मृगौला पिडित सुरेशकुमार राईको उपचार सहयोगार्थ यसै हप्ता सिंगापुरमा एक सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको कपिलवस्तुको गुरुयोजना बन्ने भएको छ ।विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित विभिन्न बौद्धस्थलको विकासका लागि कपिलवस्तु, तिलौराकोट गुरुयोजनाको निर्माण गरिने भएको लुम्बिनी विकास कोषले जानकारी गराएको छ ।
नेपाली काङ्ग्रेसका उपसभापति प्रकाशमान सिंहले मुलुकमा शान्ति स्थापना र माओवादी लडाकूको समायोजन हुनुअगावै संविधान जारी गर्न नहुने बताउनुभएको छ ।
लोकगीत र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सर्वाधिक पुरस्कार राशीको दोहोरीगीत प्रतियोगिता यही फागुन २९ देखि चैत ७ गतेसम्म आयोजना हुनेभएको छ ।
राजधानी काठमाडौँसंग जोडिएको नुवाकोटमा आजदेखि दोस्रो नुवाकोट महोत्सव सुरु हुदैछ ।
मलेसियाका अग्रज साहित्यकार मनि राई गोठालेद्धारा लिखित कथा संग्रह \'युद्ध समाधि\' क्वालालम्पूरस्थीत द गोर्खाज रेष्टुरेन्टमा सानी बच्ची निङ्वा लिम्बूको हातबाट विमोचन भएको छ ।
नेपालकै सम्भवतः सर्वाधिक ठूलो र सुविधासम्पन्न सिनेमा हल आजदेखि सञ्चालनमा आएको छ । काठमाडौँ कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको सो हलमा बिहीबारैदेखि फिल्म प्रदर्शन पनि थालनी गरिएको छ ।
पानी रङ्ग, पत्रिका र रेखाचित्रको प्रयोग गरी पोखरेली कलाकार पदम घलेले बिहीबारदेखि पोखरामा जनआवाज \'पब्लिक भ्वाइस\' शीर्षकमा एकल कला प्रदर्शनी सुरु गरेका छन् ।
स्रष्टा डा. ऋषिप्रसाद बरालको \'सत्ता र संस्कार\' नामक पुस्तकको बिहीबार राजधानीमा विमोचन गरिएको छ । अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रालिद्धारा आयोजित समारोहमा एकीकृत नेकपा -माओवादी) का केन्द्रीय सदस्य अनिल शर्मा -विरही) र कलाकार माइला लामाले संयुक्तरुपमा पुस्तक विमोचन गर्नुभएको थियो ।
जन्मकुण्डलिनीमा कालसर्प योग परेका व्यक्तिले लक्षित कार्यमा बाधा-व्यबधान उत्पन्न हुन नदिन र घातक रोगबाट मुक्त हुन विशेष पूजापाठ गराउनुपर्नेर्े ज्योतिषविद्हरूको सुझाव छ ।
महाकवि देवकोटा शताब्दी महोत्सवका सन्दर्भ तथा नाट्यसम्राट बालकृष्ण समको १०८औँ जयन्तीका अवसरमा राष्ट्रका विविध क्षेत्रका ३० जना महानुभावलाई आइतबार राजधानीमा महाकवि देवकोटा शताब्दी सम्मान तथा पुरस्कार समर्पण गरियो ।
सुसेली साहित्यिक प्रतिष्ठान फर्पिङको आयोजनामा जागरणवादी कवि धरणीधर कोइरालाको ११८ औँ जन्मजयन्ती तथा नाटककार बालकृष्ण समको १०७ औँ जन्मजयन्ती मनाइयो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले नाट्यसम्राट बालकृष्ण समको १०८ औं जन्मजयन्ती राष्ट्रव्यापी रुपमा मनाउनुपर्ने बताउनुभएको छ ।
अभिनव साहित्य समाज जोरपाटीले इलामका युवा गजलकार टीका बेरुपलाई २०६६ सालको गजल पुरस्कारबाट सम्मानित गरेको छ ।
चित्रकार झसेन्द्रविक्रम राणाको एकल चित्रकला प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा आइतबारदेखि सुरु भएको छ । एकहप्ते सो प्रदर्शनीमा राणाका २०१३ सालदेखि हालसम्मका चित्र राखिएका छन् ।
एकैदिन एउटै गाउँमा दर्जनभन्दा बढी विवाह हुँदा झापाको सुरुङ्गामा विवाहका लागि जन्तीको अभाव भएको छ । माघ २४ गतेका दिन अत्यधिक विवाहको लगन हुँदा गाउँमा विवाहका लागि जन्ती अभाव भएको हो ।
यस वर्षको शङ्कर लामिछाने निबन्ध पुरस्कार साहित्यकार डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ । शङ्कर लामिछाने निबन्धकोषको हालै सम्पन्न बैठकले निबन्धकार शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रवासी लाङ्गघाली मगर संघ साउदी अरबले नेपालीहरुको महान चार्ड फागुन पूणिर्मा तथा मगरहरुको २७औं बार्षिक उत्सव सुमधुर साँस्कृतिक कार्यक्रमको साथ २६ फेब्रुआरी २०१० शुक्रबार साउदी अरबको दमाम शहर नजिकै पर्ने अल शिहाब म्यारिज हलमा तथा ०५ मार्च २०१० शुक्रबार रियाद शहरको इक्जीट १८, नुर स्तराहमा भब्यरुपमा मनाउने तयारी गरिरहेको छ ।
गत ३१ तारिख आइतवारका दिन बेल्जियमको अन्त्वेर्पेन शाहरमा एक भब्य समारोह का माँझ कवि तथा गीतकार बिमल गिरी द्वारा लिखित \'सम्झनाका तरेली\' नामक गीती संग्रह्को बिमोचन भएको छ ।
वनस्पति तथा वन्यजन्तु संरक्षणमा विज्ञता हासिल गर्नुभएका डा. रवि शर्मा अर्यालले लेख्नुभएको \\\'साइटिस् ईम्पिलमेन्टेशन ईन ईण्डिया एण्ड नेपाल\\\' नामक पुस्तकको कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले शुक्रबार राजधानीमा विमोचन गर्नुभयो ।
यहाँ आयोजित एक साहित्यिक कार्यक्रममा दुई छुट्टाछुट्टै कृतिको विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आइतवार आयोजना गरेको कार्यक्रममा च्याप्टरका कार्यकारी सदस्य तीर्थराज पाण्डेयबाट लिखित चिरायु उपन्यास र ११ वर्षीया बालिका प्रीया सुवेदीले लेखेको अंग्रेजी भाषाको बाल कथा सुपर गाल विमोचन गरिएको हो ।
साझा प्रकाशनले यही माघ २३ देखि फागुन ३ गतेसम्म राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौँमा बृहद् पुस्तक प्रदर्शनी-२०६६ आयोजना गर्ने भएको छ ।
देवकोटा स्मृति भवन भद्रपुरद्वारा शनिबार भद्रपुरमा आयोजित समारोहमा पुनरावेदन अदालत धनकुटाका न्यायाधीश शेषराज शिवाकोटीले \'जुही डा. हृषिकेश उपाध्याय विशेषाङ्क\' लोकार्पण गर्नुभयो ।
हास्यव्यङ्ग्य समाज नेपालले हासने पुर्पुरो सम्मान र युवा प्रतिभा पुरस्कार छनौटका लागि नरेन्द्रराज पौडेल, प्रल्हाद पोखरेल र रामप्रसाद पन्त रहेको समिति गठन गरेको छ ।
आठवर्षअघि नुमाफुङ चलचित्र निर्माण गरेका सफल निर्देशक नवीन सुब्बाले \'गुडवाइ काठमाडौँ\' नामक चलचित्र निर्माण गर्ने हुनुभएको छ ।
यूएईको प्रथम नेपाली साहित्यिक संस्था \'नेपाली साहित्य तथा साँस्कृतिक परिषद्\' को आयोजनामा गजल मुशायराको आयोजना हुने भएको छ।
राष्ट्रपति डा. रामवरण यादवले काठमाडाँै विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुरेशराज शर्मालाई शुक्रबार राष्ट्रपति भवनमा आयोजित समारोहमा \'दण्डपाणि अज्र्याल स्मृति पुरस्कार २०६६\'बाट सम्मान गर्नुभयो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सङ्गीत क्षेत्र तथा चित्र र मूर्तिकला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने चार व्यक्तिलाई सम्मान गर्नुभयो ।
साहित्यकार बाबा बस्नेतको \"रातकी रानी\" नामक उपन्यासको बिहीबार विमोचन गरियो । दिगो विकास नेपालले आयोजना गरेको कार्यक्रममा सो कृतिको विमोचन गर्दै सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले समाजको मनोविज्ञान निर्माण गर्ने भनेका सर्जक नै हुने भएकाले यसतर्फ लाग्न उनीहरुलाई अनुरोध गर्नुभयो ।
दलित समुदायको विवाह, व्रतबन्ध र मृत्यु संस्कारमा रक्सी चढाउने परम्परागत संस्कार दलित आफैँले तोडेका छन् ।
1 2 3 4 > Last ›