साहित्य-सन्ध्याको २६९औँ नियमित मासिक कार्यक्रम शनिबार चिनियाँ विख्यात साहित्यकार लुसुनको सम्झना एवम् विशेष कविगोष्ठीको आयोजना गरी सम्पन्न भएको छ।
डा.बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले २०६५ सालको प्रतिष्ठानअन्तर्गतका विभिन्न पुरस्कार/सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।
व्यवस्थापिका-संसदको आइतबारको बैठकको प्रारम्भमा बोल्ने सभासद्हरूले संस्कृति र कलाको संरक्षणमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने तथा संस्कृतिको जगेर्ना र उत्थानका कार्यक्रमलाई थप प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।
भाषाशास्त्री महानन्द सापकोटाको प्रतिमा संरक्षण र संवर्द्धन गर्न तथा धुलाबारी माध्यमिक विद्यालयको स्थिति सुधार गर्नका लागि प्रधानाध्यापक महेन्द्र झाको संयोजकत्वमा २५ सदस्यीय संरक्षण समिति गठन गरिएको छ ।
भक्तपुर साहित्यिक समाजले साहित्यसेवक बाबा न्यौपाने, परम्परागत सङ्गीतकर्मी गोपाल प्रजापति र दर्शनशास्त्री स्वामी चन्द्रेशलाई यस वर्षको स्रष्टा सम्मान प्रदान गर्नेभएको छ ।
गोरखा प्रवासी संघ दोहा कतारकोे संरक्षकत्वमा स्थापित मनकामना साँस्कृतिक परिवारको घोषणा सभा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । मुस्लिमहरुको रमदानको अवसर तथा हिन्दुहरुको महान पर्व बडा दशैको अवसर पारेर प्रस्तुत गरिएको कार्यक्रम गोरखा प्रवासी संघ कतारका अध्यक्ष श्रीकृष्ण भट्टराईको अध्यक्षतामा भएको थियो ।
चितवनस्थित कालिका एफ एम प्रालिले आफ्नो छैठौ वार्षिकोत्सवको अवसरमा यही असोज १२ गते नेपालमै पहिलो पटक चितवनमा बृहत कविता महोत्सव आयोजना गर्ने भएको छ ।
हिन्दू धर्मावम्बली मधेसी मूलका महिलाहरुले श्रद्वापूर्वक मनाउने जितिया पर्व आइतबार मधेसका जिल्लाहरुमा भव्यतापूर्वक मनाइँदैछ । शनिबार नुहाईधुवाई गरी खाना खाएर ब्रतालु महिलाहरुले आइतबार उपवास बसेर यो ब्रत मनाउन शुरु गरेका छन् ।
विदेशबाट संचालित लोकप्रिय न्यूज साईट फ्री नेपाल डट कमका प्रधान सम्पादक डा. मधु माधुर्य एक साता ब्यापी युरोप भ्रमणको सिलसिलामा बेल्जियम आईपुग्नु भएको छ ।
सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष ०६५/०६६ मा भाषा, साहित्य, संस्कृति र कला क्षेत्रका लागि करिब ४५ लाख बजेट तर्जुमा गरेको देखिएको छ। बजेटमा कृष्ण सेन इच्छुक प्रतिष्ठानका लागि ५० लाख र महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिका कार्यक्रमका लागि २५ लाख छुट्याइएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको टेलिफोन कन्फेरेन्सको माध्यमले बसेको दोस्रो बैठकले विधान अनुसार केन्द्रीय समिति विस्तार गरेको छ ।
यस वर्षको कृष्णमनोरथ स्रष्टा सम्मान विभिन्न विद्याका स्रष्टाहरुलाई प्रदान गरिएको छ। कृष्णमनोरथ प्रतिष्ठानले बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई सो सम्मान प्रदान गरेको हो ।
यसै महिना मात्र मदन पुरस्कार प्राप्त गर्न सपल हुनु भएका बरिष्ठ साहित्यकार जगदीश घिमिरेलाई अर्को संस्थाले स्थापना गरेको पुरस्कार पनि प्रदान गर्ने घोषणा गरेको छ। उहाँलाई समाजसेवा र साहित्यतर्फ विशेष योगदान पुर्याएबापत मैनाली समाज सेवा संस्थाले पुरस्कृत गर्ने घोषणा गरेको हो ।
नेपाल स्रष्टा समाजले यस वर्षको दौलतविक्रम विष्ट आख्यान सम्मान बरिष्ठ साहित्यकार रमेश विकललाई प्रदान गर्ने निर्णय गरेको छ ।
अध्यापन, साहित्य र राजनीति तीनवटै क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्नुभएका स्व.रुद्र खरेलको सम्झनामा बिहीबार राजधानीमा श्रद्धाञ्जलिसभाको आयोजना गरियो ।
जापानकी सुगीवाले आफ्ना स्वर्गीय पति जापानी शिक्षक तोशीहिरो सुगिवाको सम्झनामा मङ्गलटारस्थित मङ्गल जनविजय उच्चमाध्यमिक विद्यालयमा पुस्तकालयका लागि भवन निर्माण गरिदिएकी छिन् । रु.चार लाख ९२ हजारको लागतमा निर्माण गरिएको सो पुस्तकालयको जापानका लागि नेपाली राजदूत डा.गणेश योञ्जनले गत मङ्गलबार उद्घाटन गर्नुभयो ।
राष्ट्रिय बालदिवस २०६५ का अवसरमा सरिन भ्याली स्कुल बानेश्वर र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा काठमाडौं उपत्यकाव्यापी एकाङ्की प्रतियोगिता सम्पन्न भएको छ।
इन्द्रमोहन स्मृति पुरस्कार बरिष्ठ गायक तथा संगीतकार गणेश रसिकलाई प्रदान गरिएको छ । इन्द्रमोहन स्मृति गुठी धनकुटाले सोमबार एक कार्यक्रम आयोजना गरी रसिकलाई २०६४ सालका लागि सो पुरस्कार प्रदान गरेको हो ।
यही १३ सेप्टेम्बर शनिबारका दिन फोस्टोन केन्टमा बसेको एक ऐतिहासिक भेलाले बेलायतका नेपालीहरुबीच नेपाली कला, साहित्य सम्बन्धी पहिलो प्रतिष्ठान नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको प्रारुप गठन गरेको छ ।
एमडब्लुटीभीको आयोजनामा यही १६ देखि शुरु भएको आप्रवासी चलचित्र महोत्सव सोमबारका दिन आन्सानस्थित माइग्रेशनको भवनमा विभिन्न राष्ट्रका विदेशी तथा स्वदेशी दर्शकहरुको सहभागितामा सम्पन्न भएको छ ।
माधव खनालद्वारा लिखित \'अनुभव र अनुभूति\' नामक पुस्तकको राष्ट्रकवि माधव घिमिरेले बुधबार आयोजित कार्यक्रममा विमोचन गर्नुभयो ।
आउँदो शैक्षिक सत्रका लागि किताव छपाई सुरु गरेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा १० दिनदेखि प्रबन्ध सञ्चालक नहुँदा केन्द्रको किताब छपाइ, प्रशासनिक लगायतका कार्यहरू रोकिने अवस्थामा पुगेको छ ।
दक्षिण कोरियाको महान चाड तथा नयाँ वर्ष सल्नालको अवसरमा नेपाल तामाङ संघ दक्षिण कारियाले नेपालबाट चर्चित कलाकारहरु ल्याई साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
धार्मिक तथा साँस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध परम्परागत तीनदिने मूपात्र जात्रा बुधबार साँझदेखि यहाँ सुरु भएको छ ।
गायक देव लिम्बूको गीत \'जिन्दगीको रहस्य\' को म्युजिक भिडियो युकेमा छायाँङ्कन गरिएको छ। मिलन चाम्सको निर्देशन रहेको उक्त भिडियोमा अजम्बरी डट कमका मोडलहरु दिया र कुशलको अभिनय रहेको छ ।
कीर्तिपुर, १४ स्थित जलविनायक क्षेत्रमा गार्डेनसहितको मञ्जुश्री पार्क निर्माण हुने भएको छ । भगवान् मञ्जुश्रीद्वारा चोभारको डाँडोलाई काटेर काठमाडौँ उपत्यकालाई बस्तीयोग्य बनाएको प्राचीन किंवदन्तीका कारण प्रसिद्ध जलविनायक क्षेत्रमा मञ्जुश्रीको स्मृतिमा पार्क बनाउन लागिएको हो।
गोरखा प्रवासी संघ दोहा कतारको संरक्षकत्वमा स्थापित मनकामना साँस्कृतिक परिवारको १९ सेप्टेम्बरमा हुने घोषणा सभा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी प्राप्त भएको छ ।
दक्षिण कोरियाको महान चाड छुसकको अवसरमा गुल्मी सम्पर्क समिति दक्षिण कारियाले नेपालबाट चर्चित लोक, आधुनिक, हाँस्य, तथा नेपाली चलचित्रका नायिका सन्चिता लुइँटेल लगायत अन्य कलाकारहरुको सहभागितामा सफल साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
दक्षिण कोरियाको महान चाड छुसक तथा आफ्नो दोस्रो वार्षिकोत्सवका अवसर पारेर सोलुखुम्बू सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको सगरमाथा साँस्कृतिक कार्यक्रम आइतबार दक्षिण कोरियाको राजधानी सिउलमा भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेपालबाट निम्ताइएका ख्यातिप्राप्त कलाकाहरुले आ-आफ्नो बेजोड कला प्रस्तुत गरेका थिए ।
नेपाल र थाइल्यान्डबीचको साँस्कृतिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आइतबार राजधानीमा थाइल्यान्डको परम्परागत कठपुतली नृत्य प्रदर्शन गरियो ।
‹ First < 49 50 51 52 53 54 55 > Last ›