|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


आंतककारीको रूपमा परिचित ओसामा बिन लादेन एक जमानामा \'प्रतिभाशाली\' कवि भएको खुलासा भएको छ । आइतबार प्रकाशित एक समाचार अनुसार अल-कायदाका नेता लादेनको साहित्यिक कृति प्रकाशनोन्मुख छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका एक अरवि विज्ञले बिन लादेनको साहित्यिक कृति प्रकाशन गर्न लागेका हुन्।
सेप्टम्बर ९/११ घटनापश्चात् अफगानिस्तानमा अमेरिकाले आक्रमण गरेपछि बिन लादेनले सन् १९९० को दशकमा बिहेका पार्टी र अन्य समारोहमा वाचन गरेका कविताको रेकर्ड २००१ मा उनकै कम्पाउन्डमा फेला पारिएको थियो ।
त्यस रेकर्डलाई प्रोफेसर फ्याग मालिरले अध्ययन गरे । उनी युनिभर्सिटी अफ क्यालिफोर्नियामा अरवि कविता पढाउँछन् । \'बिल लादेन राम्रा कवि हुन् । उनको कविता लय र छन्दसहितको छ । त्यसैकारण धेरै मानिसले उनको कविता रेकर्ड गरे,\' मिलरले दि सन्डे टाइम्सलाई अन्तर्वार्ता दिँदै भने । कवितामा बिन लादेनले आफूलाई लडाकु कविका रूपमा प्रस्तुत गरेका छन् । उनले पहाडलाई बारम्बार उपमाका रूपमा प्रयोग गरेका छन् ।
जनरल ल्याङ्ग्वेज एन्ड कम्युनिकेसनको अक्टोबर संस्मरणमा रेकर्ड भएका बिन लादेनका कविताको अंश प्रकाशित हुने बताइएको छ । \'प्रकाशोन्मुख बिन लादेनको कविताले उनी एजेन्डासहितका प्रस्तुतकर्ता र मनोरञ्जनकर्मी भएको पुष्टि गर्छ,\' मिलरले भने । विन लादेनको कविताको विश्लेषण र यसको आतंकवादसँगको सम्बन्धका बारेमा मिलरले पुस्तक लेख्दैछन् ।
बिन लादेनको कविताको टेपरकेर्ड यल विश्वविद्यालयमा पठाएर त्यसलाई ममर्तसम्भार गरेर २०१० मा प्राज्ञका लागि तयार पारिने बताइएको छ ।
| तपाईको प्रतिक्रिया | |
|
|