चित्र र सङ्गीतको प्रस्तुतीमा कविता वाचन गर्नका निमित्त १४ जना साहित्यकारको समूह मंगलबार हङकङतर्फ प्रस्थान गरेको छ । नेपाल साहित्यकला डट कम प्रतिष्ठानको नेतृत्वमा सो समूह मंगलबार दिउँसो हङकङको काउलोनमा भोलि हुने साहित्यिक कार्यक्रममा भाग लिन प्रस्थान गरेको हो ।
मिथिला क्षेत्रमा बसोबास गर्ने मुसहर जातिद्वारा हरेक वर्ष असार पूर्णिमामा हर्षोल्लासका साथ मनाइने अखारही पर्वको तयारी सुरु भएको छ ।
कोही.. मेरो नामक नेपाली चलचित्रको गीती एल्बम मंगलबार एक समारोहबीच सामूहिक रुपमा विमोचन गरिएको छ ।
अर्घाखाँचीका ग्रामीण क्षेत्रमा स्थानीयबासिन्दाले प्रयोग गर्दै आएको परम्परागत ढिकीजाँतो विस्थापित अवस्थामा पुगेको छ । बिजुली र डिजेलबाट सञ्चालन हुने मिलको प्रयोग बढेपछि परम्परागत ढिकीजाँतो करिब विस्थापित हुने अवस्थामा रहेको छ ।
हिमाली जिल्ला बाजुराका तामाङ जातिमा बालबालिकाको विवाह कम उमेरमा नै गरिदिने चलन दिन प्रतिदिन बढेको छ । एकसाताअघि विच्छया गाविस-१ शुम्बा गाउँका पासाङ लामाकी १२ वर्षीया छोरी पेमा लामाको विवाह सोही गाउँका १२ वर्षीय सेराप ग्याल्जङ लामासँग भएको हो ।
मिथिला क्षेत्रको लोककला, गृहकलाका रूपमा लोकप्रीय एवम् विकसित हुँदै गएको छ । \'चित्र तथा मूर्ति बनाइएको घर शून्य हुँदैन\' भन्ने प्राचीन मान्यताका आधारमा मिथिला क्षेत्र नारीले चित्रका आलङ्कारिक अंशका गुणग्राहक तत्वलाई महत्व दिएर त्यसलाई आˆनो संस्कृतिको आत्माका रूपमा चिरस्थायी बनाएको देखिन्छ ।
नेपाली साहित्यिक क्षेत्रका एक पथप्रदर्शक एवं एउटा चम्किला तारा आदिकवि भानुभक्त आचार्यको १९७ औ जन्म जयन्ती साउदी अरेवियामा पनि भब्यताका साथ मनाएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरले बिशेष साहित्यिक कार्यक्रमको आयोजना गर्दे जुलाई १७ का दिन १९७ औ भानु जयन्ति सम्पन्न गरेको छ ।
आगामी हप्ता दक्षिण कोरियामा नेपालबाट साहित्यिक समारोहमा आउन लाग्नु भएका साहित्यकारहरुको टोलीलाई दक्षिण कोरियाका प्रायः सम्पूर्ण संघसंस्था र समाजसेबीहरुले भव्य स्वागत गर्ने भएका छन् ।
१६ जुलाई २०१० तदनुसार आषढ ३२ गते शुक्रवारका दिन संयुक्त अरब इमिरेट्सको ब्यापारीक शहर दुबई स्थित एभरेष्ट ईन्टरनेशनल होटलको हलमा सर्वदा वाङ्गमय प्रतिष्ठान् युएई शाखाले १९७ औं भानु जयन्ती एक समारोहका साथ सम्पन्न गर्यो ।
पूर्वाञ्चल विश्वविद्यालयका डिन राधाकृष्ण खेरवारले पूर्वाञ्चलबाट पहिलोपटक प्रकाशित सूचना र सञ्चारप्रविधि -आईसीटी)सम्बन्धी विशेष जानकारी गराउने म्यागाजिन \'लिभिङ् विथ आईसीटी\'को विमोचन गर्नुभएको छ ।
आधुनिक कला समाजले १२ दिनसम्म सञ्चालन गरेको कलापुञ्ज दोस्रो नामक चित्रकला प्रदर्शनीमा रु सातलाख ७५ हजारका विभिन्न चित्रहरू बिक्री भएका छन् ।
सिन्धुलीको हत्पते गाविस-१ स्थित मधुगङ्गा महादेवमन्दिरमा सोमबारदेखि मेला सुरु भएको छ । मधुगङ्गा महादेवमन्दिरमा गत वर्ष दुईलाखभन्दा बढी श्रद्धालु भक्तजनले साउन महिनामा जल चढाएकामा यस वर्ष करिब तीन लाख भक्तजनले मेला भर्ने अपेक्षा गरिएको मन्दिर व्यवस्थापन समतिले जनाएको छ ।
चितवनको पवित्र तीर्थस्थल देवघाटधाममा साउने सोमबारको मेला सोमबारबाट सुरु भएको छ । मेला भर्न देश तथा विदेशबाट भक्तजन आउने क्रम सुरु भएको छ ।
पढ्नलाई उमेर छेक्दैन भनेझैँ ६३ वर्षीया पवित्रा राउत घरपरिवारले सहयोग नगरे पनि आफैँ साक्षरता अभियानमा सामेल भएर क, ख पढिरहनु भएको छ ।
साउन महिनाको पहिलो सोमबारको अवसर पारेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेवमन्दिरमा सोमबार घण्ट चढाइएको छ ।
नेपाल दलित सङ्घका संस्थापक अध्यक्ष मानबहादुर विश्वकर्माले लेख्नुभएको नेपाली काँग्रेस र दलित नामक कृतिको नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले सोमबार विमोचन गर्नुभयो ।
प्रत्येक वर्षको साउने सोमबारका दिन भगवान शिवको पूजापाठ र शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासअनुरूप आज सुनसरीको धरानस्थित विजयपुरगढीमा रहेको प्राचीन हरिद्वार पीण्डेश्वर शिवालयमा शुद्ध जल चढाउने एकमहिने धार्मिक पर्व आजबाट सुरुभएको छ ।
आफ्नो सुमधुर कण्ठबाट निसृत गीतको माध्यमबाट बुद्धको शान्तिसन्देश देश-विदेशमा संचार गर्न प्रयत्नशील नेपाली गायिका आनी छोयिङ डोल्मा लामाको रूस-भ्रमणको क्रममा मास्कोमा नेपालीहरूद्वारा हार्दिक स्वागत गरिएको छ । विश्वमा जहाँ रहेका पनि नेपालीहरूलाई आफ्नो सुरिलो स्वरले मुग्ध पार्दै आउनुभएकी बौद्धभिक्षुमा दीक्षित आनीको परिचय यहाँ दिइरहनु परोइन ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालले स्थानीय निकाय एवम् समुदायस्तरमा बाल सहभागिता प्रबर्द्धन तथा बालसंरक्षणको लागि सहयोगी पुस्तक सार्वजनिक गरेको छ ।
प्रतिलिपि अधिकार सम्बन्धमा देखापरेका समस्याको समाधान तथा संरक्षणका लागि पुस्तकसम्बन्धी राष्ट्रिय नीतिको खाँचो औँल्याइएको छ ।
पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीले शिवलाल थापामगरद्वारा लिखित मगर ढुट भाषाका दुईवटा पुस्तक \'मिरीक र सलीना\' का शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा विमोचन गर्नुभयो ।
युवा तथा खेलकुद मन्त्रालयले युवा प्रतिभा सम्मान परस्कार तीनजनालाई र खेलकुद सम्मान पुरस्कार दुईजनालाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले पत्रकारिताको क्षेत्रमा लामो समयदेखि सक्रिय एवम् समर्पित भई देश र जनताका लागि तथा लोकतन्त्रको सुदृढीकरणमा उल्लेखनीय योगदान गर्नुभएका पत्रकार गोकुलप्रसाद पोखरेललाई २०६६ सालका लागि \"राष्ट्रिय पत्रकारिता पुरस्कार\" प्रदान गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरवासीको परापूर्वकालदेखि अन्तिम संस्कारसँग सम्बन्ध रहँदै आएको ऐतिहासिक दीखु चिहान क्षेत्रलाई स्थानीयवासीले संरक्षित गर्न माग गरेका छन् ।
ब्रुनाई गत ९ जुलाईको दिन अनलाइन नेपाली साहित्य मंचको सम्पन्न बैठकले स्थापना हुन लागेको विश्व नेपाली साहित्य महासंघमा आबद्ध हुने निर्णय गरेको छ ।
नेपाल आधुनिक कला समाजद्वारा आयोजित दोस्रो वृहत कला प्रदर्शनी \'कला पुञ्ज\'को सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले बिहीबार उद्घाटन गर्नुभयो ।
चुलोचौकोमा दिन बिताउने बुहारीहरू चिटिक्क परेर क्याम्पस जान थालेका छन् । घर नजिकै क्याम्पस सुरू भएपछि यहाँका बुहारीमा पढाईप्रति आकषर्ण बढेको छ । जुम्लाको एक मात्र कर्णाली बहुमुखी क्याम्पसमा पढ्ने अधिकांश छात्रा बुहारी छन् । पढ्दापढ्दै विवाह गरेर बीचमै पढाई छाडेका उनीहरूले घरधन्दा चलाउँदै पढाइलाई अघि बढाइहेको बताएका छन् ।
सामुहिक हितको लागि सामुहिक सक्रियता तथा साझा र पारदर्शि संस्थाको स्थापना भन्ने मान्यताको आधारमा यहि आउदो भानु जयन्तिको अवसरलाई शुभसाइतको रुपमा लिदै स्थापना हुन लागेको नेपाली साहित्यको विश्वब्यापी संजाल निर्माणको बारे जानकारी तथा आब्हानलाई तिब्र बनाइएको छ ।
मुस्लिम कल्चरल सोसाइटी र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा बिहीबार आयोजित एक कार्यक्रमा मुलुकको राजनीतिक परिवेशलगायत समसामयिक विषयमा केन्दि्रत भई २० जना कविले कविता र गजल वाचन गर्नुभयो ।
1 2 3 4 5 > Last ›