|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



पुरा नाम -शङ्करप्रसाद श्रेष्ठ
साहित्यिक नाम-शैलेन्द्र साकार
जन्म-विसं २००३ भोजपुर बजार
कृति-शैलेन्द्र साकारका कविता-कवितासङ्ग्रह)-२०३६,कोलाज-कथासङ्ग्रह)-२०३६, कालपात्र र अरु कथाहरु-२०४२, सर्पहरु गीत सुन्दैनन्-कवितासङ्ग्रह)-२०४७, रामायण र अरु कथाहरु-कथासङ्ग्रह)-२०५५, नाङ्गो तार -कवितासङ्ग्रह)-२०५९, कवितामा अमेरिका-कवितासङ्ग्रह)-२०६०, अमेरिका-कवितासङ्ग्रह)-२०६४ र शब्दचिन्ता-कवितासङ्ग्रह)-२०६६
सम्पादक श्याम रिमालले २०६६मङ्सिर २९गते साँझ नयाँ बानेश्वरस्थित एक रेस्टुरेन्टमा गर्नुभएको साक्षात्कार
श्याम रिमाल-नेपाली साहित्य, विशेषगरी कविताको स्थिति कस्तो पाउनुहुन्छ?
साकार-नेपाली साहित्य, कवितालाई अन्तर्राष्ट्रिय परिस्थितिबाट अलग गरेर हेर्न मिल्दैन । हाम्रो कवितामा अझै गीतिमयता खोजिन्छ, तर विश्व गद्यकविताले त्यो स्थिति नाघिसकेको छ र आजको गद्यकविता रुखो र ठोस धरातलमा उभिएको छ, नेपाली कविताले त्यो स्थिति बुझ्नुपर्छ ।
श्याम रिमाल-सशक्त कविताहरु जन्मिरहेका छन् त?
साकार-केही छन्, तर पर्याप्त छैनन् । अहिले त वातावरण पनि त्यस्तो लाग्दैन । राजनीतिमा सङ्क्रमणकाल आएजस्तै नेपाली कवितामा पनि सङ्क्रमणकाल आएको हो कि ?
श्याम रिमाल-एकेडेमी गठन कस्तो हुनुपर्छ?
साकार- एकेडेमीको गठन राजनीतिक आधारमा मात्र हुनुहुन्न, लेखनाथ, देवकोटा, सिद्धिचरण, समजस्ता व्यक्तित्व बसेको एकेडेमीमा त्यस्तै छवि भएका आफ्नो विधामा समर्पित व्यक्तित्वलाई ससम्मान स्थान दिनुपर्छ । सत्ताजस्तै एकेडेमी बदलिरहनुहुन्न ।
श्याम रिमाल-कथा लेख्न छाड्नुभएको हो?
साकार-दुइचारवटा अझै लेखिरहेको छु, भर्खरै \\\\\\\\\\\\\\\'ग्रन्थी\\\\\\\\\\\\\\\'शीर्षक कथा\\\\\\\\\\\\\\\'नेपाल\\\\\\\\\\\\\\\'मा छापिएको छ, त्यो कथा अमेरिकामा कसरी पारपाचुके हुन्छ भन्ने सम्बन्धमा हो । मेरा लागि कविता र कथा दुवै सहज छन् ।
श्याम रिमाल-अमेरिकी कविता कस्तो पाउनुभएको छ?
साकार- मैले केही नयाँ अमेरिकी कविताहरुको अध्ययन गरेको छु र त्यहीस्तरमा नेपाली कवितालाई उठाउन प्रयत्नशील छु, समय र कालअनुसार केही परिवर्तन जरुर भएको होला, त्यो कुरालाई जीवनजस्तै जटिल र सरलरुपमा लिनुपर्छ, गत्यात्मकता कविताको प्राण हो ।
श्याम रिमाल-कथ्य कायाकल्प के हो?
साकार-यो नितान्त नयाँ अभियान हो, यो थालेको १०वर्ष भयो, यसको औच्ाित्य अझै देख्दैछु, कथ्यलाई कायाकल्प नगरी लेख्नुको कुनै औचित्य छैन, आफैंलाई बारम्बार दोहोर्याउनुको के अर्थ हुन्छ?
श्याम रिमाल-अचेल के गर्दै हुनुहुन्छ?
साकार- हाल बालसंस्मरणात्मक उपन्यास\\\\\\\\\\\\\\\'शब्दजरा\\\\\\\\\\\\\\\'लेख्दै छु । त्यसमा केही प्रयोग गर्ने कोसिस गरेको छु । विसं २००३देखि २०१७सम्मका कुरालाई जादु यथार्थको आवरणभित्र पाठकहरुले त्यसलाई पढ्नसक्नेछन् । पिता, त्यस समयका भोजपुरका प्रख्यात व्यक्तित्वहरुको चरित्र र बानीबेहोरा त्यसमा आउने छ । यसलाई म तीन खण्डमा लेख्नेछु ।
श्याम रिमाल-नेपाली साहित्यलाई विदेशमा पुर्याउन के गर्नुपर्छ?
साकार-धेरै मिहिनेत गर्नुपर्छ ,अहिलेका गतिविधि त थोरै अंशमात्र हुन् ।
| तपाईको प्रतिक्रिया | |
|
|