शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीजत्तिकै महत्वपूर्ण अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको सम्भावना बोकेको रूपन्देहीको देवदह क्षेत्रको अस्तित्व सङ्कटमा पर्दै गएको छ । पुरातात्विक क्षेत्रको उत्खनन र संरक्षणमा सरकारको ध्यान नपुग्दा त्यस क्षेत्रका बुद्धकालीन अवशेष हराउँदै जाने अवस्थामा पुगेका छन् ।
संविधान बनाउँछौं भनेर चुनावमा आए, हामीले पनि भोट दिएर पठायौँ, त्यसपछि नेताहरु र्फकेर पनि आएनन्, संविधान पनि बनाएनन् रे, अब यहाँ आएभने हामीले जानेका छौँ तिनलाई ।
देवकोटा शतवार्षिकी सम्मान् हाँस्यस्पद बन्न गएको छ। किनकि सम्मान पाउने व्यक्तिहरुले नेपाली भाषा-साहित्यको सेवा गरेर होइन कि अवमुल्यन गरेर पुरस्कार थाप्न पाएका छन्। सिफारिस र नातावाद कै आधारमा यसरी सम्मान पाउने व्यक्तिहरु मध्य अमेरिकाबाट तीन जना परेका छन्।
नेपालमा ३३ पुस्तासम्म शासन गरेका किरातहरूको शासनकाल नेपाली संस्कृतिको उत्पत्तिका दृष्टिले एक महत्वपूर्ण काल हो भनेर विभिन्न विद्वानहरूको लेखबाट पुष्टि भइसकेको छ ।
बारा जिल्ला बरियारपुर गाउँ विकास समितिमा अवस्थित गढीमाई मन्दिरमा पंचवर्षीय मेला लागेको छ ।
नेपालमा अल्पसङ्ख्यक विभिन्न जातजातिहरुको अध्ययन अनुसन्धान भए पनि आफ्नो छुटृै संस्कृतिका माध्यमबाट सामाजिकरुपमा अलग जीवनयापन गर्दै आएका काठमाडौँ आसपास मुख्य वासस्थान भएका बलामी जातिको आजसम्म पनि कुनै अध्ययन तथा अनुसन्धान भने हुन सकेको छैन ।
ललितत्रिपुरसुन्दरीको जन्म १८५० सालमा भएको थियो । यिनका बाबुआमाको खुट्पत्तो नभए तापनि यिनी थापाछेत्रीकी छोरी हुन् भन्ने बेहोरासम्म सुनिन्छ ।
छठपर्व नेपालका विभिन्न संस्कृतिमध्ये छुट्टै परिचय बनाउन सफल मानिएको छ । कात्तिक शुक्ल षष्ठीमा व्रत बसी अस्ताउँदो सूर्यलाई पूजा गर्ने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यको पूजा आराधनाका साथ अर्घ्य दिने कार्य यस पर्वमा गरिन्छ ।
एक दर्जनभन्दा बढी धर्म मान्ने तथा १०२ जातजाति भएको हाम्रो मुलुक अब विदेशी भाषाको विविधताका लागि पनि चर्चित बन्न थालेको छ।
यमपञ्चक (तिहार)को चौथो दिन अर्थात् कात्तिक शुक्लपक्षको प्रतिपदा तिथिमा नेवार समुदायद्वारा मनाइने \\\\\\\"म्हः पूजा\\\\\\\" नेपाली चाडपर्वमा अद्वितीय र विशिष्ट रहिआएको छ।
गत सोमबार रिपोर्टर्स क्लवमा वक्ताका रुपमा एकीकृत नेकपा माओवादीका नेता पोष्टबहादुर बोगटीसहित अन्य दलका नेताहरु र मन्त्री प्रकाशशरण महत बोलाइएका रहेछन् । मन्त्री महतसँग नेता बोगटी मञ्चमा नबस्ने अडान लिएपछि निकैबेर कार्यक्रम सुरु भएन।
सन्तानको दीर्घायू हुने विश्वासका साथ मैथिल र थारू समुदायका सन्तान प्राप्त गरेकी महिलाहरू श्रद्धापूर्वक जितिया पर्वको तयारीमा जुटेका छन्।
मान्छेको मृत्युपछि उनीहरूको नाममा सम्झनाका लागि आफ्ना परिवारले ढुङ्गामा ठूलाठूला अक्षरले लेख्ने गरेका अभिलेख पूर्वी नेपालको किरात राईका बस्तीहरूमा आजभन्दा तीनसय वर्ष पहिलाका समेत चौताराहरू अझै देख्न पाइन्छ ।
विश्व सम्पदासूचीमा समावेश गरिएको भक्तपुरको चागुनारायण मन्दिर आसपासमा रहेको चागुसङ्ग्रहालय चागुनारायणवासीको मात्र नभई राष्ट्रको सम्पति बन्ने पर्खाइका रहेको छ । चागुनारायणका ५६ वर्षिय बैषणवराज श्रेष्ठले २०५७ साल जेठ १७ गते १६९ वर्ष पुरानो चार तले आफ्नो घरमा स्थापना गर्नुभएको चागुसङ्ग्रहालय नेपालकै नमुना सङ्ग्रहालयको रूपमा रहेको छ ।
प्राकृतिक सौन्दर्यले धनी पोखरालाई साहित्य, कला र संस्कृतिको राजधानीको रुपमा विकास गर्नुपर्ने आवाज बारम्बार उठ्दै आएको छ । सांस्कृतिक सम्पदाले धनी पोखरा सुन्दर पर्यटकीय नगरीको रूपमा विश्वभरि चिनिएको छ । यहाँ साहित्य, कला, गीत सङ्गीतजस्ता सिर्जनात्मक क्रियाकलाप प्रशस्त हुने गरेकोले साँस्कृतिक राजधानीमा रूपान्तरण गर्न राज्यले बजेट, पूर्वाधार एवम् स्रष्टाहरुलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
विश्वकै प्रसिद्ध पदयात्रा मार्ग अन्नपूर्ण क्षेत्रअन्तर्गतका पर्यटन व्यवसायीले पर्यटनको मूलआधार प्रकृति, संस्कृति र वातावरणको संरक्षण गर्दै पर्यटक आगमन बढाउन सङ्गठित भएका छन् ।
आजकाल हाम्रो समाजमा वास्तुको निकै प्रभाव परेको देखिन्छ | हुन त वास्तु विज्ञान आजको नविन खोज हैन ,वास्तुलाई प्राचिन विद्याको एक महत्वपूर्ण अङ्ग मानिन्छ | यसलाई बुझेर उपयोग गर्ने हो भने निश्चित नै फाईदा उठाउन सकिन्छ | वास्तु विज्ञानलाई बुझ्न र त्यसका फाईदालाई लिनु भन्दा पहिले दिशाहरुको ज्ञान हुनु अत्यावश्यक छ ।
चराको चिरबिर होस् कि फूलको सुन्दरता कसलाई मन पर्दैन र । कोइलीको मधुर स्वर सुनेर मात्र पुग्दैन । न फूलको सुन्दरता हेरेर धित मर्छ मानिसको । प्रकृतिको सुन्दरता हेरेर मात्र धित नमरेपछि १८ वर्षिया सलोना रञ्जित रङ र ब्रसमार्फत क्यानभासमा तिनलाई अभिव्यक्त गर्न कस्सिएकी छिन् ।
फरक धार, गाह्रो विधा अनि चुनौतिपूर्ण विषय अँगालेर चर्चा, लोकप्रियता र सफलता हासिल गर्दै अघि बढिरहेका परिश्रमी युवा निर्देशक मिलन चाम्सको सन्दर्भ थोरै कोट्याउने प्रयास गरिरहेको छु।
परम्परागतरुपमा महिलाहरुले मनाउँदै आएको चाड तीजपञ्चमी पर्व पुनः हाम्रो अगाडि आइपुगेको छ । नेपाली महिलाले यो चाड परम्परागतरुपले मान्दै आएतापनि बदलिदो परिवेश अनुसार नयाँ ढंगले यसलाई मनाउने तर्फ महिलाहरु उन्मुख हुन थालेका छन् । नयाँ चेतनाले चाडपर्वलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको छ ।
लोकतान्त्रिक जनआन्दोलन २०६३को जनभावनालाई सत्तामा बस्नेले नबिर्सिऊन्, जनतालाई धोखा र छल नगरुन्, सरकार नदीजस्तो स्वच्छ भई आफ्नो काम गर्दै अगाडि बढिरहोस् भनी दवाव दिनका लागि नागरिक समाजले गत मङ्सिर ३ गते नागरिक सभाको आयोजना गरेको विदितै छ । सहिदमञ्चमा भएको सो कार्यक्रममा जनसागर नै उर्लिएको थियो ।
रसुवाको उच्च हिमशिखर निलाद्री पहाडको खोचमा विराजमान रहनु भएका भगवान शङ्कर गोसाईबाबाको दर्शनार्थ विशेष पर्वअन्तर्गत ठूलो सङ्ख्यका भक्तजनहरुले मेला भर्ने भएका छन् ।पुत्रदाएकादशीदेखि सुरु हुने गोसाईकुण्डको विशेषपर्व यस वर्षको साउन शुक्लपूर्णिमा २८ देखि ३२ गते रक्षाबन्धनको दिनसम्म भव्य मेला लाग्ने गर्दछ ।
तेह्रौं शताब्दीका कलाकार अरनिको नेपाली ललितकला क्षेत्रका अग्रणी व्यक्तित्व हुन् । राष्ट्रिय विभूति अरनिको नेपालका गौरव हुन् । उनले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको परिचय नै दिएका छन् । उनको कलाकारिता अहिले सुरक्षित छन् र उनी पनि अमर छन् ।
भाषाको स्वभाव हो सरलतातर्फ उन्मुख हुनु । यसरी सरलतालाई पछ्याउने क्रममा कुनै पनि भाषा केही नवीन त केही प्राचीन प्रयोगहरूलाई एकसाथ लिएर अघि बढ्छ । आफूभित्रका जटिलताहरूलाई पन्छाउनु नै भाषाको परिचय हो ।
नेपालमा चारवटा भाषा परिवारका भाषाहरू बोलिन्छन् । भारोपेली भाषा परिवारका १६ वटा भाषा नेपालमा बोलिन्छन् :- नेपाली, मैथिली, भोजपुरी, थरूवानी, अवधी, ताजपुरी, दनुवार, दरै, कुमाल, माझी, बोटे, मारबाडी, हिन्दी, उर्दू, बङ्गाली, अंग्रेजी । अग्नेली भाषा परिवारका एउटा सतार भाषा नेपालमा बोलिन्छ ।