|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


सन् २००५ मार्च ८ मा द राइजिङ नेपाल र द काठमाडौँ पोस्ट अङ्ग्रेजी दैनिक पढेपछि केही उत्कण्ठा र प्रश्न उब्जियो । थुप्रै समाचारमध्ये \'जापान एड\' एक थियो । दुवै पत्रिकामा प्रथम पृष्ठमा छापिएको थियो , तर स्थान र आकार भिन्न थिए । एउटै विषय र महत्वपूर्ण समाचार किन पत्रिकाका भिन्नभिन्न भागमा छापिन्छन् ? खास समाचारलाई खास स्थान दिनुको कारण छ ? अर्को समाचारलाई निस्तेज पार्न के कुनै समाचार आशयपूर्वक दिइन्छ ? के समाचार खास विषय र विचार सम्प्रेषण गर्ने हिसाबले उद्देश्यमूलक वा स्वार्थपरक ढङ्गले छानिन्छ ?
समाचारमा विविध विषयले स्थान पाउँछन् । स्थान भन्नेबित्तिकै यो भूगोलसँग सोझै सम्बन्ध राख्ने विषय हो । पत्रिकाको स्थान भनेको भौगोलिक नक्साको स्थान जस्तै हो । नक्साले पृथ्वीको स्वरूप र दृश्य प्रस्तुत गर्छ, त्यस्तै पत्रिकाले पृथ्वीमा भएका घटना र कार्यकलापको चित्र पेस गर्छ । भूगोलविद्ले सूचना प्रदान गरेपछि मानचित्रकारले नक्सा निर्माण गरेजस्तै सम्वाददाताले समाचार सम्प्रेषण गरेपछि सम्पादकले मुद्रणका लागि तयार गर्छ । पत्रकारले पत्रिकाको स्थान कसरी प्रयोग गर्छ ?
पत्रकारिता भूगोलले यसको खाका खिँचेर आˆनो अध्ययन गर्छ । भूगोल र पत्रकारिता दुवै विहङ्गम अध्ययनमा सम्बन्ध राख्छन् ।
पत्रकारको काम विश्वजत्तिकै फराकिलो छ । यस अर्थमा यो भूगोलसँग निकै निकट छ । हत्या, हिंसा, साहित्य-कला, गानबजान र फेसन सबै \'स्थान\'सँग सम्बन्धित छन् । आजको दुनियाँमा कुनै पनि विषय \'एकलकाँटे\' भएर बाँच्न सक्तैन । भूगोलले स्थानको सही सदुपयोगमा पत्रकारलाई सघाउन सक्छ । साथै पत्रकारिताले बदलिंदो विश्वबारे भूगोलविद्लाई मद्दत पुर्याउन सक्छ । वास्तवमा सञ्चारको भूगोलले संसारको व्यापक क्षेत्र समेट्न सक्छ । भूगोलले पनि समसामयिक घटनालाई महत्व दिन्छ । स्थानीयदेखि विश्वका बारे भूगोलको रुचि विषय पर्छ । स्थान र मान्छेबीच समाचार कसरी पुग्छ ? पत्रिकाले कस्तो समाचार मान्छेमा पुर्याउँछ ? मानिस र वातावरणको अन्तरक्रिया र मान्छेमा यसको सूचना वास्तवमा दुवै विषयका लागि महत्वपूर्ण छन् ।
पत्रकारको उत्पादन नै साध्य हैन । विषयवस्तुहरू गवेषण, विश्लेषण र प्रक्षेपण हुनसक्छन् । भूगोलका विभिन्न कोणबाट यी काम हेर्न सकिन्छ । तिनको पहिचान के हो ? वैयक्तिक, स्थानिक वा साश्वत के हो ? के रुचि र स्वार्थ छ तिनमा ? के ती पाठक मूर्ख भन्ने सोच्दछन् ?
कैयन नेपाली पत्र-पत्रिकाले गाई र गाधाको रूप छुट्याउन सकेको पाइन्न । सफल पत्रकार न्यायाधीश हो जो सत्य उजागर गर्छ । पत्रकार खेललाई ठीक ढङ्गले खेलाउने रेपि|m पनि हो ।
पत्रिकाले राष्ट्रको पहिचान जोगाउँछ र राष्ट्रियता बढाउँछ । पत्रकारले आˆनो कूटनीतिक भूमिका पनि बिर्सनु हुन्न । पक्षपात र पूर्वाग्रहले उज्यालो आकाश खोल्दैन । बुद्धिमान पत्रकारले सँधै राष्ट्रियता, मानवता र सत्यता सम्बर्द्धन गर्छ । नकारात्मक लेखनले भावी पींढिलाई उज्यालो भविष्य तिर उन्मुख हुन बाधा-व्यवधान खडा गर्छ ।
समाचारको प्रकृति, स्थानान्तरण, स्थानको ढकाई र अभिव्यक्ति ढाँचा भौतिक र मानव भूगोलका विषय हुन् । सन् २००१ अपि्रल १४ को द राइजिङ नेपाल र द काठमाडौँ पोष्टको समाचारमध्य द राइजिङ नेपालले २० प्रतिशत र द काठमाडौँ पोष्टले ३० प्रतिशत नकारात्मक खबर दिन पुगेको देखिन्छ ।
पत्रिकाको हनाइ वा पत्रिका कुनै व्यक्तिप्रति खनिएमा वा नकारात्मक प्रक्षेपण गरेमा प्रकृतिको कुनै विपद भन्दा कम खतरानाक हुन्न । नेपालमा त यस सन्दर्भमा व्यक्ति विशेषलाई झार्ने र उफार्ने काम प्रशस्त भएका छन् । पत्रिकाको प्रदूषण मानव मूल्य मान्यता जगेर्ना गर्न र राष्ट्रियता बचाउनमा खतरनाक हुन्छन् । दूषित विचार प्रक्षेषण, नकारात्मक कुरालाई प्रोत्साहन, कुरूप चित्र प्रक्षेपाणले समाजमा विकृति फैलाउँछन् । पत्रिकाको कारण आत्महत्यासम्म नभएका हैनन् । अतः पत्रिकाको प्रदूषणले मानव मूल्य र मान्यता तथा सामाजिक मानदण्डमा प्रदूषण भई स्वच्छतामा ह्रास आउँछ ।
समाचार नक्शाङ्कनमा मानकीकरण
समाचार-पत्रको सामग्रीमा स्टाइल शीट -बूक) र भूगोलमा नक्शा सीपको उद्देश्य सही र स्तरीय सूचना प्रक्षेपण नै हो । विभिन्न ठाउँको नक्शा जस्तै विभिन्न पत्रिकाको आ-आˆनो सत्ता र महत्ता हुन्छ । तापनि समाचारको अवस्थिति र स्थान, पत्रिकामा लिएको ठाउँ, दुई समाचारको आपसी सम्बन्ध, विचार र सन्देश, खास अभिप्रायका लागि आरक्षित स्थान आदि नै प्रबुद्ध पाठकका लागि रुचिकर विषय हुन् ।
समाचारपत्रले वैदेशिक खबर, अर्थ, उद्योग, कृषि, यातायात र सञ्चार व्यापार र वाणिज्य, मौसम, प्रकोप आदि धेरै भौगोलिक विषय समेट्छ ।
पत्रकारिता प्रजातन्त्रको प्राणबायु हो । सेन्सर हुँदैन तर पत्रकारको बौद्धिकता र आत्मअनुशासनबाट विकसित स्वविवेक नै यसको आत्म हो । यस दृष्टिले पत्रिकाको सम्पादनमा विविध कोणबाट हेर्नु विविध विकसित विषयबाट सहयोग लिनु र उन्नयनमा सचेततासाथ सक्रिय रहनु वान्छित हुन्छ ।
पत्रिकासँग भूगोलको केही नाता रहेको देखिएपछि केही पत्र पत्रिका सन् २००५ देखि ध्यानपूर्वक केलाउँदै आउँदा भूगोलको पाँच विषय क्षेत्र भित्रबाट अध्ययन गरी यो पत्रकारिता भूगोल प्रादूर्भाव भएको हो ।
१. अवस्थिति : पत्रिकामा कुन समाचार कहाँ छाप्नेलगायत कुन विषयलाई कुन ठाउँ तोक्ने भन्ने कुरा समाचार नक्शाङ्कनमा महत्वपूर्ण पक्ष हो । समाचारको महत्व त्यसको अवस्थितिमा भर पर्दछ । पत्रिकामा समाचारको भौगोलिक अवस्थितिले त्यसको सन्देश प्रसारमा मूल्य रहन्छ । खास अवस्थिति, फन्ट साइज, स्थानिक अवस्थाले महत्व राख्छन् । यस अर्थमा जापानी सहयोगलाई सरकारी सञ्चारले बढी महतव दिएको देखिन्छ ।
नक्शामा माथि, तल, दायाँ, बाँया वा दिशा निर्देश भएझैं समाचार स्थनिकरणमा ज्यामितीय र सापेक्षिक अवस्थिति निर्धारण हुनसक्छ । पत्रिकामा समाचारको अवस्थितिको मूल्य पहिलो पृष्ठ र अन्यको अन्तर जमिनमा नगरको महङ्गो जग्गा र दुर्गमको सस्तो झैं भिन्न देखिन्छ ।
२. स्थानः पृथ्वीमा कुनै ठाउँ भन्ने झैं पत्रिकामा कुनै समाचारको आˆनै पहिचान हुन्छ । समाचारको कुनै भागमा प्रेषित समाचार मिनको कुनै भागमा भएका ठाउँ जतिकै विशिष्ट हुन्छन् । कुनै निश्चित स्थान ग्रहण गर्ने सम्पादकीय, मौसम, विनिमयदर आदि परिचित रहन्छन् भने कुनै समाचारले जमीनको भूदृश्य सिर्जना ठाउँहरूले गरेझैं विशिष्ट पहिचान बनाउँछन् । मूल्य केन्द्रविन्दु वा राजधानी स्थानजस्तै व्यानर न्यूज हुन्छ भने धेरै जस्तो साहित्य सम्बद्ध समाचार दुर्गम गाउँ जस्तै कुनै कुनामा अवस्थित हुन्छन् । तर एउटै खाले समाचार एकै ठाउँमा धेरै हुँदा तिनले छुट्टै पहिचान र महत्व दिन्छन नै ।
३. अन्तरक्रिया : पत्रिकाको व्यक्तित्व विचार र त्यसको नीतिले निर्धारण गर्छ । समाचारबीच केही सम्बन्ध हुन्छ । पत्रिकामा भौतिक रूपमा रहने ठाउँ र तिनको विचार प्रवाह समाचार प्रक्षेष्णको रूपमा भर पर्दछ । चित्रात्मक भए वा रङ्गको आकर्षणले समाचार आकर्षक भई चलायमान वा गतिमान बन्छन् । कुनै समाचारलाई निस्तेज पार्ने छेउमै अर्को समाचार छापिंदा पाठक र पत्रिकाबीच वातावरण र मान्छेबीच चल्ने एकापसी अन्तरक्रिया सक्रिय बन्छ । यसले नै पत्रिकाको रूप निर्धारण गर्छ । मानिसले वातावरणसँग अन्तरक्रिया गरे जस्तै पाठकले पत्रिकासँग गर्छ र त्यसमा समानुकूलन, संशोधन र परिवर्तनको सोच राख्दछ ।
४. गति : पाठक र समाचारबीच प्रगाढ सम्बन्ध छ । विचार र आकांक्षा समाचारहरूमा कत्तिको एकापसी सम्बन्ध राख्छन् ? मानछे एउटा विचारबाट अर्को विचारमा एक ठाउँबाट अर्कोमा यात्रा गरे जस्तै यात्रा गर्छन् । ती विचारसँग पाठक अन्तष्करण वार्ता गर्छन् । ती विचारसँग पाठक अन्तष्करण वार्ता गर्छन् । टाढा, नजिकबाट राम्रा नराम्रा विचार प्रवाह हुन्छन् । यसले पत्रिकाको अस्तितवमा नै असर गर्छ । सकारात्मक र नकारात्मक विचार, काम लाग्ने र काम नलाग्ने सोचको गत्यात्मकतालाई पत्रिकामा विशेष महत्व साथ हेर्नुपर्ने हुन्छ । जसरी एक अर्का ठाउँका सामानको चाह हुन्छ र एउटा ठाउँको विचार अर्को ठाउँमा सर्छ, समाचारमा पनि वस्तु र विचार जस्तै विषय र विचारमा ख्याल गर्नुपर्ने हुन्छ । कलुषित, कुत्सित विचाराले घातक सन्देश प्रशारण गर्दछ ।
५. प्रदेश एकरूपताको दृश्य जसरी प्रदेशका रूपमा भूगोलमा आउँछ, पत्रपत्रिकामा यसलाई अर्थ/व्यवसाय, विचार विवेचना खेलकुद आदिस्तम्भ झैं लिन सकिन्छ । एकै रूपका समाचार विचार पृष्ट नै पत्रिकाका प्रदेश हुन । यसलाई योजनाबद्ध ढङ्गले विशिष्ट बनाउन वान्छित छ । विविध क्षेत्रको विशिष्ट संयोजनबाट पत्रिका आकर्षणक, पठनीय र उपयोगी बन्दछ । साप्ताहिकले एक पृष्ट एवम् दैनिक पत्रिकाहरूले हप्ताको एकदिन कार्ट नै कार्टुनको पृष्ट वा हास्यव्यङ्गका विविध विधाको पृष्ट आकर्षक हुन्छ ।
समाचार मानचित्र
जसरी भौगोलिक नक्शामा प्राकृतिक र साँस्कृतिक सूचनाहरू अङ्कित हुन्छन् वा जसरी विषयबद्ध नक्शाहरू बनाएर सम्बद्ध तथ्य-तथ्याङ्क आवद्ध हुन्छन् पत्रिकामा पनि राजनीतिक, आर्थिक, सामाजिक र प्राकृतिक समाचारहरूले एउटा मानचित्र प्राकृतिक समाचारहरूले एउटा मानचित्र प्रस्तुत गर्छ । विषयका नक्शाङ्कनले झैं परिवेश प्रक्षेपण हुन्छ ।
यसैले समाचारपत्रका अनेक तथ्य-तथ्याङ्कबाट खास विषयमा ठोस ज्ञान गर्न सकिन्छ । विविध विषयको एटलासका रूपमा पनि समाचारले विशिष्टकरण दिन सक्दछ । खेलकुद, मनोरञ्जन, प्रकोप, सूचना आदि प्रकोपको मात्र अध्ययन गर्दा पनि जस्तो चट्याङ विगत २० वर्षमा कुन कुन ठाउँमा पर्यो नक्शाङ्कन गरी हेर्न सकिए कुन ठाउँमा अर्थिङको व्यवस्था गर्ने ? यसले क्षतिबाट बचाउने योजना गर्न मद्दत पुग्छ । यसैले समाचारमा घटनाको मिति, स्थान र अझ समय दिन सकिए अनुसन्धानलाई सघाउ पुग्छ ।
यसैगरी कुन पत्रिकामा कुन कुन प्रकार समाचार वर्ष भरि कति छापिए त्यो हेर्न सकिन्छ र यसबाट कुन पक्षको समाचार प्रक्षेपण कमजोर रहृयो ? देशको कति भाग समाचारले ढाक्यो ? वा कुन जिल्लाको कस्तो समाचार कति छापियो ? अनुसन्धान हुँदा कुन जिल्ामा कति सकारात्मक, कति, कुन किसिमको नकारात्मक कुरा देखियो वा पत्रिकाले नै यी दुई पक्षमा कुन पक्षको समाचार बढी छापियो हेरेर मूल्याङ्कन गर्न सकिन्छ । अझ विषयवद्ध तुलनात्मक अध्ययनबाट कुन पत्रिका किन महतवपूर्ण रहृयो हेर्न सकिन्छ ।
पत्रिकाको गुणात्मक स्तर स्थान र विषय व्याप्ति, वैचारिक र सकारात्मक खबरको प्रतिनिधित्व एवम् संप्रेषणको सत्यता, सरलता र शुद्धता आदिबाट आंकलन हुनसक्छ ।
यसप्रकार पत्रिकाको \'मसला\'बाट भूगोलले आˆनो अध्ययन अगाडि बढाउन र भौगोलिक सोचले पत्रिकालाई विशिष्ट बनाउन सघाउने पत्रकारिता भूगोल दुवै विषयबीच एउटा महत्वपूर्ण कडी हुन सक्छ । प्रेसले पाठकको स्वतन्त्रता ख्याल नगरी आˆनो स्वतन्त्रताको मात्र उपयोग गर्न खोजे पाठकले आˆनो स्वतन्त्रता प्रयोग गर्छन् र प्रेस स्वतन्त्रता अपहरणमा पर्छ । अतः मानवता, राष्ट्रियता, सत्यता र प्रजातान्त्रिक स्वतन्त्रताका लागि पत्रकारितामा विशिष्ट बौद्धिकता र विवेकशिलता आवश्यता रहन्छ ।
राससद्वारा प्रकाशित विश्वपरिक्रमाबाट साभार
| तपाईको प्रतिक्रिया | |
|
|