|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



बृटिश कोलोनी पछि भारतका कतिपय स्थानले बृटिश नाम नै प्राप्त गरे । जस्तै बम्बाई-मुम्बाई, मद्रास -चेन्याई, कलकत्ता - कोलकत्ता आदि । तिनका स्थानिय -पुराना) नामलाई विश्वले क्रमश विर्सिँदै गएको छ । विश्वको सर्वोच्च शिखर कुन हो भनी प्रश्न गर्दा विदेशिहरुले उत्तर दिन्छन्, \'माउन्ट एभरेष्ट\' । उनीहरुले \'सगरमाथा हो\' किन भन्दैनन् ? यो भनाई हो अमेरिकन फोटोग्राफर जेफ्री बजको हो । सगरमाथा आरोहण गरेर फर्किएका यी फोटोग्राफर परराष्ट्र मन्त्रालयमा छिरेर त्यहाँका कर्मचारीलाई सुगौली सन्धिको बारेमा सोध्दै रहेछन् । नेपालको ऐतिहासिक र सामाजिक पक्षको अध्ययन गरेका रहेछन् उनले । \"बिचरा कर्मचारीले के जान्नु र उत्तर दिन ? जाने जति त उत्तर दिएछन् । तर प्रश्न जटिल हुँदै गएपछि इतिहासविधसँग भेटाईदिएछन् उनीहरुले ।
पुरातत्व विभागले सगरमाथा आरोहण गरेको प्रमाणपत्र दिँदा नेपालीलाई \'सगरमाथा\' र विदेशीलाई \'माउन्ट एभरेष्ट\' भनेर दिँदो रहेछ । यदि यस्तै हो भने नेपालीहरु सगरमाथा चढ्छन् र विदेशीहरु माउन्ट एभरेष्ट । फरक किन गरिएको हो ? यसमा उनको चित्त दुखाई रहेछ । सगरमाथा नेपाली नाम हो । नेपालको राष्ट्रिय पहिचान हो । \"हाम्रो सर्टिफिकेटमा पनि सगरमाथा नै हुनु पर्ने । माउन्ट एभरेष्ट होइन ।\", उनी भन्छन् । उनी अहिले \'पोट्रेट अफ एभरेष्ट\' नामक प्रोजेक्ट संचालन गरिरहेका छन् । जस अन्तर्गत उनले खिचेका फोटोहरु म्युजियम, युनिभर्सिटी र ग्यालरीहरुमा दिँदा माउन्ट एभरेष्ट होइन, \'सगरमाथा\' भनेर दिँदा रहेछन् ।
जेफ्री बजको तर्कलाई सान्दर्भिक ठानेर \'युनिफाईड नेपाल\' र \'नेशनल फ्रन्ट \' ले अन्तकि्रया कार्यक्रम आयोजना गर्यो । कार्यक्रमको शिर्षक दिईएको थियो ,\"एभरेष्ट डेनाईज मिनिङ्ग, सगरमाथा ईम्प्लाईज मिनिङ्ग\" । नेपाली विद्धान र इतिहासविधहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बजले आफ्ना तर्कहरु प्रस्तुत गरे भने विद्धान र इतिहासविधहरुले आˆनो तर्क ।
जर्ज एभरेष्ट बि्रटिस सर्भेयर हुन् । उनैको नामबाट विश्वको सर्वोच्च शिखरको नाम माउन्ट एभरेष्ट राखिएको हो ।\"जर्ज एभरेष्टले कहिल्यै सगरमाथाको चुचुरो टेकेनन्् । उनैको नाममा किन सर्वोच्च शिखरको नाम राखियो ?\" जेफ्री बजले भने । विभिन्न विद्धानहरुले उनको यो तर्कको समर्थन गरे । यो तर्क कुनै विदेशीले नभई नेपाली नागरिकले सोच्नु पर्ने थियो ।
विश्वको अग्लो शिखरलाई लिएर जेफ्री बजको झैं अन्य मानिसका पनि विभिन्न तर्क र दृष्टिकोणहरु हुन सक्छन् ।
इतिहास शिरोमणी बाबुराम आचार्यले यसलाई \'सगरमाथा\' नामाङ्करण गर्नु अगावै यसको नाम माउन्ट एभरेष्ट राखिएको थियो । पुराना नामहरुको उदाहरणको रुपमा अन्य नामहरुलाई पनि लिन सकिन्छ । जस्तै नेपालको शैक्षिक निकाय त्रिभुवन विश्वविद्यालय राजा त्रिभुवनको नामबाट राखिएको हो, जसलाई हामीले चाहेर पनि परिवर्तन गर्न सकिरहेका छैनौं । राजा, रानी र राजपरिवारका सदस्यको नाममा नामाङ्करण भएका पार्क, स्थल, विद्यालय-विश्वविद्यालय आदिका नामलाई पनि परिवर्तन गर्ने बारे कुनै राष्ट्रियस्तरको निति बनाईएको छैन । यस्ता कुराहरु निर्णायक तहमा पुगेका ब्यक्तिहरुले सोच्न सकेका छैनन् । \"सगरमाथा र माउन्ट एभरेष्टको सम्बन्धमा भने यो प्रतिबन्धित गरिहाल्नु पर्ने नाम होइन ।
भारतको मद्रास चेन्याई बने झैं गरी बनेको नाम पनि होइन यो । माउन्ट एभरेष्ट\' नामले विश्वका नागरिकको माझमा परिचय बनाईसकेको छ । माउन्ट एभरेष्ट नभनौं सगरमाथा मात्र भनौं भनेर सम्भव पनि छैन । आरोहीलाई प्रमाणपत्र दिँदा \'सगरमाथा\' र कोष्ठक भित्र माउन्ट एभरेष्ट लेखेर दिन सकिन्छ ।\", इतिहासविध सुरेन्द्र के.सी.भन्छन् । सगरमाथा, माउन्ट एभरेष्ट, चोमोलोङ्गमा जे नाम दिए पनि विश्वको सर्वोच्च शिखरकै नाम हो ।
भारतको देहरादुन स्थित नापी कार्यालयमा कार्यरत सर्भेयर राधानाथ सिकन्दर र नेपालका तेजविर बुढाथोकीले सन् अठार सय बाउन्नमा यो शिखर फेला पार्दा यसलाई पन्ध्रौं चुली अर्थात \'पिक फिप्टिन\' नाम दिएका थिए । त्यो नाम प्रचलनमा आउन सकेन । अर्थात त्यस नामले स्थायित्व प्राप्त गर्न सकेन । जेफ्री बजले प्रस्तुत गरेको तर्क सकारात्मक हो तर एक्कासी कुनै स्थानको नाम परिवर्तन गर्छु भनेर सकिँदैन । राष्ट्रियताको सवालमा भने हामी \'सगरमाथा\' नामलाई प्राथमिकताका साथ प्रयोगमा ल्याउन सक्छौं । बढी प्रयोगमा ल्याईने नाम नै कालान्तरमा स्थापित नाम बन्न जान्छ ।
सत्तरीको दशकमा न्यूयोर्क युनिभरसिटीमा अर्थशास्त्रका विद्यार्थी रहेका जेफ्री बजले अस्सीको दशक भित्रै आˆनो पहिचान \'डाई ट्रान्सफर फोटोग्राफिक पि्रन्टर\' को रुपमा बनाए । नब्बेको दशक पछि उनी \'पोट्रेट\' फोटोग्राफरको रुपमा चिनिए । हाल विश्वको पर्वत र हिमश्रङ्खलाका फोटोहरु खिच्ने अभियानमा लागेका छन् । सगरमाथाको मात्र नभई विभिन्न कोणबाट खिचिएका अन्य पर्वत र हिमश्रृङ्खलाहरुका तस्विरहरु उनीसंग छ।
(\'एभरेष्ट डिनाईज मिनिङ्ग सगरमाथा इम्प्लाईज मिनिङ्ग\' विषयक अन्तकि्रया कार्यक्रममा प्रस्तुत गरिएका तर्कहरुमा आधारित )
| तपाईको प्रतिक्रिया | |
|
|