यहाँस्थित वेस्टजोन माध्यमिक विद्यालयका छात्रछात्राले \'अङ्कुरण\' नामक पुस्तक प्रकाशन गरी सिर्जनशील कामको उदाहरण प्रस्तुत गरेका छन् ।
गायक प्रकाश पौडेलको मुख्य प्रस्तुतिमा एडभान्स गु्रप र ००९७७ युएई, को आयोजना फुडलैण्ड रेष्टुरेण्टमा एक साँगीतिक कार्यक्रम सहित सप्तान्तको रमाइलो गरे । युएईका नेपाली युवाहरुबीच लोकप्रीय बन्दै गरेको डिजे म्युजिकमा विभिन्न खाले नेपाली गीत र नृत्य प्रस्तुत गरिएको थियो ।
देशदेशान्तरमा महाकवि देवकोटाको शतवार्षिकी भव्य, उल्लासमय र चीरस्मरणीय रुपमा मनाई छुटपुट रहेका काम त्रिमूर्ति निकेतनलाई जिम्मा लगाएर \"लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी समारोह समिति\" को बिघटन गरिएको छ ।
मास्को महानगरीबाहिर पर्ने इस्त्रानदीको रमणीय तटमा निर्मित जलागारको छेउमा रहेको प्रकृतिको काखमा रूस दिवसको सन्दर्भ पारेर हरेक वर्ष जून १२-१३ तारिखका दिन गैरआवासीय नेपाली संघ रूसद्वारा परम्परागत रूपमा गैरआवासीय नेपाली दिवस (एनआरएन डे) मनाउन आयोजना गरिने वृहत बनभोज कार्यक्रमको क्रममा आफ्नो कैयौं वर्षको परिश्रमको फल \'स्थाननामकोश\' को परिमार्जित तथा परिबर्धित द्वितीय संस्करणको लोकार्पण रूसका लागि नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरूङबाट गराउने सुअवसर पाइएकोमा मलाई अपार हर्षको अनुभव भइरहेको छ ।
भारतीय चलचित्र क्षेत्रकी प्रसिद्ध नायिका, नेपाली चेली मनिषा कोइरालाको नेपाली व्यापारी सम्राट दाहालसँग शनिवार हुने विवाहका लागि गोकर्ण रेसोर्टलाई विशेष रुपमा सजाइएको छ ।
काठमाडौँ उपत्यकाका नेवार जातिले बिहीबार पानी दिवसका रुपमा सिथि नखः पर्व खुशियालीका साथ मनाएका छन् । प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्टीका दिन टोलटोलमा रहेका पानीका स्रोत इनार, कुवा, ढुङ्गेधारा र पँधेरोमा सरसफाई गरी कुमार कार्तिकेयको प्रतीमा बनाई पूजा गरिने र खटमा राखी जात्रा समेत निकालेर नगर परिक्रमा गराइन्छ ।
रोल्पा, रुकुम लगाएतका जिल्लाबाट दाङमा आई बसोवास गरेका मगरसमुदायका मानिसहरु यतिबेला आफ्नो संस्कृति जर्गेनाका लागि लागिपरेका छन् ।
लेखिका राधा महतद्वारा लिखित \'महिला मुक्ति सङ्घर्ष\' नामक पुस्तकको बिहीबार आयोजित समारोहमा नेकपा (एमाले)का नेता देवराज भारले विमोचन गर्नुभयो ।
नेपालमा महिला कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले महिलामात्र सहभागी हुनेगरी \'वर्षा\' कला प्रदर्शनी हुनेभएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले यही असारको तेस्रो साता प्रज्ञाप्रतिष्ठान ग्यालरीमा आयोजना गर्ने सो \'वर्षा\' प्रदर्शनीमा विशेषगरी मनसुनसँग सम्बन्धित कला रहनेछन् ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले अघिल्लो साता पूर्वाञ्चलमा स्थानीय कलाकारहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ । प्रज्ञाप्रतिष्ठानका कुलपति किरण मानन्धर, प्राज्ञ कर्ण मास्के, शान्तकुमार राई र रवीन कोइरालासहितको टोलीले स्थानीय कलाकारसँग भेट गरी उनीहरूको सुझाव लिएको थियो ।
नेपालमा परम्परागत रूपमा कृषकले प्रयोग गर्दैआएका हलोजुवा निर्माण गर्ने व्यक्ति लोप हुन थालेका छन् । सवारी साधनको सुविधा तथा ट्रयाक्टर जान सक्ने ठाउँमा हलोजुवाको प्रयोग नगरिए पनि मुलुकका अधिकांश ग्रामीणक्षेत्रमा खेतबारी जोत्नका लागि हलोजुवाकै प्रयोग गरिन्छ ।
लोपोन्मुख नेपालको गन्धर्व जातिले नेपाली लोकसंस्कृतिमा आधारित रहेर सारङ्गी रेट्दै गीत गाउने परम्परालाई अझै जीवित राख्ने प्रयत्नलाई जारी राख्दैआएका छन् ।
एसोसिएन अफ नेप्लिज इन अमेरिका (एएनए)को २८ औं सम्मेलनका दौरान आयोजना हुने अन्तराष्ट्रिय कविता महोत्सवमा प्रथम हुने कवितालाई एक हजार डलर पुरस्कार दिइने भएको छ ।
नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वाषिर्कोत्सवको अवसरमा बुधबार राजधानीमा एक साङ्गीतिक कार्यक्रम आयोजना गरियो
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभराको तस्वीर अङ्कित ब्यानर फहराइएको छ । ताप्लेजुङ जिल्लाकै ओलाङचुङगोला गाविसका दोर्जे खत्रीले \"पाथीभरा माता की जय\" लेखिएको ब्यानर फहराएका हुन् ।
सुदूरपश्चिममा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत साहित्यकार पदमराज जोशी \'प्रभात\' लाई यस वर्षको क्षेत्रीय प्रतिभा पुरस्कारबाट सम्मान गरिने भएको छ ।
ऐतिहासिक टरुवा तालको दिनदिनै अतिक्रमण हुँदैजादा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ ।करिब ७० बिघा जमिनमा फैलिएको तालको अतिक्रमण हुँदै जाँदा ताल पुरिन लागेको भन्दै सरोकारवालाले अतिक्रमण गर्नेलाई हटाउन माग गरेका छन् ।
नेपाली दूतावास ब्रसेल्सको संरक्षकत्व तथा सहयोग, गैरआवासीय नेपाली सङ्घ बेल्जियमको आयोजना र बेल्जियममा बसोवास गर्ने नेपाली समुदायका सङ्घसंस्थाका सक्रिय सहभागितामा ब्रसेल्स लुभनस्थित बु्रलपार्कमा भएको नेपाल महोत्सव २०१० हालै सम्पन्न भयो ।
नेपाल पत्रकार महासङ्घ, मोरङले यस वर्षको प्रतिभा पत्रकारिता पुरस्कार उद्घोष दैनिकका सहसम्पादक कमल रिमाललाई दिने निर्णय गरेको छ ।
तमू धीं गणतन्त्र कोरियाको बृहत भेला अफ्नो कार्यलय सिन्सोल दोङमा तमू धीं गणतन्त्र कोरियाको अध्यक्ष श्री रामकाजी गुरुङ ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।
आदिवासी खवास जाति जातीय पहिचानबाट वञ्चित भएको भन्दै खवास समाज परिषद् मोरङ्ले देशमा आफ्नो पृथक पहिचानको माग गरेको छ ।
बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएपछि विगतका वर्षको तुलनामा सुर्खेतमा यसवर्ष बालविवाहका घटनामा कमी आएको छ ।
सङ्कलन र संरक्षणको अभावमा कञ्चनपुरका दाङ्गाली थारुहरूको परम्परागत गीतहरू लोप हुने अवस्थामा पुगेका छन् । सयमअनुसार गाइने धमार, नैना, बङ्किमार, सजना, ढुमरु, मागर, वनगितवालगायतका गीतहरू बुढापाकाको उमेरसँगै ओझेलमा पर्न थालेका हुन् ।
अन्तर्राष्ट्रिय नेपाली साहितय समाजको नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको सन्दर्भमा अध्यक्षका प्रत्यासी साहित्यकार ज्ञानेन्द्र गदाल समूहले आफ्नो समूहको उम्मेदवारीबारे एक वक्तव्य सार्वजनिक गरेको छ।
प्रतापनिधि शर्मा स्मृति कोषले हरेक वर्ष प्रदान गर्दैआएको सम्मान यस वर्ष पण्डित जानकीबल्लभ दाहाललाई प्रदान गरेको छ ।
त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा यही जेठ २८-२९ गते नुवाकोटका वेत्रावती, नुवाकोट दरबार क्षेत्र र देवीघाटमा त्रिशूली साहित्य यात्रा सम्पन्न भयो ।
संविधानसभाका दुईजना सभासद्ले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकमबाट विद्यालयलाई विज्ञान सामग्री प्रदान गर्नुभएको छ ।
प्रेस चौतारी झापाले तीन/तीन वर्षमा प्रदान गर्दै आएको द्रोणाचार्य क्षेत्री उत्कृष्ट पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार शिव गाउँलेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
रुसमा रहेका गैरआवासीय नेपालीहरुले आज \'एनआरएन दिवस\' रमणीय इस्त्रा तटमा भव्य बनभोजलगायतका विविध कार्यक्रमसहित मनाउने भएका छन् । कार्यक्रम गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रुसको आयोजनामा हुन लागेको हो ।
विभिन्न ज्योतिषशास्त्रीहरूले सर्वसाधारणले ज्योतिषशास्त्रका गणकलाई आत्मसात गरेमा मष्तिष्क, श्वासप्रश्वास, कण्ठनली, पेटको रोग निदान हुने बताउनुभएको छ ।
‹ First < 1 2 3 4 5 6 7 > Last ›