उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को अनिवार्य नेपाली बिषयको पाठयपुस्तक आज सार्वजनिक गरेको छ । परिषद्ले बिहीबार पत्रकार सम्मेलन गरी \'सबैको नेपाली\' नामक पुस्तकको सार्वजनिक गरेको हो । पुस्तकको साझा प्रकाशनले प्रकाशन तथा वितरणको जिम्मा लिएको परिषदका उपाध्यक्ष डा. उपेन्द्र कोइरालाले जानकारी दिनुभयो ।
\"आयस्रोत छैन पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनु हाम्रो कर्तव्य बनेको छ । यही पेसाले परिवार पाल्न नसकिए पनि सामान्य समस्या सुल्झेको छ ।\" यो भनाइ दैलेख, कालिकोट सीमानाबीचमा पर्ने भर्ता गाविस-२ दैखोलास्थित नरबहादुर विकको हो ।
भोजपुरे सिरूपाते खुकुरीको बजार पुनः चम्किन थालेको छ । माओवादी द्वन्द्वकालमा थला परेको सो व्यवसायले हाल बजार पाउन थालेको व्यवसायीहरू बताउँछन् ।
मध्यपश्चिमको दुर्गम जिल्ला रुकुमलाई पर्यटकीयस्थलका रूपमा स्थापित बनाउन स्यार्पु महोत्सव हुने भएको छ । उक्त स्यार्पु महोत्सव आगामी असोज ११ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ ।
विश्वको जुनसुकै भूभागमा रहेर बौद्ध दर्शनको अध्ययन र अहिंसात्मक आन्दोलनमा सक्रिय व्यक्तित्व वा संस्थालाई प्रदान गरिने \'गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार\' स्थापना भएको आठ वर्षपछि नेपाल सरकारले यसको छनोट कार्य प्रारम्भ गरेको छ ।
एएनएको वार्षिक सम्मेलनमा सम्पन्न गरिंदै आएको साहित्यिक कार्यक्रम वोष्टनमा सम्पन्न भएको छ । यस वर्ष नेपाली कविताको इतिहासमै सम्भवत अमेरिकी डलर एक हजार नगद पुरस्कार राखिएको कविता प्रतियोगिता तथा अनेसासले हरेक बर्ष प्रदान गर्दै आएको अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको नारायण जयन्ता सर्वोत्कृष्ट वेभ पत्रकारिता पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ ।
काठमाडौँ । साहित्यकार झमक घिमिरेद्धारा लिखित \'जीवन काँडाको फूल\' नामक आतमवृतान्त कृति सोमबार लोकार्पण गरिएको छ । झमक घिमिरे साहित्यिक प्रतिष्ठानद्धारा आज यहाँ आयोजना गरिएको लोकार्पण कार्यक्रममा वक्ताहरूले झमक घिमिरेको पुस्तक पढेर धेरैले बाच्ने कला सिक्ने बताउनु भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बाँके जिल्लाका द्धन्द्व पीडितको पुस्तक प्रकाशन गर्न लागेको छ । सशस्त्र जनयुद्धका समयमा जिल्लामा पीडित भएकाहरूको \'भिक्टीम प्रोफाईल\' सहितको पुस्तक प्रकाशित हुने इन्सेकका क्षेत्रिय संयोजक भोला महतले जानकारी दिनुभयो ।
राष्ट्रिय लोकतारा खोजी अभियानअन्तर्गत नुवाकोटमा सञ्चालन भएको नुवाकोट लोकतारा प्रतियोगितामा विनोद सुनार नुवाकोट लोकतारा हुनुभएको छ ।
लायन्स क्लब, विराटनगर सेन्टरले संस्कृति पढ्ने चारजना मुस्लिम विद्यार्थीलाई मासिक छात्रवृत्ति प्रदान गरेको छ । सेन्टरका अध्यक्ष हरिबहादुर श्रेष्ठले रु. ५०० का दरले शनिबार आयोजित एक कार्यक्रममा उक्त छात्रवृत्ति प्रदान गर्नुभयो ।
विश्व सङ्गीत दिवसको अवसरमा पोखरामा सोमबार सात स्रष्टा सम्मानित हुनुभएको छ । सङ्गीत क्षेत्रमा उल्लेख्य योगदान पुर्žयाएको भन्दै पोखरा लोकसङ्गीत समूहले सङ्गीतकार पूर्ण नेपाली, लोकगायक नरबहादुर परियार, दोहोरीगायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियार, वरिष्ठ नृत्यनिर्देशक रुपेनबाबु थापा र मरणोपरान्त झलकमान गन्धर्वलाई सम्मान गरेको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा उत्तरी रसुवाको थाम्बुचेतमा हाल सम्पन्न निःशुल्क स्वास्थ्य शिविरपछि यहाँका बासिन्दा आयुर्वेदिक औषधितर्फ आकर्षण हुन थालेका छन् ।
नेपाल पत्रकार महासङ्घ, कास्कीद्वारा सञ्चालित प्रत्येक दुईदुई वर्षमा प्रदान गरिने पोखरा पत्रकारिता पुरस्कारबाट यस वर्ष अग्रज पत्रकार माधव शर्मालाई प्रदान गरिने भएको छ ।
जिल्ला पशुसेवा कार्यालयद्वारा बृहत्तर भेडा विकास कार्यक्रम तथा ऊनी गलैँचाका लागि भेडा विकास कार्यक्रम सञ्चालन गरिएको छ ।विकट उच्च हिमाली क्षेत्रका बासिन्दाको आयआर्जनमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्यका साथ दुवै कार्यक्रम सञ्चालन गरिएको हो ।
\'इन्डिजिनियस फिल्म अर्काइभ\'ले यही असार ११ देखि १३ गतेसम्म काठमाडौँमा चौथो अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव गर्ने भएको छ ।
ज्यादा गर्मीका कारण महादेवस्थान गाउँ विकास समिति वडा नं २ को सिम्थलीको चेपाङबस्तीमा रहेको प्रजा प्राथमिक विद्यालयमा खानेपानीको समस्या भएको छ । चेपाङबस्ती तथा विद्यालयमा उत्पन्न खानेपानीको समस्या समाधानका लागि पटकपटक जिविस, गाविस तथा विभिन्न सङ्घसंस्थामा अनुरोध गर्दा पनि कुनै पहल नभएको स्थानीयवासीले गुनासो गरेका छन् ।
किरात जातिको पुरातात्विक वस्तुको संरक्षण र संवर्द्धन गरी साँस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सल्लेरीमा किरात राई सामुदायिक सङ्ग्रहालयको निर्माण सुरु भएको छ ।
विश्वकै अग्लो भनिएको १४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्तिको सोमबार प्राण प्रतिस्थापन गरिएको छ । मूर्तिको बदि्रकाधाम पिठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी श्री माधवश्रम जी महाराजले प्रतिष्ठापन गर्नु भएको हो । भाटभटेनीमा बस्दै आएका भारतीय नागरिक कमल जैनले एकल लगानीमा मूर्ति बनाउनुभएको हो ।
लोकनायक स्व. गिरिजाप्रसाद कोइरालाको नाममा हिमालदर्शन उच्च मावि नेचा सोलुखुम्बुमा गिरिजाप्रसाद स्मृति पुस्तकालयको स्थापना गरिएको छ ।
विगत ६ वर्षदेखि संचालन हुँदै आएको पलेँटी शृंखलाले यसपाली फरक खालको कार्यक्रम प्रस्तुत गर्ने भएको छ । यसैक्रममा जुनमहिनाको पलेँटी नेपाली साहित्यका सर्वाधिक प्रीय सर्जक महाकवि लक्ष्मीप्रसाद देवकोटाका गीतहरू सुन्ने कार्यक्रम हुने भएको छ ।
राष्ट्रिय जनसांस्कृतिक मञ्चसम्बद्ध \'जनसाहित्यिक मञ्च\' को काठमाडौं जिल्ला समितिको शनिबार सम्पन्न प्रथम अधिवेशनले बालमुकुन्द कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
उपन्यासकार डि बि इलामेद्धारा लिखित आखिर जिन्दगी नामक उपन्यास शनिबार सार्वजनिक भएको छ । विश्व स्वतन्त्र सञ्चारले शनिबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति गोपालमान श्रेष्ठ र नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले संयुक्तरुपमा सो उपन्यासको विमोचन गर्नुभएको हो ।
विषालु च्याउ खाएर गुमाएका एकै परिवारका आठजनाको रकमको अभावमा काजकिरिया भएको छैन । खर्चको अभावले मृत्यु भएको १४ दिन बितिसक्दा पनि काजकिरिया गर्न नसकिएको चेपाङ परिवारका मुली बाबुरामकी श्रीमती देवीमाया चेपाङले दुखेसो पोख्नुभयो ।
वर्षायाम सुरु भइसक्दा पनि पानी नपरेपछि यहाँका किसानले पञ्चेबाजा घन्काउँदै वेदका ऋचा वाचनका साथ भ्यागुताको बिहे गराएका छन् ।
गुल्मीमा १४ वर्षीया एक बालिकालाई जबर्जस्ती बालबिवाह गराइदिने स्थानीय तीनजना महिलाविरुद्ध कारबाहीको माग गर्दै शुक्रबार पीडित बालिका र उनका आफन्तले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
प्राकृतिक एवम् ऐतिहासिक सम्पदा, मौलिक परम्परा, भौगोलिक विषमता तथा सांस्कृतिक विविधता र धार्मिक सहिष्णुताले सजिएको मुलुक अहिले धर्म परिवर्तनको चपेटामा परेको छ ।
विवाह व्रतबन्धजस्ता चाडपर्वमा आजभोलि नौमती बाजा बजेको सुनिँदैन । सहरदेखि गाउँघरमा समेत ब्यान्ड बाजाले स्थान लिइरहेको छ । आफ्नो संस्कृतिका रुपमा रहेको नौमती बाजाको ठाउँमा ब्यान्ड बाजा खोज्ने परम्परा अन्त्य गर्दै संस्कृति संरक्षणको पहल हुन थालेको छ । नौमती बाजा लोप हुँदै गएपछि संरक्षणको अभियान सुरु भएको हो ।
अन्तरजातीय विवाह गरेकै कारण प्रसवनी गाविसका एक दलित परिवार विस्थापित भएको छ । उपल्लो जातकी केटीसँग विवाह गरेका कारण समाजले कुटपिट र यातना दिँदै गाउँ छोड्न धम्की दिएपछि छजनाको एक दलित परिवार गाउँबाट विस्थापित भएको हो ।
विश्व सम्पदा सूचीमा परेको भक्तपुरको चाँगुनारायण मन्दिर भत्कने अवस्थामा पुगेको धेरै वर्षपछि यसपालि जीर्णोद्धार सुरु भएको छ ।
चिनियाँ पुरातत्वविद् र बौद्धधर्म गुरुले शाक्यमुनि बुद्धको तालुको हड्डीको उत्खनन गरेका छन् । राजधानी बेइजिङबाट झण्डै एक हजार ५ सय किलोमिटर दक्षिणमा पर्ने च्याङ्सु प्रान्तको सदरमुकाम नानचिङमा अवस्थित छिस्या मन्दिरबाट उक्त हड्डी उत्खनन गरिएको चिनियाँ सञ्चारमाध्यमले आज जनाएका छन् ।
< 1 2 3 4 5 6 > Last ›