विभिन्न विधाका साहित्यिक रचनालाई आधार बनाई लेखिएको बृहत् समालोचना ग्रन्थ \'माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य\' को बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिकीकरण गरिएको छ ।
साउन महिनाको सोमबारका दिन नीलकण्ठ पन्छीको दर्शन गर्ने परम्परालाई यस पटक ग्रामीण समुदायले निरन्तरता दिन सकेनन् । यसपटक नीलकण्ठ कतै देखापरेन ।
नेपालमा पहिलो पटक सङ्गीत रेकर्ड गरेर भित्र्याउने नेपालका पहिलो सङ्गीतकार, गीतकार र गायक मित्रसेन दाहाल स्मृति प्रतिष्ठानको सहयोगार्थ राजधानीमा बृहत् साङ्गीतिक च्यारिटी कार्यक्रम हुने भएको छ ।
राष्ट्रपति डा रामवरण यादवले डा यादवप्रसाद पन्त स्मृति ग्रन्थको बुधबार राष्ट्रपति भवन शितलनिवासमा एक समारोहबीच विमोचन गर्नुभयो ।
पुरातात्विक स्थल दुर्वासा ऋषि आश्रमको उत्खनन् आवश्यक भएको महसुस गरिएको छ । धनुषा जिल्लाको दुहवी गाविसमा पर्ने सो स्थल हाल खुल्ला सङ्ग्राहलय झैं भएको छ ।
इलामको विभिन्न गाविसमा पानीघट्ट निर्माण भएपछि मानिसको जीवनशैलीमा फरक आएको छ । इलामको पश्चिमी गाविस मङ्गलबारेका ६०/७० घरका परिवारले घट्टमा मकै, कोदो, गहुँ, बेसार, चामललगायत पिठो पिसाउने काम गर्दै आएका छन् ।
आगामी वर्ष मनाइने नेपाल पर्यटन वर्ष सफल पार्न नगरकोटका पर्यटन व्यवसायीले भिजिट नगरकोट अभियान थाल्ने भएका छन् ।
कर्मयोगी बद्रीबिक्रम थापाको ८८ औँ जन्मजयन्तीको अवसर पारेर मिथिला नाट्यकला परिषद् जनकपुरलाई रु ५१ हजारसहितको सेवा पुरस्कारद्वारा सम्मान गरिएको छ ।
गायक तथा संगीतकार प्रमोद खरेलले तयार गर्नुभएको एकल गीतिसङ्ग्रह \'प्रणय\' मंगलबार सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्युजिक प्रालिले सो गीतिसङ्ग्रह प्रकाशनमा ल्याएको हो ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले आफ्नो स्थापनाको सयदिन दिन सकिएको अवसरमा ४५ वर्षसम्म नभएको काम पुरा गरेको दावी गरेको छ ।
राष्ट्रपति डा रामवरण यादवले सोह्रौ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द नामक पुस्तक र नारी नामक भोजपुरी भाषामा प्रकाशित कथासङ्ग्रहको मंगलबार एक समारोहमा राष्ट्रपति भवन शीतल निवासमा विमोचन गर्नुभएको छ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन -युनेस्को) पेरिसले नेपालको साक्षरता अभियान सञ्चालन गर्ने सरकारी निकाय \'अनौपचारिक शिक्षा केन्द्र\' लाई २० हजार अमेरिकी डलरको \'साक्षरताका लागि युनेस्को कन्फ्युसियस पुरस्कार २०१०\' प्रदान गर्ने भएको छ ।
शिवको महिना अर्थात साउनभरि शिव महापुराण, श्रीमद्भागवत, कृष्णझुला तथा कथाप्रसङ्गअनुसार झाँकी प्रदर्शनसहितको विशेष धार्मिक प्रवचन भुवनेश्वरी देवी कोटीहोम स्थलमा सुरु गरिएको छ ।
प्रधानमन्त्री एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान -नास्ट)का कुलपति माधवकुमार नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ऐन बमोजिम प्रा डा अमृतबहादुर कार्की, प्रा डा जीवराज पोखरेल, प्रा डा सानुदेवी जोशी, प्रा डा मङ्गलादेवी मानन्धर र प्रा डा रमेशकान्त अधिकारीलाई प्राज्ञमा नियुक्त गर्नुभएको छ ।
पर्यटकीय सम्भावना भएका पापुङ र सावाको धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको प्रचारप्रसार गरी पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले तोक्पेगोला सोदुपोखरी तथा फुङ्फुङ्गे झरना महोत्सव आयोजना गरिने भएको छ ।
राष्ट्रिय जनता दल नेपाल, मोरङले अन्य स्थानीय भाषामा जस्तै मगही भाषामा पनि सरकारी सञ्चारमाध्यमबाट समाचार प्रसारण गर्न माग गरेको छ ।
छुवाछूतविरुद्ध आइतबार बाँकेको राधापुर गाउँ विकास समितिका विभिन्न स्थानमा सडकनाटक प्रदर्शन गरिएको छ ।
आगामी पुस २३ देखि माघ २ गतेसम्म दमौलीमा तनहुँ महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समिति र ब्यास नगरपालिकाको आयोजना तथा दमौलीबजार व्यवस्थापन समिति एवम् आदिवासी जनजाति जिल्ला समन्वय समितिको संयोजनमा महोत्सव हुनलागेको हो ।
\'नजानेसम्म गार्हो त हो नि, जाने पछि त के को गाह्रो ?\' बाल्य अवस्थादेखि नै प्याङ बनाउने पेसामा लागेका रामसुन्दर महर्जनको भनाइ हो यो ।
अभियान साहित्य प्रतिष्ठानले हरेक दुई वर्षमा प्रदान गर्दै आएको \'रु.एकको बेग्लै अभियान पुरस्कार\' यस वर्षका लागि समालोचक आनन्ददेव भट्टलाई प्रदान गरिने भएको छ ।
एकसय वर्षअघिदेखि नेपाली भाषासाहित्यको जगेर्नामा महत्वपूर्ण योगदान गर्दै आएको सरकारी स्वामित्वको प्रकाशनगृह जीर्ण भएको छ ।
विश्व नेपाली साहित्य महासंघको संयोजकत्वमा एवं अन्तररास्ट्रिय नेपाली साहित्य समाज रुस शाखाको तत्वावधानमा यहि जुलाई २१, २०१० रुसको राजधानी मस्को स्थित रमणीय क्ल्याज्मा जलसरोवर विश्राम-क्षेत्र ख्लेव्निकोभामा एन.आर.एन.रसियाको वार्षिक-क्यालेन्डरमा समाहित १९७ औं भानुजयन्ती बनभोज कार्यक्रमकासाथ भव्यतापूर्वक सम्पन्न भयो |
साङ्गीतिक क्षेत्रमा विशेष योगदान पुर्याएबापत पाँचजना प्रतिभालाई छिन्नलता गीत पुरस्कारबाट बिहीबार सम्मान गरिएको छ ।
आदिवासी जनजाति समन्वय समिति बागलुङको पाल्पामा बागलुङ नगरपालिका-१ बाङ्गेचारमा निर्माण गर्न लागिएको आदिवासी जनजाति सङ्ग्रहालय भवनको शिलान्यास गरिएको छ ।
कवि हिरा आकाशको बिहीबार बिहान १०.१०बजे आफ्नै निवास भद्रपुरमा निधन भएको छ ।विगत केही दिनदेखि भारतको सिलगुडीस्थित नर्थ बङ्गाल अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको थियो ।
नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले बिपी कोइराला जस्तोसुकै त्याग गरेर भए पनि आदर्शको राजनीति गर्ने प्रजातन्त्रवादी एवं समाजवादी विचारका चिन्तक भएको बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले यही साउन ७ गतेदेखि १४ गतेसम्म महिलामात्र सहभागी हुनेगरी \'वर्षा\' कला प्रदर्शनीको आयोजना गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानले आˆनै ग्यालरीमा आयोजना गर्ने सो प्रदर्शनीमा विशेषगरी जलवायु परिवर्तनको सन्दर्भमा मनसुनसँग सम्बन्धित कला रहनेछन् ।
साउन महिनाको सुरुसँगै पर्याप्त वर्षा भएपछि पश्चिम स्याङ्जजामा बल्ल रोपाइँ सुरु भएको छ । विगतका वर्षहरूमा असारको तेस्रो सातामा अधिकांश स्याङ्जावासीले रोपाइँ सकिसक्ने गरेकोमा पश्चिम स्याङ्जाका जगत्रदेवी, तुलसीभञ्ज्याङ, मालुङ्गा, चापाकोट, सेखाम, साँखर, तीनदोबाटे, पकवादी, वालिङ नगरपालिका, दार्सिङ दहथुमलगायत दर्जनौँ गाविसका कृषकले बल्ल धान तथा कोदो रोप्न सुरु गरेका छन् ।
यहि जुलाई १८, २०१० को दिन, अनेसास केन्द्रीय कार्यालयले उडब्रिज (भर्जिनिया) स्थित potomac नदीको किनारमा रहेको रमणीय लिसिल्भ्यानिया स्टेट पार्कमा १९७ औं भानु जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको उन्नाइसौं साधारण सभा सम्पन्न गरयो | समारोहका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा. शंकर शर्माले व्यानर अनावरण गरेर उद्घाटन गरिएको उक्त कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण समेत गरिएको थियो |
कलाकार सागर मानन्धरद्वारा तयार गरिएका चित्रको प्रदर्शनी नेपाल कला परिषद्मा बुधबारदेखि एकहप्तासम्म सुरु भएको छ ।
1 2 3 4 > Last ›