|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


नेपाली साहित्यिक आकाशमा कविता, गीत, गजल, मुक्तक, हाइकु र ताङकाजस्ता काव्यिक विधाको माध्यमद्वारा सुस्थापित स्रष्टा उज्ज्वल जी.सी.को \'नखोज आँसु बर्साउन’ गजलसङ्ग्रह-२०६१ नेराप्रप्रद्वारा प्रकाशित भएको छ ।
यो भन्दा अगाडि उनले श्रद्धा-कुसुम -कवितासङ्ग्रह-२०४३), समर्पण -कवितासङ्ग्रह -२०४४), पुष्पाञ्जली -कवितासङ्ग्रह - २०४५), कालो बादल -मुक्तकसङ्ग्रह-२०४५), कक्टेल -कवितासङ्ग्रह-२०४६), मनका तरङ्गहरू -कवितासङ्ग्रह- २०४९) र चस्किदिन्छ मुटु -गीतसङ्ग्रह-२०५४) प्रकाशित गरिसकेका छन् । विभिन्न सङ्घ-संस्थामा आवद्ध प्रतिभा जी.सी.ले राष्ट्रिय प्रतिभा पुरस्कार र जमर्को बाल साहित्य पुरस्कार लगायत एक दर्जन जति सम्मान/पुरस्कार पनि प्राप्त गरिसकेका छन् ।
मूलत कवि प्रतिभाको रूपमा सुपरिचित उज्ज्वल जी.सी. प्रतिनिधि गजलकार पनि हुन । र गजल इतिहासमै तत्कालीन नेराप्रप्रद्वारा प्रकाशित यो गजलकृति प्रथम अभिलेख पनि हो ।
अनुभूतिजन्य अभिव्यक्तिद्वारा साहित्यिक र साँस्कृतिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका जी.सी.ले मानवीय आधारशीलालाई समेत सूक्ष्म-प्रवाहमा परिवर्तन गरेको देखिन्छ । उनको गजल नमुना यस्तो छ -
एक्लोपनका पीडाहरू खप्दै छु आज पनि भिक्षास्वरुप तिम्रो जीवन पाए कस्तो हुन्थ्यो
-पृष्ठ -१, नखोज आँसु बर्साउन)
रदिफ, काफिया, मतला र पद्यमयता आदि गजलका प्रमुख विशेषता पनि हुन । यी गजलका अङ्ग-प्रत्यङग हुन वा बनावट हामी आ-आफ्नै शैलीले बुझ्न सक्छौँ । संरचनागत दृष्टिकोणबाट प्रायः खोट लगाउनै नसकिने ती हरफहरूले अन्तरमनको सत्यतालाई घामजस्तै छर्लङ्ग पारेको छ ।
श्रृङ्गारिक रसले चलायमान हुँदै निरन्तर जीविकोपार्जनका लागि पवित्र आत्माले नारी सहकर्मीको तीव्र चाहनालाई प्रकट गरेको आभाष मिल्दछ ।
धर्म र ज्ञानको पाठशाला धर्तीमै भएर के गर्नु दुष्ट बन्दोरहेछ मानिस ढुङ्गाको छाती भएपछि ।
-पृष्ठ-३, नखोज आँसु बर्साउन)
कला र विचारको दृष्टान्तले पूर्णता केन्दि्रत प्रस्तुत गजलहरफले जीवन र जगतको शाश्वत पक्षलाई आत्मसात गरेको छ । जीवनवादी आमूल परिवर्तनको नारा घन्काउने राजनीतिज्ञहरू नै चेतना र चिन्तन विमुख भएकोमा उनले खबरदारी पनि गरेका छन् । आस्था र आदर्श सवैले बिर्सिदिँदा नेपाल दिनहुँ खोक्रो भएको छ । त्यसको विरूद्ध लोकतान्त्रिक कार्यशैलीद्वारा कुसंस्कार कुलत र भ्रष्टाचारको उन्मुलन हुनुपर्नेमा गजलकारको निक्कै जोड देखिन्छ ।
गजलकार उज्ज्वल जी.सी.ले \'नखोज आँसु बर्साउन’ नामक गजलसङ्ग्रहमा वियोग र व्यथाको उत्खनन गरी प्रेम र नैतिकतालाई आमन्त्रण गर्दछन् भने सत्ता र शक्तिको सामथ्र्यमा रातारात मालामाल हुने कपट र कुलङ्घार विरूद्ध सशक्त प्रतिरोध गर्न उनी तम्सिएका छन् । जीवनका अनेकौँ कुण्ठा, पीडा र अभावलाई यथार्थरूपमा खोतल्ने जुन सिर्जनात्मक प्रयत्न छ - जी.सी.जीको त्यो वर्तमान जीवनको निमित्त निक्कै फलदायिक पनि छ । क्षणिक, तिता, मीठा सवाल जवाफ, धोका र तिरस्कारजस्ता आरोह-अवरोहलाई पनि गम्भीर रूपमा उनले औल्याएका छन् । सँगै राष्ट्र र राष्ट्रियताप्रति पनि सजग र सचेतरूपले देखा परेका स्रष्टा हुन् - उज्ज्वल जी.सी । अन्त्यमा उनको एउटा गजल पढौँ -
मान्छे हुँ पशुजस्तै जे मिल्छ त्यही खाएको छु
सुख के हो थाहा छैन दुःखै मात्र पाएको छु ।
| तपाईको प्रतिक्रिया | |
|
|