाट कर्मशील बन्न पाइरहेछु\"-राजकणिर्कार भन्नहुन्छ ।
राजकणिर्कारले भारत, हङ्कङ, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, जर्मनी, बेलायत, निदरल्यान्ड्स्, स्विट्जरल्यान्ड, फ्रान्स र अमेरिकाको भ्रमण गर्नुभएको छ र ती सबैलाई आफ्नो नियात्रामा समेट्नुभएको छ । स्वदेशकै यात्रा भने आफूले कम गरेकामा उहाँ सङ्कोच पनि व्यक्त गर्नुहुन्छ ।
विदेशमा यात्रा गर्दा आफूबाट भएका कमजोरी पनि म स्पष्ट देखाइदिन्छु, आफ्ना अनुभूतिहरु इमान्दारीसाथ प्रस्तुत गर्न रुचाउँछु-उहाँ भन्नुहुन्छ । जर्मनीमा टिब्याग च्यातेर चिया पिएको कुरादेखि लिएर खुलाठाउँमा लघुशङ्का गरेको, हङ्कङ्को बारमा नाङ्गो वक्षस्थल देखाएर रक्सी बेच्ने युवतीदेखि कोरियाको नाचघरमा नायिकाहरुले गुप्ताङ्को हाउभाउको प्रदर्शन गरेको कुरा पनि उहाँले इमान्दारीपूर्वक लेख्नुभएको छ । सोख, व्यापारिक र धार्मिक यात्राका क्रममा उहाँको अनुभव र अनुभूति सरल भाषामा पढ्न पाइनु र यहीं बसी विदेशको स्वाद लिन पाइनु पाठकका लागि कम सौभाग्यको कुरा होइन । उहाँका यात्रा निबन्धमा भ्रमण गरेका स्थानका विकास गतिविधि, सांस्कृतिक पहिचान, भौगोलिक विशेषतालगायत भ्रमणस्थलका दृष्य र आफ्ना अनुभूति दुवैको समन्वयात्मक प्रस्तुति पाइन्छ ।
अठसठ्ठी वर्षीय घनश्याम बिहान चारबजे उठ्नुहुन्छ, आनापाना र विपश्यना गर्नुहुन्छ , दिउँसो आफ्नै कृष्ण पाउरोटी प्रालिमा काम गर्न जानुहुन्छ र राति लेख्न बस्नुहुन्छ । ध्यानले लेखन र उद्यमलाई सघाएको छ उहाँलाई । \"ध्यान नसिकेको भए मलाई धेरैचोटि मानसिक आघात पर्नेथियो\", उहाँ भन्नुहुन्छ-उद्योगको व्यस्तता रमाइलो पनि छ । ध्यानले मनलाई शान्ति दिएको छ भने लेखनले आफूलाई अझ बचाएको छ, उद्योगपति लेखक बन्न सक्दैन भन्ने भनाइलाई मैले चिरेको छु । तीनैवटामा म आनन्द लिन्छु । कहिलेकाँही उद्योगमा व्यस्त हुँदाचाहिँ लेखनलाई साह्रै टोकिरहन्छ । लेखनमा लगाव बढी भए मेरो उद्योग बिगि्रन्छ । म एक हिसाबले विरोधाभासमा बाँचिरहेछु ।
जङ्गबहादुर राणाको थापाथली दरबारमा मिठाइ पुर्याउने गजराजका नाति कृष्णबहादुर राजकणिर्कारले संयोगवश कलकत्तामा पाउरोटी बनाउने काम सिक्न पाए । नेपालमा पहिलोपटक विसं २००५मा पाउरोटी उद्योग खोल्ने तिनै कृष्णका कान्छा छोरा घनश्याम अहिले पिताको नाममा रहेको कृष्ण पाउरोटी प्रालि र कृष्ण बिस्कृट प्रालि दुवैका अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुनुहुन्छ । पिता कृष्णबहादुर पाटनको हौगलबहालमा नेपालमै पहिलोपटक -विसं२०१०) \'आराम गरिरहेका बुद्ध\'को मूर्ति स्थापना गर्ने व्यक्तित्व भएकामा पनि घनश्याम गौरव मान्नुहुन्छ ।
\'नेपाली निबन्धको इतिहास\' -रत्नपुस्तक भण्डार-२०६६) मा समालोचक प्रमोद प्रधानले घनश्यामलाई \'नेपाली यात्रानिबन्ध क्षेत्रका प्रतिष्ठित लेखक\' भन्नुभएको छ । प्रधान भन्नुहुन्छ-नेपाली यात्रानिबन्धका क्षेत्रमा उनी आफ्नै विशिष्ट प्रकारको पहिचान र छवि भएको व्यक्तिका रुपमा परिचित छन् । उनी दृष्यलाई शब्दमा उतार्छन्, अनि अनुभव र अनुभूति विचारसहित सम्प्रेषण गर्छन् ।
समालोचक दयाराम सम्भव उहाँमा \'साहित्यकार हुनुको कलात्मक सचेतता\' भएको बताउनुहुन्छ भने प्रा डा तुलसीराम वैद्य राजकणिर्कारलाई \'बौद्ध धर्म र बुद्धको जीवनीसँग सम्ब्ान्धित अनेक महत्वपूर्ण ग्रन्थहरु अध्ययन गरेको र पूर्ण परिचित भएको\' मान्नुहुन्छ ।
कविशिरोमणि लेखनाथ पौड्यालदेखि नाट्यसम्राट् बालकृष्ण सम, भाषासाहित्यसेवी रमा शर्मादेखि कथाकार सीता पाण्डेसम्म, युवा साहित्यकार ध्रुव मधिकर्मीदेखि धर्मराज बरालसम्मका नेपाली र विदेशका पनि थुप्रै व्यक्तित्वसँग सङ्गत पाउनुभएका घनश्यामसँग केही मित्रले उहाँको सोझोपनको फाइदा उठाएर धोका दिएको कथा पनि छ । तथापि उहाँ राग र द्वेषबाट निर्लिप्त भई समभावमा बस्न रुचाउनुहुन्छ । जीवनमा हरपल सुख र दुःख आइरहन्छन्, यी अनित्य हुन्, त्यसैले पनि तनावमा पनि समभावमा रहनुपर्छ-बौद्धमार्गी लेखक सुझाव दिनुहुन्छ ।
साहित्य लेखन कस्तो हुनुपर्छ भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ-मान्छेका सुखदुःख, उत्थानपतन एवं आरोहअवरोहलाई छर्लङ्ग्याएर अँध्यारोबाट उज्यालोतिर लाने सन्देश हुनुपर्छ, राजनीतिभन्दा अलग हुनुपर्छ । मान्छेका भावना र चेतनालाई इमान्दारीसाथ प्रस्तुत गर्नुपर्छ, साहित्यकार स्वयम् अलग एवम् तटस्थ हुनुपर्छ ।
नेपाली साहित्यलाई अनुवाद गरेर अन्तर्राष्ट्रियकरण गर्नुुपर्नेमा उहाँ जोड दिनुहुन्छ । आफ्नो \'विदेशको यात्रा स्वदेशको सम्झना\' कृतिलाई साहित्यकार मुकुल दाहालबाट अनुवाद गराई प्रकाशन गर्ने तरखरमा उहाँ स्वयम् हुनुहुन्छ । उहाँका भारत र नेपाल भ्रमणबारे एक र अमेरिका भ्रमणबारे एक कृति निकट भविष्यमा प्रकाशन हुँदैछन् भने आफ्ना विषयमा अरुले लेखेका लेखहरुको पनि सङ्ग्रहमा आउने योजना छ । भविष्य अनिश्चित छ, लेख्दै जाने, लेख्दै जाने विचार छ-उहाँ भन्नुहुन्छ ।
सबै नेपाली एक हौं, पहाड, मधेस र हिमाल एक हौं, उदार बनौं, जातिजातिको प्रदेश माग्नु आफूआफूमा फुट हुनु हो, अखण्ड र समृद्ध नेपाल हामी सबैको चाहना हो-मुलुकको तरल राजनीतिलाई सङ्केत गर्दै उहाँले भन्नुभयो ।
Gazal raamro laagho, marmasparchi laagho, sattyatattya darshaunu vayeko,
media maa haaldai garnuhos haamiley pani maukka paau6au paddna lai
thanks
if we want to do somthing everything is enough in our country.but
we think nothing in our country . and all youth see abroad . but we never think so we are nepali ,we have to love our culture and traditional . i have thought after returen from here i will stay in my nepal i do somthing for me and contry .
sampruna lek haru derai nai manparchha !
with warm regards
shiv narayan chaudhary
अन्ना
काठमाडौं
* Email to friend
* Add to Bookmark
* Send your feedback
* Printer Friendly
वर्षौ देखि खोजिरहेको एक अँजुली खुशी थियो त्यो उसका लागि । मनमा आँधीबेहरी मात्र चलेन, त्यस खुशीका लागि उसले जीन्दगीका हरेक खुशी तुच्छ ठानिरहे । हिड्दै गरेको बाटो अचानक मोडिएको एउटा जटिल समयमा उसको रित्तो अँजुली भरिएको थियो खुशीले । आफ्नै आँखाबाट यति विघ्न खुशीहरु तप तप चुहिएर भरिएको थियो उसको अँजुली ।
विमानस्थलमा जहाज पर्खिरहेकी छ उ । मोवाईल लगातार बजिरहेको छ । उठाउन बिर्सिन्छे उ । छेउमा कोहि आएर भन्दैछ , "तपाईको फोन ? कानमा थापेर सुन्छे तर त्यसप्रति उसलाई कुनै चासो छैन । फोनमा आइरहन्छ आवाज " कविता जी तपाई स्टडीअब्रोड ह्वाईट हाउसमा आउनोस् है, तपाइको भिसा प्रोसेस मिलाउनु छ ।" तर उ नतमस्तक छे । आफैमा मख्ख र गदगद छे । त्यो खुशी कहि नपोखियोस् उ साच्चै होशियार हुन्छे ।
अस्तव्यस्त भएर असरल्ल छरिएका थिए उसका खुशी । कहिल्यै समेटिन नसक्ने ठान्थी उ त्यसलाई । छातीभरि वर्षौदेखि लुकेको एउटा अव्यक्त खुशी थियो त्यो, समयले अचानक व्यक्त गरिदिएको छ आज । वर्षौदेखि छटपटिएको, कचपटिएको, अधुरो र अपुरो एउटा खुशी, पूर्ण र शान्त भएर उसको सामुन्ने प्रकट भएको छ । मानौ त्यो थाहै न्पाइ अचानक वषिर्एको छ निरन्तर सावनको झरी जस्तै । त्यस झरीमा थुप्रै अदृष्य आवेगहरु उसले महशुस गर्न सकेकी छ र आफैलाई सम्हालीरहेकी छ । उसको ध्यान जहाज आईपुगे को ठूलो आवाजले तान्छ । उसले देख्छे जहाजबाट थुप्रै मान्छेहरु सेता पहिरनमा उत्रिदैछन् । ती स्वास्थ्यकर्मी हुन्, उसले लख काट्छे । हल्ला गर्दैछन् उनीहरु -त्यहाँ पुर्याईदियो भने त हामी आफै हैजा लागेर मर्छौ होला ।
अनि हाँसोको एउटा कोलाहल आवाज । उसलाई अनुमान लगाउँन गाह्रो पर्दैन । हिजोअस्ती समाचारमा पढेको कुराले उसलाई प्रष्ट्याईदिन्छ । यो तिनै स्वास्थ्यकर्मीको समुह हुनुपर्छ जागरकोट तिर लागेको, अनि किन फर्किदैछन् यी अहिले ? आज बिहान सम्म टिभीमा देखिएका ती अर्धचेतन मान्छेहरुलाई छोडेर यी के गर्न आए यहाँ ? उ प्रश्नवाचक दृष्टिपात गर्छे । सुन्दैछे उ तिनका कुरा - ओ हो हामी त सक्दैनौ जाजरकोट बस्न कसरी मान्छेहरु त्यहाँ बसेका छन् ।
उ अनुमान लगाउछे, सायद तिनीहरु त्यहाँ टिक्न नसकेर फर्किएका हुन् । "किन टिक्न सक्थे र तिनीहरु त्यहाँ ? त्यहाँ टिक्न त त्यहीको माटोमा जन्मिन पर्यो नी" उ एकैचोटी आफ्नो आँगन पुग्छे, बारिको कान्ला- कान्ला पुग्छे, माटोको सतहमाथि खडेरी लागेको महशुस गर्छे । फोनमा संगीतमयी धुन गुञ्जिन्छ उ झल्यास्स हुन्छे । अब उसलाई त्यो भाँडोसँग कुनै मोह छैन । झोलामा थन्क्याईदिन्छे त्यसलाई तर पनि त्यसले दुःख दिन छोडेन । नचाहेरै उठाई त्यसलाई कोहि भन्दै थियो- कविता जी तपाइको भिसाकाबारेमा हो, कुरा त सुन्नोस् " उसले स्वीच अफ गरिदिई । वर्षौ देखि उ त्यही वाक्य सुन्न तड्पिएकी थिइ, तर आज त्यसले उसको जीवनमा कुनै प्रभाव पार्न सकेन । जिन्दगीले कहाँ पुगेर गति बदलिदिन्छ थाहै नपाउँने गरी बदलिसकेको छ उसको जिवनगति पनि । ठिक एक साता अघि उसले अमेरिकामा वकिंग भिसा लागेको थाहा पाएकी हो । त्यति बेला उ सपनाको संसारमा पुग्ने चाहनाले उफि्रएकी थिइ । उसले ठानेकी थिई त्यो खुशी नै उसको जीवनको सबै भन्दा ठूलो खुशी हो तर होईन रहेछ । उ आकासमा छे हावा जसरी बगिरहेकी छे उ अहिले । वषौंपछि उ घर फर्किदै छे सधैंको लागि । आज विहान टिभी नखोलेको भए उसको जीवनले यसरी अर्को मोड लिने थिएन होला । धन्य ! सूचना प्रविधिको तिब्र विकासले गर्दा संसार कति सानो बनाईदिएको छ । तर पनि उसको जाजरकोटमा भने सिटामोल मात्र पनि छैन । अनि एक वर्ष देखि उसले खोजेको त्यो ठूलो खुशी "अमेरिकन भिसा " पनि तुच्छ हुन्छ उसको खुशीको अगाडि । आज उ आफू जन्मिएको, हुर्किएको र अक्षर सिकेको त्यस माटो छुन जाँदैछे । त्यसको अगाडि अरु सबै खुशी गौण ठानी उसले । ठिक एक दिन अघि उसको जिन्दगी के थियो । सोच के थियो ? समयको शक्तिशाली भूमिकालाई उसले स्वीकारीरही र पुगी एउटा भ्रमपूर्ण खुशीले उपि|mएको त्यस क्षणलाई खोतल्न ।
हो, गएको साता मात्र ! मोवाइलमा घण्टी बज्यो । लापरवाही साथ उसले उठाएकी थिई -कविताजी तपाईको भिसा लाग्यो ।
सुन्नासाथ ऊ एकपटक चिच्याई -आहा ! अनि देख्न थाली प्रकृति पनि उल्टो गतिमा हिडिरहेको । आकाश ऊ नजिक आउँदैछ, उ त्यसलाई छोइरहेकी छे, हिमाल केही फैलिदिन्छ उ त्यस माथि चढेर सारा देश हेरिरहेकी छ, सागर बग्दै आउँदैछ उसको समिपमा, ऊ सहजै त्यसमाथि तैरिदैछे र पारिपट्टी डुब्न लागेको घाम सुम्सुम्याउने अभ्यास गर्दैछे । तरङ्गति हुनपुग्छे उ आफैसँग । आफ्नै बशमा छैन उसको मन यतिखेर । खुशीले उसलाई अर्कै दुनियाँमा पुर्याएको छ । एकैचोटी ऊ आत्तिएर आईपुग्छे आफ्नो स्टडी रुममा । कम्प्युटर खोलेर सन्देश लेख्छे- 'सूर्य ! आज सबै भन्दा ठूलो खुशी पाएको छु ! अन्त्यमा भगवानले सुनेछन् । भिसा लाग्यो । मलाई थाहा छ तिमी यतिबेला मस्त निद्रामा छौ । मलाई कल गर है" खुशी बाड्न उसले साथीहरु भेला गरी मिठाई बाँडी र बाँडी आफ्नो जिन्दगीको उद्देश्य पनि ! त्यो सूर्य थियो । उसको खुशी । तीन वर्ष अघि अमेरिका पुगेर उसलाई मायाका सन्देश पढाईरहने एउटा पागल प्रेमी ! स्टाफ नर्स पढ्दा पढ्दै बाटो पर्खिरहने त्यस भद्र युवकले उसको सबै कुरा चोरिसकेको थियो । थाहै नपाई सूर्य उसको जीवनको हिस्सा बनेको थियो । उसैको लागि नर्सिङ्ग पढ्न जाँगर चलाएकी थिई उसले । कसैको प्रेरणा थियो भने त्यो सूर्य नै थियो । कसैको सहारा थियो भने ऊ बसेको त्यो सिङ्गो घर जहाँ उ सातवर्ष अघि त्यस घरकी मालिकनीसँग केही सर्तमा त्यहाँ आएकी थिई । एकपल्ट आफ्नो धरातल सम्भिmन पुग्छे उ । 'कस्तेा दुखको जीवन छ
जाजरकोटमा । बाँच्नै नसकिने । खानकै लागि मरिमेट्नु पर्ने ।' एसएलसी जिल्ला टप नगरेकी भए उ यतिखेर त्यस रुखो भूमिमा के गर्दै हुन्थी आफै सोच्न सकिरहेकी छैन । अनिश्चित भविष्यप्रति अल्झिरहेका बेला छिमेकी लाहुरेनीले उसका छोराछोरी पढाइदिन आग्रह नगरेकी भए आज उ यस ठाउँमा हुने थिइन भन्ने तथ्यलाई उसले मनन् गरिरही । लाहुरेनीको पछि लागेर राजधानी आइपुग्दा अब के गर्ने उसको चिन्ता बढेको थियो । त्यही टीभीले छात्रवृत्तिको सूचना निकालेको भरमा उसले नर्सिङ्ग पढ्ने मौका पाएकी हो । लाहुरेनीले विहेका बारेमा घचघच्याई रहँदा उ भने सुर्यको त्यही आवाज सुन्न पुग्थी । 'कविता बिई नर्सिङ्ग गर्यौं भने अमेरिकामा वर्किङ्ग भिसा मिलाउन सकिन्छ" । एउटै मात्र उद्देश्य थियो उसको -पढ्ने । पढाई सकेर ऊ भिसाका लागि दौडिरहेकी थिई । कहिले कहाँ त कहिले कहाँ ।
आखिर उसलाई पुग्नु थियो सपनाको संसार जहा उसको आफ्नो दुनियाँ छ, अर्थात सूर्य । अनि सूर्यको त्यस परिवारको सदस्य बन्ने अभ्यासमा सबै कुरा सिक्दै गई । ड्राइभिङ्ग, स्वीमिङ्ग, नृत्य, पाकशिक्षा अब उसले नसिकी नहुने कुरा ठान्थी ऊ । कहिलेकाही ऊ निक्कै ठूलो खाल्डोमा खस्न लागेको ठान्थी आफूलाई । त्यस सम्भ्रान्त परिवारप्रति उसलाई कुनै चाहना छैन ती सबै उसले सूर्यका लागि गरेकी हो । कहिलेकाहीँ आफ्नै प्रेम ऊ गलत कदम ठान्थी त्यतिबेला सूर्यले सम्झाएको हुन्थ्यो 'हेर कविता यो त भगवानको देन हो" एउटा अबोध, निर्दोष बालकले जस्तै बोलेका सूर्यका वाक्यले उसलाई विचलित बनाउथ्यो । अनि विज्ञान र समाजको लेखाजोखा गरेर ऊ भौतिकवादका कुरा अघि सार्थी । तर सूर्य झन बहकिदै जान्थ्यो - तिमी कसरी विरामीको सेवा गर्छ्यौ ? कहिलेकाहिँ त तिमीसँग मुटु नै छैन कि जस्तो लाग्छ ।
त्यतिबेला खितिती हाँसेर कुरा टार्थी तर जब ऊ मध्यरातमा व्यूझिन्थी सूर्यको त्यो वाक्यले उसलाई असाध्यै गाल्थ्यो । सूर्यको त्यही निर्दोष, अबोध, भोलाभालापनलई उसले माया गरेकी थिई । सूर्य विदेश गएपछि उसलाई शून्य भएको थियो । जाने अघिल्लो दिन ऊ सूर्यका कुरा सुन्दै थिई "तिमीले बिई नर्सिङ्ग गर्यौं भने मलाई तिमीप्रति गर्व गर्ने ठाउँ हुन्छ । तर तिमीले आफ्नो लागि नै यो गर्नु पर्छ । त्यहाँ सजिलै काम पाउन सकिन्छ।"
भिसा लागेको खुशीले रातभरी उ निर्धाइन । कहिले विहान हुन्छ भन्ने लागि रह्यो । लाहुरेनी देश बाहिर भएकाले उसले त्यो खबर सुनाउने मान्छे भनेको उसका साथीहरु मात्र थिए । खुशी बाँड्ने बहानामा उसले सूर्यको नाउ लिइरही । बधाई पाइरही । मिठाईको प्याकेट उसको हातमा देखेर उसको खुशीको अन्दाज लगाउनेले भन्ने गर्थे "अब तैँले देशको माया मार्ने भईस" । खुशी त बाँड्नै पर्छ, उ छिमेकी कहाँ पुगी । 'कस्तो महल हो यो, सबैतिर सुन्यताले आफैलाई खाउला झै गर्छ ।' उ गेट खोलेर भित्र पसी तर उसले सोचे जस्तो एकान्त थिएन आज त्यहाँ । धेरै मान्छे जम्मा भएका छन् । ऊ खुशी भई । सजिलै घरका मान्छेसँग भेट हुने पर्यो भनेर उ अघि बढी । त्यो घरको हुकुम चलाउने मुमा -हजुरआमा) छेउ पुगेर ऊ निहुरी ।
- कविता तिमी कति भाग्यमानी कस्तो समयमा आईपुग्यौं । हेर न आज सूर्यको केटीका बारेमा छलफल भएको हो । ठूलै रमाइलो थियो, आउ खुशीयालीमा तिमी पनि केही खाउँ ।
ऊ झरनाबाट एक्कासी खस्न पुगी । उसको हातको मिठाईहरु सबै झरेर पोखिए । निहुरिएर उ त्यसलाई टिप्न थाली । फोटोमा सूर्य एक अपरिचित केटीसँग दुवोको माला लगाएर भित्तामा झुन्डिएको छ ।
ऊ सुन्दैथिई -सूर्यको साथी हो नी, यिनीहरु खेल्दा पनि बिहेको खेल खेल्थे सानोमा ।सूर्य त नाई भन्दै थियो ......... ।
अरु कुरा उसले सुनिन । सूर्यको खुशीमा उ पनि सामेल भई आखिर ! मुखमा सुगन हालेर उसले सूर्यलाई शुभकामना दिइरही ।
कम्प्युटर खोलेर इनबक्स हेर्न थाली । सूर्यले लेखेको छ "कविता मलाई माफ गरिदेउ है । " सायद आज ऊ त्यस घरमा नपुगेकी भए सूर्यको त्यो वाक्यले उसलाई अर्कै मोडमा पुर्याउँथ्यो । सूर्यको त्यो अवोधपनलाई उसले फेरि पनि माया गरीरही । आफ्नो हुकुमी बाबुका सामुन्ने निन्याउरो अनुहारमा सुर्यलाई देखि उसले । कसरी सूर्यले यसलाई स्वीकार गर्दै गयो होला ? उ प्रश्नमाथि प्रश्न छर्न थाली । तर अब के गर्ने ? हिजोको खुशी अचानक ध्वस्त भएको छ । युद्ध पछिको मैदान भएको छ उसको दिनचर्या यतिखेर । टिभी खोलेर समाचार हेर्न बसी ।
पहिरोमा मान्छेहरु विचल्ली परेका छन् । घरबार विहीन भएका छन् । ऊ एक पल्ट आफ्नै जाजरकोट पुग्छे । सँधै खाद्यान्नको अभाव । सरकारले चामल पठाउछ भनेर पर्खिएर बसेका गरीव, निरीह अनुहार उसका अगाडि आइरहे । अचानक टीभीमा अर्कै दृष्य बदलिन्छ । थप सात जनाको मृत्यु ! यसपाली जाजरकोटमा झाडापखालाबाट मर्नेको संख्या धेरै पुग्यो । ऊ झस्केर उठी । उसको आँखाले देख्दै छ -उ पिठ्यूमा आमालाई बोकेर स्वास्थ्य सिविरतिर उकालो चढ्दैछे । सुस्ताएको उसको अनुहार अनि आफ्नो पछि पछि सानो भाई ! मुटु छामेर हेरिरहन्छे । त्यो दृश्य शिविरमा सुताईका धेरै मान्छेहरु ! आधा त लास जस्तै छन्, सायद मरेका हुन् या मर्नका लागि त्यहाँ आईपुगेका हुन्, मर्नका लागि ती बाँचिरहेका हुन् या बाँच्नका लागि मरिरहेका हुन्, उसले भेउ पाउन सकिरहेकी छैन । सुकिला लुगा लगाउनेहरु यताउता गर्दैछन् । दृश्य बदलिए पनि तीनै अनुहार, चाउरिएका, उदासिएका, निस्सासिएका अध्यारोमा उसले देखिरही । उ सुन्दैछे, दृश्यमा खल्याङ्ग बल्याङ्ग छ । हेलिकोप्टर आउँदै छ, औषधि र खाद्यान्न लिएर । त्यसैमा फर्किने योजना बुन्दैछन्, केही । ती यतैबाट गएका हुनुपर्छ । उसलाई स्पष्ट हुन सजिलो बनाइदियो तीनका आक्रोशले । ती फर्किने चाँजोपाँजो मिलाउँदै रहेछन् । दृश्य बदलियो, उसले देखि, सास फेरेर बाँचिरहेका केही अनुहार । सहारा खोजिरहेका उदासी आँखाहरु । मुख सुकेर बोल्न नसकेका अव्यक्त आवाजहरु । केही भन्न खोजिरहेका प्रश्नवाचक आँखाहरु । हात पसारेर जिन्दगीको भिख मागिरहेका माग्नेहरु ।
ऊ घाँटी समात्छे आफ्नो । गला अवरुद्ध भएको छ । सायद त्यो पीडा हो या क्रन्दन हो । ऊ देख्न थाल्छे त्यस चलायमान चित्रमा उसले सम्भिmन सक्ने अनुहारहरु । आफ्नी आमा, छिमेकी काका, पल्लो गाउँकी धमिनी, अन्तरे मामा, ठुली फुपु, मानेदर्जी, आफ्नै बडाबा, पसले फुपा , मितिनी दिदी र उसकी टुहुरी छोरी ! कोही त छैनन् अब गाउँमा । सबैलाई हैजाले लग्यो क्यारे ! या त ती चिहान नजिकै एक्लै - एक्लै लडेका हुनुपर्छ या त ती मर्नका लागि कहीँ सुस्तरी स्वास फेरिरहेका हुनुपर्छ । उ आत्तिदै उठ्छे ।
जीन्दगीमा कहिल्यै केही यसरी वितेको थिएन उसका लागि तर आज वित्न लाग्दैछ । दराजमा कोचेको एउटा ठूलो झोलामा उ के के खाँद्दैछ उसैलाई थाहा छैन । भरिएको गला त आखिर सुस्ताउन खोजिरहन्छ । त्यसले बाटो खोज्दै भक्कानो छुटाउँदैछ ! र ऊ रुन्छे सुस्ताउने गरी । एउटा स्वस्फुर्त अठोटले उसको मन बदलिएकोछ र उचाल्छे झोला । यतिबेला ऊ सम्भिmदै छे -यो त विदेश जानका लागि किनेको झोला हो । झोला किन्न जाँदा उसलाई साथीले भनेकी थिई - कविता तँ विदेश जाँदैछेस ! हेर देशलाई तँ चाहिएको छ ।" ऊ मुस्कुराउँछे । खुसीका आशु चुहिदैछन् तपतप ! ऊ थाप्छे अँजुली ।
- कति मूल्यवान छ यो खुशी ! अहँ म देश छोडेर कतै जान्न र जान पनि त सक्दिन
अनि निस्किन्छे ऊ ठूलो झोला र एक अँजुली खुशी लिएर जाजरकोटको यात्रामा । आज उसलाई खोजेको छ आफ्नै जाजरकोटले । 'खुशी त पानीको फोका जस्तो न हो, कति सजिलै फुटिदिन्छ । तर त्यो खुशी कहिकतै फुट्न दिने छैन' उ होरियार हुन्छे । जहाज आकासमा छ , उ आकाशबाट चिहाउँदैछे धर्तीमा । उसले थापेको आँजुलीमा आफ्नै अनुहार देखि उसले । कति सङ्गलो छ आँशु साच्चै निश्चल, निर्मल, निष्कपट ।
I like this satiric poem; keep on writing.
FROM DOHA QATAR.
BEST OF LUCK TO THEM HEARTLY
I PROMISE ILL BUY UR ALBUM AFTER PUBLISH
Could you please alllow me to join in Competition< This is Laxman Sagar creating Literature since 2048 from Dang.
I am the 03 person in Rapti Gazal History from Dang.
Now i m in Dubai and please note that we are keeping and continuing the Creation
Laxman Sagar +971-50-2369 227 , +971-55-2369 227
www.gargashme.com
Dubai UAE
thank u
hari karki I.Sc (CCT dharan)
i like the way you have given a glimpse of tatein this
keep it up
hope to read more
long time no see,can you plz visit www.ausnepalnews.com and send me mail.we can promote this site vise versa.article is good.
plz send me mail once.