राजनीतिज्ञ एवम् स्रष्टा खनुरुपदे रामबाबुले महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवाषिर्कीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमबीच वि.सं. २००० पूर्व जन्मिएर राजनीतिक र साहित्यमा सक्रिय साहित्यकारलाई सम्मान गर्नुभयो । 'महाकवि देवकोटा शताव्दी सम्मान'बाट सम्मानित हुनेमा लोकेन्द्रबहादुर चन्द्र, मोदनाथ प्रश्रति, भद्राकुमारी घले, आनन्ददेव भट्ट, कमलराज रेग्मी, कमल न्यौपाने, गोविन्दप्रसाद लोहनी, जगदीश शमशेर राणा रहनुभएको छ । यस्तै, दान खलिङ, नारायणमान विजुक्छे, नारायणप्रसाद शर्मा, पासाङ गोपर्मा, मोहनविक्रम सिंह, यज्ञप्रसाद आचार्य, राजेश्वर देवकोटा, रामचन्द्र भट्टराई, रामहरि शर्मा, रामहरि जोशी, शक्ति लम्साल, शान्ता पोखरेल, श्यामप्रसाद शर्मा, शान्ता श्रेष्ठ, सुव सेन, क्षेत्रप्रताप अधिकारी, डा. ऋषिकेश उपाध्याय र ज्ञानउदास रहनुभएको छ ।
इ-जमाना डट कम