नेपाली साहित्य, कवितालाई अन्तर्राष्ट्रिय परिस्थितिबाट अलग गरेर हेर्न मिल्दैन । हाम्रो कवितामा अझै गीतिमयता खोजिन्छ, तर विश्व गद्यकविताले त्यो स्थिति नाघिसकेको छ र आजको गद्यकविता रुखो र ठोस धरातलमा उभिएको छ, नेपाली कविताले त्यो स्थिति बुझ्नुपर्छ ।
अहिले दौडिने क्रमसँगै गजल लोकपि्रय मात्र भएको छैन, लोकपि्रयतासँगै यसमा अनेकौं विकृति पनि प्रवेश भएको छ । विगत पञ्चायतकालसम्म जगलमा भन्नु पर्ने कुराहरू सोझै नभनेर विम्ब, प्रतीक, विम्वोक्ति प्रयोग गरेर छद्मरूपमा लेखिन्थ्यो ।
विज्ञहरुलाई कुनै संस्थाले एकत्र गरेर देवकोटाबारे व्यापक मन्थन, विचारविमर्श र बहस आदि गराएमा सार्थक हुनेछ । अहिले भइरहेका गतिविधि आलाकाँचो देखिन्छ । त्यसबाट देवकोटाको गहिराइ भेट्न र बुझ्न सकिंदैन ।
पेनलाई विस्तृत बनाउन र बाहिर ल्याउन प्रयास भइरहेको छ । नेपाली साहित्यलाई अन्तरराष्ट्रियस्तरमा पुर्याउन विभिन्न प्रयास गर्ने अठोट पनि पेन नेपालले गरेको छ ।
यो किताव लेख्दा त म यो किताव लेखिसकुन्जेल बाँच्छु कि बाँच्दिनँजस्तो पो लागेको थियो । त्यस अनिश्चित अवस्थामा मैले लेख्दाखेरी त्यो मदन पुरस्कार भन्ने कुरा त मेरो कल्पनामा पनि थिएन । कुनै पुरस्कार पनि कल्पनामा थिएन ।
नेपाली साहित्यिक वेबसाइट स्तरीय छैनन् । आफू र आफ्नो समूहलाई उचाल्न मात्र तिनको जोड छ, आत्मकेन्द्रीत, व्यक्तिकेन्द्रीत छन् । इजमाना डट कम हेर्न थालको छु यसप्रति केही आशा छ, यसमा राष्ट्रियस्तरका सामग्री पाएको छु । बेवसाइट स्तरीय बनाउन प्रयास गर्नुहोला, कमजोर रचना नपरोस्, शुभकामना ।