नवविवाहिता मैथिल पुत्रीहरू यतिखेर मधुश्रावनी पर्वको रमझममा जुटेका छन् ।दाम्पत्य जीवनसित सम्बन्धित भएकाले उनीहरू बढी उत्साहित भएर यो पर्व मनाउँछन् ।
मिथिलाञ्चलमा नेपाली र मैथिली भाषाभाषीले एकअर्काको संस्कृति र परम्परालाई स्वीकार गर्दै सामञ्जस्य र आपसी सद्भावनापूर्ण सामाजिक जीवन व्यतित गरिरहेको पाइन्छ ।
हाँकु गाविसमा अवस्थित पर्यटकीय, धार्मिक एवम् वातावरणीय महत्व बोकेको गिडीदह उचित संरक्षणको अभावले ओझेलमा परेको छ अहिले मानिसले जथाभावी गाईवस्तु र भेडाबाख्रा चराउनाले महत्वपूर्ण जडीबुटी नाश हुँदैछन् भने दह पनि फोहर हुँदैछ ।
द्वापरयुगको महाभारत कालखण्डमा पाण्डवहरु अज्ञातरुपमा वास बसेको विभिन्न ऐतिहासिक तथ्यबाट प्रमाणित भएको झापाका विभिन्न धार्मिकस्थलको आवश्यक प्रचारप्रसार गर्नसके लाखौंको सङ्ख्यामा पर्यटक भित्र्याउनसकिने सम्भावना देखिएको छ ।
द्वापरयुगको महाभारत कालखण्डमा पाण्डवहरु अज्ञातरुपमा वास बसेको विभिन्न ऐतिहासिक तथ्यबाट प्रमाणित भएको झापाका विभिन्न धार्मिकस्थलको आवश्यक प्रचारप्रसार गर्नसके लाखौंको सङ्ख्यामा पर्यटक भित्र्याउनसकिने सम्भावना देखिएको छ ।
माइपोखरी रामसार क्षेत्रमा सूचीकृत भएको खबरले दङ्ग भएका कमल मुखिया अहिले खिन्न छन् । जैविक विविधताले भरिपूर्ण माइपोखरी रामसार क्षेत्र घोषणापछि संरक्षणमा सरकारले चासो दिने उनको विश्वास थियो ।
नेपालको पूर्वाञ्चलको मधेश, पहाड र गाउँ, बजारमा चिनिएको नाउँ हो, गणेशप्रसाद शर्मा । पूर्वाञ्चलको पनि खासगरी मोरङ जिल्लामा एउटा प्रतापी पुरुष थिए गणेशप्रसाद शर्मा । अनि विराटनगरभरिमा शिक्षा, साहित्य र समाजसेवाका पहरेदार थिए गणेशप्रसाद शर्मा । उनलाई त्यस भेकमा प्रायः सबैले गणेश गुरु भन्थे ।
युनेस्को विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको प्रसिद्ध पुरातात्विक एवम् ऐतिहासिक महत्व बोकेको ५५ झ्याले दरबारका कोठाहरू विगत २२ वर्षदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छैन ।
हिन्दूहरूको धार्मिक आस्थाका रूपमा रहेको रुद्राक्ष अलौकिक शक्ति प्रदान गर्नुका साथै आर्युवेदिक औंषधिमा पनि उत्तिकै महत्वका साथ प्रयोग गर्ने गरिन्छ ।
नेपाली भाषासाहित्यको विकासमा विभिन्न मुलुकका क्रियाशील सङ्घसंस्थाहरूले निर्वाह गरेको भूमिकाप्रति हार्दिक आभार प्रकट गर्दै त्रिमूर्ति निकेतनद्वारा गठित \'महाकवि देवकोटा शताब्दी महोत्सव\' -१९६६-२०६६)का अवसरमा आयोजित \'प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन\' २०६६ -सन् २०१०) काठमाडौं, नेपाल पाँचबुँदे घोषणापत्र जारी गर्दछ :
औद्योगिक एवम् व्यापारिक नगरको रूपमा परिचित विराटनगर बजार केन्द्रमा रहेकोे वनस्खण्डी बाबा -शिव मन्दिर) प्रचारप्रसार एवम् संरक्षणको अभावले ओझेलमा परेको छ ।
भक्तपुर जिल्लामा पनि ऐतिहासिक रानीकोट दरबार एवम् रानीकोट गढी छ भन्ने सुन्दा अधिकांश भक्तपुरवासी अचम्म मान्दछन् । यस्तो ऐतिहासिक दरबार भक्तपुरको सिपाडोलमा छ तर अहिले भने त्यो भग्नावशेषमा परिणत भइसकेको छ ।
काठमाडौंको दक्षिणभेग र यस आसपासका प्रमुख तीर्थस्थल मध्येको प्रसिद्ध तीर्थस्थल काठमाडौं,ललितपुर र मकवानपुरको सिमानामा पर्ने लटरम्वेश्वर महादेव विशेष महत्व बोकेको पर्यटकीय तीर्थस्थल भएता पनि प्रचारको अभावमा ओझेल परेको छ ।
जाडो बढदै गएपछि म्याग्दी जिल्लाको सिङ्गा गाविस वडा नं ४ स्थित तातोपानी कुण्डमा नुहाउनेहरुको सङ्ख्या दिनानुदिन बढ्न थालेको छ । नदी किनारमा जमिनमुनिबाट आउने प्राकृतिक औषधियुक्त तातोपानीमा नुहाएपछि पुराना र जटिल रोगहरु निको हुने विश्वासमा सो कुण्डमा नुहाउनेहरुको सङ्ख्या बढदै गएको हो ।
नेपालका प्राचीन मन्दिरहरूमध्ये विशिष्ट पहिचान बनाउन सफल मानिएको उपत्यकाको चोभारस्थित आदिनाथ मन्दिर हो ।
आजभन्दा ८० वर्ष पहिले भारतको दार्जिलिङस्थित कालेबुङमा एक जोर दलितका घरमा एउटी कमला जन्मेकी थिइन् । उनी यही कात्तिक ८ गते त्यहीँको सिलिगुडीमा स्वर्गीय भइन् । नेपाली भाषासाहित्यमा ६५ वर्ष अक्षर खेलाउने विश्वविख्यात स्रष्टाले देह त्याग गर्दा नेपालका कुनै नेपाली भाषाका पत्रिकाले एउटा अक्षर लेख्न सकेनन् ।
श्याम रिमालसँग मेरो एकदशकभन्दा लामो समयदेखि सम्बन्ध रहँदै आएको छ। साहित्यमाको क्षेत्रमा काम गर्दै आउने क्रममा उहाँद्वारा रचित रचनाहरु सुन्दै र पढ्दै पनि आइरहेको छु। उहाँको स्वभाव सरल र मृदुभाषि रहेको छ। चेतनाका दृष्टिले हिमालझैं कञ्चन देखिन्छन्।
ललितत्रिपुरसुन्दरीको जन्म १८५० सालमा भएको थियो । यिनका बाबुआमाको खुट्पत्तो नभए तापनि यिनी थापाछेत्रीकी छोरी हुन् भन्ने बेहोरासम्म सुनिन्छ । यिनको बिहे जनरल भीमसेन थापाका पहलमा राजा रणबहादुर शाहकी पाँचौं रानीका रुपमा भयो । तर बिहे गरेको अर्को वर्ष यिनका पतिको निधन भयो ।
पत्रकारिताको बढ्दो लोकपि्रयतासँगै पछिल्लो समयमा पत्रकारिता पढ्न चाहने विद्यार्थीको सङ्ख्या पनि हृवात्तै बढेको छ । उपत्यकालगायत विभिन्न स्थानमा खोलिएका पत्रकारिता प्रशिक्षण केन्द्र र शिक्षण संस्थाहरुले पनि पत्रकारिताको बढ्दो लोकप्रीयताको पुष्टि गर्छन् ।
आजभन्दा चारदशक अघिदेखि रेडियो नेपालबाट राष्ट्रिय गीतका रूपमा बज्दै आएको यो गीत आम नेपाली श्रोताको मनछुने मात्र होइन, अहिले नयाँ नेपाल निर्माणका सन्दर्भमा समेत सबैका लागि उत्तिकै प्रेरणाको स्रोत बन्न सक्दछ ।
आज बाँचिरहेका भए गणतन्त्रमाथि भूपी कस्तो कविता लेख्थे होलान् ?तर यो प्रश्न निरर्थक छ,भूपीले जसरी लेख्नुपर्थ्यो छब्बीस सालपूर्व नै \'घुम्ने मेचमाथि अन्धो मान्छे\' लेखिसकेका थिए र जस्तो लेख्नुपर्थ्यो छयालीसपूर्व नै \'भूपी शेरचनका कविता\' मा लेखिसकेका छन् ।
नेपाली साहित्यिक आकाशमा कविता, गीत, गजल, मुक्तक, हाइकु र ताङकाजस्ता काव्यिक विधाको माध्यमद्वारा सुस्थापित स्रष्टा उज्ज्वल जी.सी.को \'नखोज आँसु बर्साउन’ गजलसङ्ग्रह-२०६१ नेराप्रप्रद्वारा प्रकाशित भएको छ ।
जसरी भौगोलिक नक्शामा प्राकृतिक र साँस्कृतिक सूचनाहरू अङ्कित हुन्छन् वा जसरी विषयबद्ध नक्शाहरू बनाएर सम्बद्ध तथ्य-तथ्याङ्क आवद्ध हुन्छन् पत्रिकामा पनि राजनीतिक, आर्थिक, सामाजिक र प्राकृतिक समाचारहरूले एउटा मानचित्र प्राकृतिक समाचारहरूले एउटा मानचित्र प्रस्तुत गर्छ । विषयका नक्शाङ्कनले झैं परिवेश प्रक्षेपण हुन्छ ।
नेपालमा आएको पछिल्लो राजनीतिक रुपान्तरणपछि सबै पक्षले धार्मिक स्वतन्त्रतालाई अङ्गीकार गर्न पुगेका छन् । हिन्दु अधिराज्यका पक्षधर राजसंस्थाका हिमायती केही व्यक्ति वा समूहलाई नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइइएकोमा चित्त बुझेको छैन । उनीहरुको मन कुँडिएको छ ।
बृटिश कोलोनी पछि भारतका कतिपय स्थानले बृटिश नाम नै प्राप्त गरे । जस्तै बम्बाई-मुम्बाई, मद्रास -चेन्याई, कलकत्ता - कोलकत्ता आदि । तिनका स्थानिय -पुराना) नामलाई विश्वले क्रमश विर्सिँदै गएको छ । विश्वको सर्वोच्च शिखर कुन हो भनी प्रश्न गर्दा विदेशिहरुले उत्तर दिन्छन्, \'माउन्ट एभरेष्ट\' । उनीहरुले \'सगरमाथा हो\' किन भन्दैनन् ?
आंतककारीको रूपमा परिचित ओसामा बिन लादेन एक जमानामा \'प्रतिभाशाली\' कवि भएको खुलासा भएको छ । आइतबार प्रकाशित एक समाचार अनुसार अल-कायदाका नेता लादेनको साहित्यिक कृति प्रकाशनोन्मुख छ ।
हिन्दुशास्त्रले दशैँलाई आफ्नो चाड मान्दा किराँत जातिले यो चाड आफ्नो नभनी यसको अवज्ञा गर्नु वा बहिस्कार गर्नु एक हिसावले ठूलै गलत सोच हुन्छ । हिन्दुहरुले यो संस्कृति ग्रहण गरेको प्रघटना किराँतहरुको लागि एउटा गर्वको विषय हो । समस्त किराँतहरुले आफ्ना पूर्वरित अनुशार यस कृषी चाडलाई निरन्तरित गर्दै लानुपर्छ ।
नेपाल बालसाहित्य समाज मुलुकको बालसाहित्यसम्वन्धी अग्रणी संस्था हो । दुई दशकदेखि यसले बालसाहित्यको विकासका लागि काम गर्दै आएको छ । यो समाजका संस्थापक अध्यक्ष भाषाविद प्रा.डा. चूडामणि वन्धु हुन् । उनले बालसाहित्यको प्रवर्धनको उद्देश्यका साथ स्थापित यो संस्था अहिले निर्वाचनको संघारमा छ ।
आफ्ना उत्कृष्ट भावनाहरूलाई रदिफ काफियामा उनेर साहित्य सिर्जना गर्ने राजेन्द्र थापा गजल विधामा छुटाउनै नहुने नाम हो । जीवनका सबैखाले भोगाइहरू, उकाली-ओरालीहरूका संस्मरणहरूलाई सुटुक्क चोरेर भावनाहरूको माला रचेका छन् उनले । सरल गेय भाकामा रहेका यी सिर्जनाले व्यक्तिगत र राष्ट्रियताका मर्महरू ओकलेको देखिन्छ ।
कला-साहित्य जनताबाट, जीवनबाट जति नै टाढा हुन्छ, उति नै त्यो तुच्छ, निम्न हुन्छ र उति नै त्यो बैचारिकरुपमा पतनको समीप हुन्छ ।
1 2 >