|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


नेपालमा आएको पछिल्लो राजनीतिक रुपान्तरणपछि सबै पक्षले धार्मिक स्वतन्त्रतालाई अङ्गीकार गर्न पुगेका छन् । हिन्दु अधिराज्यका पक्षधर राजसंस्थाका हिमायती केही व्यक्ति वा समूहलाई नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइइएकोमा चित्त बुझेको छैन । उनीहरुको मन कुँडिएको छ ।
काठमाडौँ सडकमा उनीहरुको विरोध जुलुश पनि निस्कने गर्छ । देखिने गरी भद्रकाली अगाडि हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागसहित पहेंला झण्डाहरु गाडिएको हामीले देख्दै आएका छौं । बाहृय शक्तिसँग स्वर गाँसेर केही आफ्ना हक अधिकारका लागि आवाज उठाउनु स्वाभाविक नै हो । किनकी हिजोका दिन हिन्दु नभई दिंदै चेपिएका, थिचिएका, पन्छाइएका र अपहेलित भएकाहरुको पीडालाई पनि एकचोटी सोचिदिनुस् भन्ने मेरो उहाँहरुसँग आग्रह छ ।
कुरो विसं. २०४३ सालतिरको हो, म जागीर खान पुगेका एक कार्यालयमा केही दिनपछि एक मित्र प्राविधिक पदमा नियुक्त हुनु भयो । मैले मेरो सिटरोल फराम भर्दा बौद्ध धर्म लेखें । उहाँले ईसाई लेख्नुभयो । हाम्रो सिटरोल फाराम पठाउन रोकिएको रहेछ ।
पछि मेरा मित्रको मुखबाट उहाँलाई कार्यालयका कानुन अधिकृतले केरकार गरेको जानकारी पाएँ । मेरो मित्रलाई \'खनाल\' अधिकृतले कसको बहकाऊमा आएर ईसाई बनेको भनेर कोट्याएका रहेछन् । सोधपुछकै क्रममा \'तिमीलाई विदेशम कहाँ कहाँ घुम्न पठाइयो\' भन्ने व्यङ्ग्य पनि कसेको रहेछ ।
आँखामा आशु टल्पलाउँदै उहाँले मसँग आफू कसैको लहलहैमा धमान्तरण गरेको बताउनुभयो । आफू स्वच्छन्द प्रकृतिको भएको र आफूखुशी नै त्यो धर्म, अङ्गीकार गरेको उहाँको मसिनो तर दृढ शब्दहरु बेलाबेला मेरो मस्तिक तरङ्ग अझै पनि हुने गर्छ ।
विसं. २०४६ सालको जनआन्दोलनपछि पूर्व राजा वीरेन्द्रबाट आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई प्रधानमन्त्री बनिदिन आज्ञा भयो । उहाँले आफूभन्दा योग्य केपी भट्टराई छन् भनी महानता देखाउनुभयो ।
आन्दोलन सफल भएपछि एक साप्ताहिकले \'सन्तले सिंहाशन पाए ?\' भन्ने शीर्षक सहित वरिष्ठ पत्रकार हरिहर विरहीद्वारा लिइएको अन्तवार्ता छापिएको थियो ।
उहाँसँग सोधिएको एउटा प्रश्न थियो के अब नेपाल धर्म निरपेक्ष राष्ट्र हुन्छ ?
नेता भट्टराईको जवाफ थियो- हैन । नेपाल हिन्दु अधिराज्य नै रहन्छ ।
नभन्दै नेपाल अधिराज्यको संविधान २०४७ मा हिन्दु अधिराज्य उल्लेख गरियो ।
तत्कालीन संविधान मस्यौदा गर्ने जिम्मेवारी पाएको आयोगका पदाधिकारीहरुले नेपाल धर्म निरपेक्ष राष्ट्र हुनुपर्छ भनी सुझाव दिन गएका व्यक्तिहरुलाई यो त्यो भनी किटानी नगरेपनि आश्वस्त हुन सक्ने जवाफ दिई फर्काएका थिए । जानकारीमा आए अनुसार मस्यौदा संविधानमा धर्म निरपेक्ष वा हिन्दु अधिराज्य जस्ता शब्दावली नै राखिने छैन भन्ने आश्वासन ती पदाधिकारीहरुले दिईं आएका थिए ।
संविधानमा धर्म \'निरपेक्षता\' लेखिनुपर्छ भन्ने माग राखेर काठमाडौँका सहरमा एक विशाल जुलुस निस्केको थियो । जुलुसमा यत्ति धेरै सङ्ख्यामा जनताको सहभागिता थियो कि त्यसलाई बौद्ध धर्मावलम्बीहरुको शक्ति प्रदर्शन भन्न सकिन्थ्यो । विसर्जन अघि टुँडिखेलमा भएको जनसभामा भिक्षु अम्रतानन्दले ताली बषिर्ने गरम भाषण दिनुभयो । कतिपयलार्य यो कुरा पचेन । समीक्षा साप्ताहिकले भिक्षुको तीखो आलोचना गररै अग्रपृष्ठमा समाचार छाप्यो । नेपालभरका जनताले काठमाडौँका सडकमा घण्टौंसम्म धार्मिक स्वतन्त्रताका लागि नारा धन्काए पनि त्यसलाई संवेदनशील विषय ठानिएन । संविधानमा हिन्दु अधिराज्य लेख्ने काममै छाड्यो ।
नेपाल अधिराज्यको संविधान-२०४७ विश्वकै सर्वोकृष्ट संविधानहरुमध्ये एक हो भन्ने तर्क एकातिर भइरहृयो भने युद्धमा होमिएका माओवादीहरुलाइ \'धर्म निरपेक्ष\' नसमेटिए भनेर पहिलो बुँदामै राखेर आलोचना गर्ने अचुक अवसर त्यहीं संविधानले दिलायो ।
यहाँनेर एउटा अर्को प्रसंग यहाँ जोड्न चाहन्छु । संविधान मस्यौदा भइरहेको बेला भारतबाट कङ्ग्रेस आईका एक प्रभावशाली नेता \'सिंह\'को नेतृत्वमा एक टोली काठमाडौँ आएको थियो । त्यस टोलीले क-कसलाई भेट्यो यस पंक्तिकारलाई पक्का जानकारी छैन । तर काठमाडौँका प्रतिष्ठित नेवार साहुका घरमा प्रचलन अनुसार नै एक सानो अनौपचारिक भेटवार्ता सम्पन्नभयो ।
त्यहाँ नेता सिंहले नेपाल हिन्दु अधिराज्य रहनुपर्छ भन्ने सुझाव अघि सारेको कस्तकारले त्यस भेटवार्तामा बसी दिन निम्ताएका उनका नजिकका मित्रहरु आज पनि स्मरण गर्छन् ।
विसं. २०४७ सालको संधिवानका एक मस्यौदाकार रामानन्दप्रसाद सिंह थारु धार्मिक स्वतन्त्रताका पक्षधर हुनुहुन्थ्यो । उहाँले त्यसको लागि अथक प्रयास पनि गर्नु भएको यस पंक्तिकारले विभिन्न व्यक्ति र समूहबाट जानकारी पाएको थियो ।
तराईका थारुसमुदायमाझ उहाँले बौद्ध धर्म फैलाउन धेरै काम गर्नुभयो र पुस्तकहरु लेख्नुभयो । यस्तो व्यक्तित्वको हालै अवसान भयो । उहाँको अवसान अघि उहाँकै जन्मथलो सप्तरीको प्रसवनीमै गएर उहाँको अभिनन्दन गर्ने एक कार्यक्रममा सहभागी हुने मौका मिल्यो ।
अब बन्ने नयाँ संधिवानमा धार्मिक स्वतन्त्रता प्रत्याभूत गर्ने अपरिवर्तनीय प्रावधान राख्ने काम हुन्छ भयो भने त्यो बहुसङ्ख्यक जनताको जीत हुनेछ । धार्मिक स्वतन्त्रताको मागमा अविचलित रहने दिवंगत रमानन्द जस्तो देशभक्तहरुको आदर सत्कार गरेको ठहर्नेछ ।
| तपाईको प्रतिक्रिया | |
|
|